बि’रामी मान्छे पनि घर जान नपाइने ? एकलाखको टिकट कसरी किनौं सरकार ?
को’रोना म’हामारीपछि रोजगारीका लागि विदेशमा रहेका कयौं नेपालीले रोजगारी गु’माए। कयौंको स्वभाविक रुपमा रोजगारीको सम्झौता सकियो। तर भा’इरस सं’क्रमणको जो’खिम बढेको भन्दै नेपाल सरकारले हवाइ उडान गएको चैतदेखि ब’न्द गरिदियो। घर आउन तयार भएका त्यस्ता नेपालीहरु विदेशमै बस्न बा’ध्य भए। जागिर गए , बे’खर्ची भए उनीहरु विदेशमै बसे। सरकारले जेठ अन्तिमबाट उद्धार उडान भन्दै चार्टर्ड उडान सुरु गर्यो। त्यो क्रममा कुल ५१ हजार नेपाली स्वदेश फर्किए।
तर पहिले दैनिक हजार बढी फर्किने नेपालीहरु धेरै विदेशमै रहे। त्यसरी रहेका नेपालीहरुलाई फर्काउने भन्दै सरकारले केही देशमा नियमित उडान गर्न अनुमति दियो। त्यसरी अनुमति दिंदा कतिपय नेपालीहरु आउनै नसक्ने अवस्थामा पुगेका छन्। त्यस्ता आउननसक्ने अवस्थामा रहेका नेपालीलाई सरकारी खर्चमै फर्काउने भन्ने कार्यविधि नबनेको पनि होइन तर त्यसको कार्यान्वयन खासै भएको छैन।
यस्तै अवस्थामा रहेका एकजना नेपालीले आफ्नो गु’नासो यसरी व्यक्त गरेका छन्:
हामी दुई वर्षदेखि सयुक्त अरब इमिरेट्समा काम गरिरहेका छौ। को’रोना म’हामारी सुरु भएसँगै पहिलेजस्तो काम पनि भएन। यसैमा हाम्रो एकजना साथी बिरामी पनि हुनुहुन्छ। नसा सम्बन्धी स’मस्या छ। उहाँको अ’प्रेसन गर्नुपर्ने खालको स’मस्या छ भनेर डाक्टरले भनिसकेको छ। त्यसैले जसरी पनि घर जानैपर्ने बा’ध्यता छ। घर जाने आशमा बसेका हामीलाई यसअघिका चार्टर्ड उडानले छोएन। अस्तीदेखि उडान खुल्यो भन्ने सुनेका थियौ। जुनदिनदेखि उडान खुल्यो भन्ने हामीले सुन्यौं त्यो दिनदेखि ट्राभल एजेन्सी,नेपाली दुतावास र नेपालमा हामीले सम्पर्क गर्यौं। पहिलो कुरा त टिकट पाइएन।
ट्राभल एजेन्सीकोमा जाँदाखेरी पनि टिकट छैन भन्छ। बाहिरबाट मिलाइदिने शर्तमा ३५ सय युएई दिराम चाहिन्छ भन्यो। हामी हजार रुपैयाँ तलब खाने त्यसमा पनि बे’खर्ची हुनै लागेका बि’रामी मान्छेले त्यत्रो रुपैयाँ कसरी जम्मा गर्ने ? त्यसपछि हामीले यहाँको दुतावासमा सम्पर्क गर्यौं। दुतावासले युएईबाट टिकट काट्दा महंगो हुने भन्दै काठमाडौंबाटै टिकट काट्न भन्नुभयो। नेपाल एयरलाइन्सको भाडा दिराम १८१९ सय छ भन्ने सुनेका थियौं। त्यसैले काठमाडौंका ट्राभलमा पनि सम्पर्क गर्यौं। त्यहाँ पनि सिस्टममा टिकट देखाउँदैन भनिदियो।
यहाँको एयर अरेबियामा सम्पर्क गर्दा उसले पहिलो कुरा त टिकट नै छैन भन्छ। यदि टिकट भएपनि ३५ सय दिराम भन्छ। त्यत्रो पैसा हामीसँग छैन। दुतावासदेखि सबैतिर हामीले भनिसक्यौं तर अहिलेसम्म टिकट पाइने आश्वासन पाइएको छैन। टिकटका लागि अहिले हामी १८१९ सय दिराममात्र दिनसक्ने अवस्थामा छौं। यो भन्दा बढी छैन। त्यसमा टिकट पाइंदैन। अब बिरामी मान्छे पनि घर जान नपाइने ?
पूर्णबहादुर शाही
नेपालको ठेगाना:जुनीचाँदे, जाजरकोट
युएईको ठेगाना: रस अल खैमह
सम्पर्क नम्बर: ०५६८८२४०१७



