डा. उदयनाराण सिंह वीरगन्जस्थित गण्डक को’भिड अस्पतालमा संयोजक छन्। अस्पतालमा अहिलेसम्म १४ जना को’रोना सं’क्रमितको मृ’त्यु भइसकेको छ। तीमध्ये चार जनाले अन्तिम सा’स फेरेको उनले आँखैअगाडि देखेका छन्। हुन त चिकित्सकको लागि मृ’त्युको दृश्य कुनै नौलो कुरा हैन तर डा. सिंहले को’रोनाले भइरहेको मृ’त्युको दृश्यले अरूबेला भन्दा फरक महशुस गरिरहेका छन्। ‘आ’इसियूमा सं’क्रमितहरू छट्पटाइरहेका हुन्छन्। कतिलाई सा’स फेर्न गा’ह्रो भएर हात हल्लाइरहेका हुन्छन्। त्यो देख्दा निकै पी’डा हुन्छ,’ डा. सिंहले भने, ‘फेरि त्यहाँ उहाँहरूका आफन्त पनि हुँदैनन्। कम्तिमा आफन्त भएको भए उहाँहरूलाई थप मनोबल आउन्थ्यो होला।’

उनले बि’रामीलाई औषधीदेखि खाना दिने काम सबै स्वास्थ्यकर्मीले नै गर्ने बताए। डा. सिंहले आफूलाई सबभन्दा पी’डा युवा अवस्थाका सं’क्रमितहरूले ज्यान गुमाउँदा हुने सुनाए। गण्डक अस्पतालमै भएको एक युवतीसहित दुई जना सं’क्रमितको मृ’त्युले अहिले पनि उनलाई खु’नखु’न बनाउँछ। कम्तीमा बेलैमा आवश्यक उपचार गर्न पाएको भए नतिजा फरक हुन्थ्यो कि भनेर अहिले पनि उनी चुकचुकान्छन्। ‘शं’कास्पद के’स भएकाले आकस्मिक कक्षमा राखेर उपचार गर्दागर्दै उहाँहरूको मृ’त्यु भयो। कम्तीमा आ’इसियूमा उपचार गर्न पाएको भए अर्कै हुने थियो कि!,’ उनले भने।

डा. सिंहले कतिपय मृ’तकका आफन्तको आफ्ना प्रिय मान्छेको मुखसमेत हेर्न नपाएको घ’टना सुनाए। उनले भने, ‘कति परिवारले मृ’तकको श’वसम्म हेर्न पाउँदैनन्। एक जनाले बुवाको श’व फोनमा भए पनि एकचोटी देखाइदिनुस् भन्नुभयो। हामीले उहाँलाई फोनबाटै भिडिओ गरेर श’व देखाइदियौं। यस्तो दृश्य देख्दाचाहिँ मन नै कु’डिने रैछ।’ उनले अर्को घटना पनि सम्झिए। ४९ वर्षीय सं’क्रमित पुरूषको गण्डक अस्पतालमै उपचारको क्रममा मृ’त्यु भयो। बुवाको मृ’त्युको घटना सुनेपछि भारतको जयपुरमा रहेका छोरा रातरात नेपाल आए।

घर पनि नगई सोझै अस्पताल पुगेका उनले बुवालाई अन्तिम पटक पनि अंगालो हाल्न सकेनन्। छोरा अस्पताल आइपुग्दा बुवाको श’व प्लास्टिकमा प्याक भएको थियो। श’वलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेका थिए।डा. सिंह सम्झिन्छन्, ‘त्यत्रो भारतबाट रातारात आएर छोराले एक-पटक बुवालाई अंगालो पनि हाल्न पाउनुभएन। उहाँले बुवाको अनुहार एकचोटी मात्र हेर्छु भनेपछि टाढैबाट हामीले अनुहार देखाइदियौं।’

उनले यस्ता दृ’श्य त अब साधारण जस्तो भएको सुनाए। अहिले पनि कति आफन्तहरूले श’व कहिले टाढाबाटै हेर्ने त कहिले अस्पतालको झ्यालबाट हेर्ने गरेको उनी बताउँछन्।’कतिपयले त अस्पतालको आ’कस्मिक कक्षको झ्यालबाट पनि चियाउनु हुन्छ। आँ’शु भरिएका आँखाले झ्यालबाट चियाइरहेको देख्दा हाम्रो पनि मन खिन्न हुन्छ,’ डा. सिंहले भने। हुन पनि अरू कारणले मृ’त्यु भएको भए आफन्तहरूले श’वलाई अंगालो हालेर ग्वारग्वारती रु’न पाउँथे। कतिजना अनुसार र औंलाहरू सुमसुमाउँदै भक्कानिन्थे होला। तर अहिले आफन्तहरूले को’रोनाबाट मृ’त्यु भएका व्यक्तिको श’वसमेत हेर्न पाएका छैनन्। यहीँ दृश्य वीरगन्जमा नियमित जसो भइरहेको डा. सिंह बताउँछन्।

‘हामीले सं’क्रमितको मृ’त्यु भएपछि श’वलाई प्लास्टिकमा बेरेर फ्रिजमा राख्छौं। त्यसपछि श’व व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गर्छौं। उहाँहरू आएर श’व उठाएर लानुहुन्छ। धेरै आफन्तहरूले त श’व समेत हेर्न पाउनु हुन्न,’ उनले भने, ‘कतिले चाहिँ एकचोटी अनुहार मात्र हेर्छु भन्नुहुन्छ र देखाइदिन्छौं।’ उनले कति सं’क्रमितलाई भने जोडबलका साथ प्रयास गर्दा पनि बचाउन नसकिएको बताए। आ’इसियूमा भर्ना भएका अधिकांशलाई सास फेर्न गा’ह्रो हुने गरेको उनी बताउँछन्।

‘धेरैलाई सास फेर्न गा’ह्रो हुन्छ। त्यस्ता सं’क्रमितहरूलाई अक्सिजन दिँदा १० वटासम्म सिलिन्डर सकिएको छ,’ डा. सिंहले भने, ‘त्यसरी हरबखत प्रयास गर्दागर्दै पनि बचाउन सकिएन भने मन खि’न्न हुन्छ।’ अहिलेसम्म देशभरिमा धेरै सं’क्रमितको मृ’त्यु भएको वीरगन्जमै हो। सुरूमा वीरगन्जमा यो स्थिति आउँछ भनेर कल्पना नगरेको डा. सिंह बताउँछन्। उनले को’रोना सुरू भएपछि असारको ३१ गतेसम्म कुनै पनि चिकित्सक आ’इसियूमा छिर्नु नपरेको बताए।

‘असार ३१ गतेसम्म आ’इसियूको अनुहार हेर्नु परेको थिएन। साउन सुरू भएदेखि को’रोनाको क’हर पनि सुरू भयो,’ उनले भने, ‘त्यसयता भने आ’इसियू खाली छैन। अहिले पनि ६ जना सं’क्रमित आ’इसियूमै हुनुहुन्छ।’ अब वीरगन्जमा ठूलो चु’नौती खडा भएको उनलाई पनि महशुस भएको छ। यो कुरा पछिल्लो समय वीरगन्जमा बढिरहेको सं’क्रमण र मृ’त्युदरले नै स्पष्ट पार्छ। वीरगन्जमा मात्र अहिलेसम्म ३९ जना सं’क्रमितको मृ’त्यु भइसकेको छ। काठमाडौंपछि बढी सक्रिय सं’क्रमित भएको जिल्ला पनि पर्सा नै हो। स्वास्थ्य मन्त्रालयको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार पर्सामा १ हजार ११ जना सक्रिय सं’क्रमित छन्।