काठमाण्डौ- मुक्कुमलुङ्मा युमा माङ् याक्थुङ (लिम्बू)हरुकाे कुल देवता हुन् । कुल देवतामाथि नै धेरै वर्ष अगाडिदेखि पाथिभराबाट अतिक्रमण भयाे र गराइयाे । याक्थुङ कुल देवताकाे पुजास्थलमा अन्य समुदायलाई हुल्नु हुँदैन भन्ने प्रचलन अझै छँदैछ, पस्दैनन् पनि ।

कुल देवतामाथि सत्ता शक्तिकाे आडमा भित्र पस्ने मात्र हाेइन, टाउकाेमा टेक्ने, हटाउने जस्ताे अमर्यादित कार्यबाट सामाजिक सद्भाव बिगार्ने, खलबल्याउने काम भएकाे छ । यति धेरै अन्याय र अतिक्रमण गर्दा पनि याक्थुङहरुले सहेर बसेका हुन् । सहेर बसेकाले मलाई अन्याय पर्याे भन्दै पुनर्स्थापित हाेस भनिरहँदा अत्याचारी र अतिक्रमणकारीले स्वर ठुलाे गर्नु अब सर्वाधिक लाजमर्दाे हुन्छ । चाेरकै ठुलाे स्वर अब गर्न मिल्छ त ?

याे पृष्ठभूमिमा पाथिभरा भन्ने शव्द अतिक्रमणकारी मात्र हाेइन, अन्याय र अत्याचारी पनि हाे । पाथिभरा भन्ने शब्द जाेड्ने राख्ने भन्ने कुरा काेही कसैबाट भए याक्थुङहरुमाथि अन्याय, अत्याचार र अतिक्रमणकाे निरन्तरता हुनेछ । यदि त्यसाे हुँदाे हाे त याक्थुङहरुले कुल देवताकाे संरक्षणकाे लागि निर्णायक संघर्षमा उत्रिनुकाे विकल्प नहाेला ।

अतिक्रमणकारी पाथिभरा शब्द हटाएर मुक्कुमलुङ्मा राखौ – राम मादेन

 

अब सराेकारवाला याक्थुङ (लिम्बू)हरुले यहि प्रश्न गरिरहेका छन् कि नेपाल सरकार, ताप्लेजुङका भद्रभलाद्मी लगायत सबै सराेकारवालाहरुलाई, याक्थुङ समुदायकाे कुल देवतामाथि भएकाे अतिक्रमणकाे निरन्तरता दिएर मिचेकाेमिचेकै गर्ने कि पाथिभरा शब्द हटाएर मुक्कुमलुङ्मा राख्ने ? (राम मादेनकाे फेसबुकबाट ।)