खस जातिको सम्बन्ध के छ, चौरीगाईको पुच्छरसंग ?
गोपाल किराती
साँस्कृतिक परम्पराले किरातीहरु “साकेला” मा केन्द्रीत रहँदै आएका छन। “सिली” को अर्थ नाच, नाचको ढाँचा, प्रकार अथवा संग्रहका अतिरिक्त फलामको निश्चित बाजा हो, भन्ने देखिन्छ। चासुम सिलीको अभिनयले किरातीहरु जंगली युगबाट कृषि युगमा प्रवेश गर्दै गर्दा साकेला प्रारम्भ गरिएको स्पष्ट हुन्छ। साकेला सिलीमा अनेक सामग्री वाञ्छित छन, त्यसमध्ये यहाँ केहीको चर्चा गरिन्छ:
१. काँसाको झ्याम्टा साकेलामा अनिवार्य सामग्री हो। यसले सूचना ध्वनी र सांगितिक लय प्रदान गर्छ। यसको प्रयोग काँसे युगबाट भएको हो, जुन फलामे युग भन्दा अघिकै अभ्यासमा थियो। काठको ढोल चाहिँ काँसा भन्दा अझ अघिल्लो युगको बाजा हो, भनिरहनु पर्दैन। जसले, आफ्नो समुहलाई केन्द्रीत हुन सूचित गर्ने र जंगली जनावरलाई भगाउने काम गर्दथ्यो।
२. मुख्यत: टोली नेताले प्रयोग गर्ने, छिङ्छिङ आवाज दिने, एक हातमा अटाउने सानो आकारको फलामको बाजालाई पनि “सिली” भनिन्छ, जुन सामग्री साकेलामा अनिवार्य छ। यसको प्रयोग फलामे युगबाट भएको स्वत: प्रष्ट छ। पृथ्बीमा मानव जातिले फलाम पगाल्न सुरु गरेको पाँच हजार बर्ष ब्यतीत हुँदैछ।
३. साकेलामा टोली नेताको एक हातमा फलामको सिली र अर्को हातमा पोमी हुनु अनिवार्य छ। “पोमी” को अर्थ चौरीगाईको पुच्छर हो। यसले आफ्नो साँस्कृतिक परम्परामा किराती समुदाय र चौरीगाईको प्राग ऐतिहासिक सम्बन्ध स्पष्ट गर्छ।
सिन्धु उपत्यकादेखि मानसरोबर हुँदै पश्चिम नेपालको खसानमा आवाद हुन पुगेका खसहरु चौरीगाई पालन गर्थे र त्यसैले मष्टो पुजामा चमर अनिवार्य सामग्री बन्यो, भन्नेमा प्रश्न उठ्न सक्दैन। तर, जिज्ञाशा कि किराती सरह खसहरु चौरीगाईको मासु भोजन पनि गर्थे कि मष्टो पुजामा पुच्छर मात्र हल्लाउथे?
अत: रुदाङ पोखरीको किम्बदन्तीसंगै चौरीगाई पालक किराती पूर्खाले तिब्बत भूमिमा लामो समय विचरण गरे। क्रमश: रुदाङ पोखरी हुँदै कोशी उपत्यकामा आवाद हुँदा चौरीगाई पालन बिच्छेद हुन पुग्यो। उच्च हिमालयमा मात्र रहने चौरीगाई कोशी उपत्यकाको औलमा सम्भव रहेन। परन्तु, तिब्बतमा रहँदा किराती पूर्खाहरु चौरीगाईको मासु अनिवार्य भोजन गर्थे। त्यसैको निरन्तरता हो, साकेलामा औले गाई-गोरुको मासुको पछिल्लो प्रयोग। र, त्यसैको प्राग ऐतिहासिक सम्बन्धको प्रमाण हो, साकेलामा पोमीको अनिवार्यता।
कोशी उपत्यका ओरालो झर्दा बेलकातरीमा अर्ना भैंसीसंग भेट भयो। परिणाम, साकेलामा अर्नाको सिं अर्को अनिवार्य सामग्री बन्यो।
प्रस्तुत आलेखको केन्द्रीय जिज्ञाशा हो, मष्टो पुजाको देवाली गर्दा मूलत: खसहरु “चमर” भनिने चौरीगाईको पुच्छरको प्रयोग किन गर्छन? सिन्धु उपत्यकादेखि मानसरोबर हुँदै पश्चिम नेपालको खसानमा आवाद हुन पुगेका खसहरु चौरीगाई पालन गर्थे र त्यसैले मष्टो पुजामा चमर अनिवार्य सामग्री बन्यो, भन्नेमा प्रश्न उठ्न सक्दैन। तर, जिज्ञाशा कि किराती सरह खसहरु चौरीगाईको मासु भोजन पनि गर्थे कि मष्टो पुजामा पुच्छर मात्र हल्लाउथे?
राज्यको वैज्ञानिक पुन:संरचना आन्दोलनमा अग्रसर नयाँ पुस्तालाई तथ्यको जानकारीले अवश्य लाभ गर्ने छ।
(लेखक नेकपा माओवादी केन्द्र पार्टिका अध्यक्ष हुनुहुन्छ ।)



