राष्ट्रघा’त र देशद्रो’हीको परिभाषा के हो खोजी हुनुपर्छ – प्रेस सेन्टर नेपालको अध्यक्ष लोकराज जैसि
प्रेस सेन्टर नेपालको अध्यक्ष लोकराज जैसिले राष्ट्रघा’त र देशद्रो’हीको परिभाषा के हो ? विगत र वर्तमानको समिक्षा गरौं भनि कडा टिप्पनी फेसबुक मार्फत गर्नु भएको छ ।
एक फेसबुक स्टाटस लेख्दै केहि दिना अघी एक गित को भिडियोमा ग्याल्जेनको समूहले झ ण्डा जल्याईको थियो ।
आज ग्याल्जेनको समूहलाई जे’लमा भेट गरियो, कुराकानीपछि केही लेख्न आवश्यक ठानें र लेखें । बास्तबमा देश देशद्रो,ही को हो ? भनि खोज्नु पर्ने तर्क राखेका छन ।
स्टाटसमा लेखेका छन, ‘ खै हाम्रो विशाल नेपाल ? ? ? पुर्वमा टिष्टादेखि पश्चिम किल्ला काँगडासम्म फैलिएको करिब ३ लाख ६८ हजार वर्ग किमि भन्दा फराकिलो नेपाली भूमि बेचेर खानेहरु कुन दर्जाका राष्ट्रवादी हुन ? जीवनकालभर सीमा क्षेत्रमा छिमेकी देशको राष्ट्रियतामाथिको हमलाका वि’रुद्ध प्रतिकार गर्ने तराईवासी कसरी राष्ट्रघा’ती ? मन मुटुमा नेपालको माया राख्ने र त्यसको रक्षाका लागि मृ’त्यु स्विकारर्नेहरु कसरी राष्ट्रघा’ती ? यो विषयमा गम्भीर समिक्षा गरौं !’
त्यस्तै गरी नक्सा संशोधनको सम्बन्धमा पनि व्याख्या गरिएको छ । मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका हुनेगरी धारा ४ को उपधारा (२) को खण्ड (क) र धारा २७९ को उपधारा (४), धारा २७४ मा त्यसको व्याख्या छ । केपी ओलीको नक्सा का’ण्डले संविधानको ठाडो अ’पमान गरेको छ । किन भएन कसुर सजाय ? त्यसबारे उठेका न्यायपूर्ण आवाजहरुमा द’मन गरियो ? भनेर प्रश्न गरेका छन ।

प्रेस सेन्टर नेपालको अध्यक्ष लोकराज जैसिले स्टाटसमा लेखेका छन, ‘जनन्यायीक व्यवस्थको लागि गरिएको महान जनयुद्ध र जनताको परिवर्तनको सपनालाई एकाध सत्ताँलिप्सावादीहरुले भताभुङ्ग पारे, देश र जनताको पक्षमा बोल्नेहरु बन्धक बनाइए र शान्तिप्रकृयाको नाममा पुर्न अर्को राष्ट्रघात, जनघात र जनतामाथि धोका, गद्दारीको इतिहासलाई निरन्तरता दिने काम गरियो । माओवादी शक्तिले देशको मुहार फेर्ने, राज्यको पुर्नसंरचना गर्ने र आम नेपाली राष्ट्रियतालाई समेट्नेगरी कानुन बनाउने कुरा कार्यान्वयन गर्न सकेन । त्यतिबेला पनि कुरा उठेको थियो त, राष्ट्रिय चिन्ह, प्रतिकहरुलाई समयानुकुल व्याख्या र परिवर्तन गर्ने बारेको वहस । त्यो वहस गर्नेहरु अहिले किन त्यो हाम्रो विषय थिएन भनेझै चुप्प लागेका छन ?’
राष्ट्रिय चिन्ह, प्रतिकहरुलाई समयानुकुल व्याख्या र परिवर्तन गर्ने बारेको वहस राष्ट्रिय चिन्ह, प्रतिकहरुलाई समयानुकुल व्याख्या र परिवर्तन गर्ने बारेको वहस । झण्डा लगायत नेपाली अर्थ-राजनीतिक प्रणाली, सत्ता संरचना, टिष्टा-कांगडा फिर्तासहित देशभक्त जनआन्दोलन जारी रहेको पृष्ठभूमिमा विध्यमान प्रशासनिक कशुर भने सामना गर्नै पर्छ।
र, समग्र मानव मुक्तिको विचारमा उठाउन वैचारिक-साँस्कृतिक नेतृत्व दिन सक्नु पर्छ। युवा ग्याल्जेन दोर्जेको संघर्षले उत्पीडित जातिका साथसाथै श्रमिक वर्गीय मुक्ति आन्दोलनको थियो भन्ने तर्क रहेको छ । ग्याल्जेन दोर्जे तामाङ्ले झण्डा जलाएको प्रकरण राजनीतिक रुपमा वि’द्रोह हो भने प्रशासनिक रुपमा कशुर देखिन्छ।



