सरकार ! १२ अर्बको श्वेतपत्र खै ? – हेम बहादुर खड्का (राज)
कर्फ्युको प्रकृति हेर्दा अचम्म र लाजमर्दो खालको देखिन्छ, नि’षेधाज्ञा जारी भयो, अति आवश्यक खाद्यान्न, दुध, तरकारी फलफुल र औषधी पसल सधैं खुल्ला रहने, नागरिक सो बस्तुहरु किनमेल गर्न जादा प्रहरीद्वारा होल्डिङ गर्ने र कान समातेर उठबस गर्नुपर्ने दृश्यले सरकारले पीडा मात्रै हैन नागरिकप्रति गराएको मानहानी र गैरजिम्मेवारी यो नौटकीको जति खेद व्यक्त गर्दा पनि कम नै हुन्छ ।
११ अर्ब ९८ करोड ३१ लाख ८० हजार को श्वेतपत्र खै ?
कोरोनाका नाममा सरकारले स्वास्थ सामाग्री खरिद देखी लकडाउन सम्म गरेको खर्च हेर्दा र नागरिकको अवस्था हेर्दा नागरिकहरुले खर्चको विवरण सरकारसङ्ग माग्न बाध्य भएका छन् । न त सरकारले राहत नै प्रभावकारी र लक्षित वर्गलाई दिएको देखियो नत उद्दार मै, केबल ९५ पर्ने मास्क ८०० सम्म खरिद गरेको बिल र एउटा तन्दाको मूल्य १५००० राखेर बिल खर्च बनाएको बाहेकको उपलब्धि केही देखिएन ।
सरकार स्वेतपत्र जारी गर, सोझा सिधा नागरिककोमाथि दमन र छलकपट बन्द गर । खोक्रो रास्ट्रवादी चेहराको पर्दा च्यातेर दलाली अनुहार जनताले उदाङ्गो बनाउन नपरोस् ।
१) स्वास्थ कहरले जनता छ्ट्पटी रहदा सरकारले जनताको हितमा काम गरेको प्रचार देख्दा उदेक लाग्छ, कुनै खास परिणाम नदेखिएको बेला १२ अर्ब सकेको सरकारले त्यसको स्वेतपत्र सार्वजनिक किन गर्न सकेन :
क) छिमेकी देशबाट सुरु भएको कोभिड १९ संसारभर फैलिसकेपछि अन्तिम चरणमा नेपाल छिरेको संक्रमणले आज मुलुक र नागरिकलाई अस्तब्यस्त भएको छ । नेपालको भौगोलिक विविधताले यति ठुलो मौका दिएको थियो कि हामीले कोभिडसङ्ग लड्न कुनै संघर्ष नै गर्न पर्ने थिएन ।
यदि, वुहानबाट विद्यार्थी ल्याउनेबेला नै नेपालमा रहेका विदेशी र विदेशमा रहेका नेपालीलाई १५ दिनमा आउन-जान समय दिएर खरिपाटी लगायतका अरु थप ठाउँ गरेर क्वारेन्टाइन राख्ने र घरमा पठाउने, नेपाली सेना र शसस्त्रलाई सिमामा पोस्ट बार ९तार बार र त्यसमा करेन्ट लगाएर सिमा सुरक्षा गर्न लगाउने, अन्तर्राष्ट्रिय उडान सबै बन्द गर्ने ।
ख) भैहाल्यो कमीकमजोरी रह्यो अब चैत्रतिरै यति जानेपछी प्रदेश स्तरमा लकडाउन गर्ने सिमा बन्द गर्ने अन्तर्राष्ट्रिय उडान बन्द गर्ने,
७६१ वटै सरकारले आफ्नो नेतृत्वमा १-१ जना स्वास्थ प्रतिनिधि राखेर भर्खरै केहि समय अगाडि आएका नागरिक र त्यो टोलको स्वास्थ परिक्षण गर्ने र विवरण प्रदेश सरकारलाई पठाउने र प्रदेश सरकारको आईसोलेसन र पिसिआर परिक्षणले नै धान्न सक्ने स्थिति हुनेथियो ।
ग) त्यो मौका पनि गुम्यो अझै धेरै बिग्रेको थिएन, ६७४३ सबै वडामा तुरुन्तै 4R एक्सन टिम पहिचान, परीक्षण र फेरि परिक्षण गरेको भए आजको भयावह स्थिती आउने थिएन,
अहिले त यत्रो खर्च गरेर सरकारले काम गरिरहेको छ, २०० सय को माक्स किनेर लगाउन नसक्ने अनि सरकारलाई गाली गर्ने सम्म सरकारको स्वास्थ्य मन्त्रालय भन्न थालेको छ, आखिर कसको कमजोरी ले यो स्थिती आयो ? के अझै सरकारलाई गल्ती गरेको महसुस नभएको नै हो त ?
घ) वर्षाको समयमा हरेक वर्ष बाढी पहिरो र डुबानले ठुलो धनजनको क्षति भैरहेको छ, हामीले भन्यौं, अति जोखिममा रहेका क्षेत्रहरुमा दिनभर किसानी खेतिपाती गरेपनी बास बस्ने र पशुपन्छीलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने तयारी जेठमा नै गर्ने, र प्राकृतिक प्रोकप आईपरेमा तत्काल उद्दार गर्ने मेकानिजम ७६१ स्थानीय तहमानै तयारी अबस्थामा रहन निर्देशन गर्ने यति गर्दा वर्षा का समयमा हुने जोखिम न्यूनीकरण राम्रै हुने थियो ।
२) भ्रष्ट स्थानीय तह, जनप्रतिनिधिका चुरिफुरी, पार्टी नेता कार्यकर्ता र यिनका बिलासी जिवनलाई हेर्दा जनताले नै आम्दानीको श्रोत हेर्ने, खोज्ने र सम्पत्ति छानबिन गर्ने निकाय बनाउनेतर्फ लाग्न बाहेकको अर्को विकल्प नै देखिदैन ।
क) जनप्रतिनिधिहरुले अरुसङ्गको बसाईमा गर्ने खर्च पारिवारिक तडकभडक शैली हेर्दा नै थाहा हुन्छ कि बैध आम्दानीको श्रोतले यो स्थितिलाई कुनै हालतमा धान्न सकिन्न । यसको कुन निकायले निगरानी वा मनिटर गर्ला भन्ने कुराको प्रश्नको उत्तर नै छैन, नत अख्तियार सङ्ग भरोसा गर्ने कुनै आधार छ न अदालत सङ्ग नै , राज्यका निकाय त स्थानीय प्रदेश र केन्द्र सबै दलाल भ्रष्ट र बिचौलिया र तस्करका घेरामै छन् ।
करोडौं भ्रष्टाचारको सेटिङ गरेका गोकुल फेरि मन्त्री बन्ने लाईनमा छन, उनलाई कारबाही त भएन नै उल्टो सरकार यस्ता भ्रष्टहरुको मानहानीको मुद्दा दर्ता गर्छ ।
त्यसो त कोरोना कहरमै स्वास्थमन्त्रीले गरेका ओम्निसङ्गको अबैध सम्झौता र रद्द आर्मीलाई जिम्मा लगाएको सो ठेक्का र आशा गरिएका ईश्वर पोखरेल र विष्णु रिमालका छोराहरुको सरकारका विभिन्न निकायमा दिने दबाब गृहमन्त्री र रक्षामन्त्रीका छोराहरु नै कमाउ धन्दामा लागेका दृष्टान्त सबै हेर्दा यो सरकार जनतन्त्रका कुनै पनि बिसयमा गम्भीर देखिदैन भनेर सहजै भन्न सकिन्छ ।
ख) जनप्रतिनिधि मात्रै हैन पार्टीका कार्यकर्ताका विलासी जीवन र भड्किलो जिवनशैलीले अबैध कमाउ धन्दा र भ्रष्टाचार अनि बिचौलिया र कमिसनको आडमा नै चलिरहेको कुरा ग्यारेन्टी नै गर्न सकिन्छ ।
वडा तहमा काम गर्ने जनप्रतिनिधि र पार्टीका कार्यकर्ताको सम्पत्ति छानबिन नै गर्न पर्ने स्थिति आएको छ, यो कसले गर्ने ?
प्रश्न यहीँ छ, पार्टीले नियुक्त गरेका न्यायाधीश र तिनीहरुकै न्यायलय ( पार्टी ले सिफारिस गरेकै अख्तियार प्रमुख र अख्तियारका कर्मचारी, अब तिनै पार्टीका कार्यकर्तालाई हुनसक्छ कारबाही ?
सरकार छ, कानुन छ, न्यायलय छ उनीहरुको आफ्नो काम गर्छ्न भनेर आशा र भरोसा गर्ने ठाउँ कहाँ छ ? प्रहरीहरुको जागिर मात्रै हैन बढुवा र सरुवा नै योग्यता र दक्षताका आधारमा हैन राजनीतिक पहुँचकै आधारमा हुने हो ।
पार्टीका कार्यकर्ताले अपराध गरे त्यो सकेसम्म पक्राउ नै पर्दैन परिहाले मुद्दा कम्जोर बनाईन्छ । त्यसैका उदाहरणहरु हुन, निर्मला हत्या काण्ड देखि सुन तस्कर काण्ड र एसिड आक्रमण काण्डहरु ।
अब जनताले नै त्यो जनअदालत बनाउन पर्ने बेला आएको छ त्यो अदालत अटोमेसनमा चल्छ जसमा सिस्टमले काम गर्छ र कालेदेखी ज्ञानेसम्मले बराबरी न्याय पाउछ ।
ग) जनतालाई करको भारी बोकाएर ब्रम्हलुट मच्चाउने सत्ता राजनितीक दलका कार्यकर्ता आ(आफ्ना पार्टीले जनताको सेवा गरेको नौटकी प्रचारप्रसार गरिरहेका छ्न्, स्वघोसित जननेता र राजनेतालाई जनताले नै कठालो समातेर जनताक अदालतमा ल्याएर कारबाही गर्न पर्ने बेला आएको छ ।
सामान्य कार्यकर्तादेखि तिनका टाउँकेसम्म कमाउ जमाउ धन्दामा व्यस्त छन, जनताको सेवा त नारामा मात्रै सिमित छ, बल्लतल्ल सरकारमा पुगेकाले जोडजाम गर्न पर्छ भन्ने मानसिकतामै तल्लिन देख्न कुनै अनुसन्धान वा बिश्लेसनको चस्मा लगाउनै पर्दैन, नाङ्गो आखाले देख्न र चिन्न सकिन्छ जनताका दुश्मन र जनघाती एवं रास्ट्रघातीहरुलाई, केबल जनकार्बाही गर्ने साहास र त्यसलाई अनुमोदन गर्ने प्रक्रिया मात्रै सुरु नभएको देख्न सकिन्छ ।
३) सरकार असफल भएको कुरा ब्याख्या गर्नुपर्ने अवस्था छैन, सरकार भ्रष्ट, दलाल र बिचौलिया, कमिसनखोर ठेकेदारहरुको हो, यसले बलात्कार तस्कर र एसिड आक्रमण अनि जघन्य र बीभत्स हत्या जे जे गरेर भएपनी आफ्ना रक्षक गुण्डाहरुको संरक्षण गर्छ भन्नेमा यिनका आसेपासे र धुपौरे बाहेक अरुमा दुईमत छैन ।
क) जनसंघर्षका कार्यक्रम मार्फत भ्र’ष्ट, तस्कर, बलात्कार, बिचौलिया, घुस्याहा, कमिसनखोर र तिनका दलाललाई सत्ताका प्रशासन र न्यायलय मार्फत कारबाही गर्न दबाब सहित समातेर विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले जिम्मा लगाउन थालेपछि ।
जनताको जनमत यतिधेरै बढ्यो कि नक्कली कम्युनिस्टहरुको सत्तामा भुकम्प नै गयो अतालिएका दलाल पुजिपती र साम्राज्यवादका ठेकेदारहरुले प्रतिबन्ध नै लगाए र दमन धरपक्कड गर्न थाले ।
राजनीतिक कार्यक्रममा जनतासङ्गै भएकाबेला विभिन्न झुटमुट्को मुद्दा र हातहतियार भिराएर ईमानदार र प्रभाशाली कार्यकर्ताको निर्मम हत्या गर्यो । जेलनेल र डर धम्की तथा प्रलोभन देखाएर नेकपामाथीको ज्यादती र कायरताको बिरुद्धमा जब प्रतिरोधात्मक संघर्ष सुरु भयो ।
तब जनबिरोधी गस्ती र सुराकी लगाएर जबर्जस्ती भिडन्त गराएर देश युद्धमा धकेल्न लागिरहेको दलालहरुको एउटा मात्रै उद्देश्य लुट हो ।
यो बुझेका जनताले नेकपामाथी ठुलो भरोसा र विश्वास राखेका छ्न जुन विश्वासलाई अति धैर्यता र सहनशीलतासहित दलालहरुको कारबाहीलाई कम क्षति र छिटोछरितो मोडलमा क्रान्तिको कार्यभार पूरा गर्नु नेकपाको दायित्व रहेको छ ।
ख) दलाल संसदीय व्यवस्थाका मतियारहरुले जनतासङ्ग छरेका भ्रम आखिर अन्ततोगत्वा यहि व्यवस्थामा सम्झौता गर्ने हो, भन्ने जो उखान छ यसलाई चिरेर अगाडि बढ्ने र सूचना गरेर दलाल संसदीय व्यवस्थाका एजेण्टहरुलाई गाउँ छोड्न समेत दबाब दिने बेला आएका छ, सुराकीहरु होशियार, दलाल एजेण्टहरु गाउँ छोड भन्दै दलालहरु लखेट्न नेकपाका कार्यकर्ता प्रतिबन्ध तोडेर जुट्न पर्ने देखिन्छ ।
हिजो भएका ठुला परिवर्तनहरुले सार्थकता नपाएको मुल कारण भनेकै सबै परिवर्तनका आन्दोलनहरु कुनै न कुनै रुपले सम्झौतामा टुंगिनु नै हो । अब विगतका गल्तीबाट पाठ सिकेर विशुद्ध वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु नै आजको मुख्य कार्यभार हो ।
त्यसैले हामीले भनिरहेको छौं, निरन्तर क्रान्ति, क्रान्तिमा पहिलो पुस्ता सकिए दोस्रो पुस्तालाई तयार अबस्थामा राख्नुपर्ने हुन्छ, हामीले तेस्रो पुस्तासम्म तयार गरेकाले हामी क्रान्ति सफल हुनेकुरामा ढुक्क मात्रै छैनौं ।
वैज्ञानिक समाजवादी सत्ता संचालन र संरक्षण गर्ने सम्पुर्ण तयारीमा समेत जुट्न र कामकारबाहीमा अगाडि बढाउन पार्टी तयारी गरिरहेको छ । यसै अनुरुप निकट भबिस्यमा अब पार्टीले सोहिअनुरुपको कदम पार्टीले चाल्नेछ ।
घ) अब कम क्षतिबाट कसरी यो सत्ता ध्वस्त बनाउने र वैंज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने भन्नेबारे आफ्ना कार्यक्रम जनतासङ्ग लिएर जाने बेला आएको छ, प्राविधिक, शैन्य र राजनीतिक कार्यक्रम एउटै क्याप्सुल जनक्याप्सुल मार्फत लिएर जाने र दुईतिहाइ मतले अनुमोदन गरेर कार्यन्वयन तर्फ लाग्नु पर्छ ।
नेपाली इतिहासमा आजसम्म बिना सम्झौता विशुद्द कुनै पनि परिवर्तनहरु स्थापित भएका छैनन्, कि ती सम्झौता र फेरि सम्झौता मार्फत नै रुमलिएका छन् ।या पुनः जनताबाट अस्कीकृत भएर फेरि आन्दोलन सुरु भएका छ्न्, यसर्थ पनि जनताबाट अनुमोदित फायर खोल्ने कुरामा पार्टी दृढ़ छ र सोही अनुरुपको तयारी गरिरहेको छ ।
बुबा आमा दाजुभाइ तथा दिदिबहिनीहरु,
नेपाली माटो नेपाली मुटु र नेपाली विचारको सापेक्षतामा समाजवादको विकास र कार्यन्वयन ध्यानाकषिर्त कार्यदिशा एकीकृत जनक्रान्तिमार्फत हामी वैंज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महान प्रक्रियामा छौं ।
हामीले वैंज्ञानिक सत्ताका आधारभुत निर्दिशिका, डिपिआर र निति योजना र तर्जुमा समेत यो दलाल सत्तालाई पठायौ,तर यो प्रणालीमा न त त्यो पूरा गर्ने कुनै आधारभूत तयारी छ न त दलालसङ्ग त्यो ईच्छा र दक्ष क्षमता देखियो ।
त्यसैले यो व्यवस्थालाई पुर्णरुपमा ध्वस्त र वैंज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको महाअभियानमा एकताबद्द भएर अघि बढौ, दलालका सुराकी दमन र धरपक्क्डका गस्तीलाई छिचोल्दै प्रतिरोधात्मक कार्यक्रम लिएर जनताका घर आङ्गनमा पुगौ ।



