किरात, खम्बु, राई, कुलुङ र आदिवासी दिवस एक चर्चा-निनाम कुलुङ ‘मंगले’
हुन त किरात इतिहास र किराती जातिहरुका बारेमा सुरुदेखि कै इतिहास र उनीहरुका बारेमा विस्तृतमा लेख्ने हो भने, महाभा’रत र रामायण जस्ता कयौं ठेलीहरु तयार हुन्छन् । तर, यहाँ छोटकरीमा हालसम्म पनि आफुलाई किरात वा किराती जाति हौं ! भनी गर्व गर्ने केही जातिहरुका बारेमा छोटकरीमा केही लेख्ने प्रयास गरिएको छ । संयोगले आपूmाई किरात वा किराती जाति दावी गर्ने प्रायः सबै जातिहरु नेपालमै बसोबास गर्छन् ।
किरात वा किराती जाति र किरात इतिहास सम्बन्धी विश्वका विभिन्न लेखक तथा इतिहासकारहरुले अनेकौं किताबहरु लेखेका छन् । त्यसरी किरात वा किराती जाति र किराती इतिहास सम्बन्धी लेख्ने क्रममा लेखक तथा इतिहासकारहरु एक मत हुन सकेका छैनन् । खासगरी किरातहरुले कति पुस्तासम्म शा’सन गरे ? भनी लेख्ने क्रममा सबैको एक मत छैन । जस्तै गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता, सुब्बा प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहलका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए भनी लेखिएको पाइन्छ । समय क्रममा नेपालमा किरातीहरु विभिन्न कारणले विस्था’पित हँुदै जिमी–भूमिका साथै आफ्नो जातीय स्वपहिचान समेत गुमा’उँदै सीमित क्षेत्रमा बाँकी रहेका छन् ।
लेखक, इतिहासकार तथा जातिशास्त्रीहरुले किरात भनी उल्लेख÷दावी गरेका भारत, म्यानमार (बर्मा), थाइल्यान्ड चीन, मंगोलिया, भियतनाम, कम्बोडिया, लाओस आदि देशमा पनि किरातीहरु थिए वा ती देशका जनताहरु पनि किराती ! हुन् भनी लेखेका छन् । तर, हाल उनीहरुले आफुलाई संवभतः किराती भनी चिनाउन छाडीसके । त्यसो त नेपालमा पनि हाल राई ! जाति भनी चिनिने र, असलीय’तमा खम्बुका सन्तानहरु जस्तै कुलुङ, नाछिरिङ, बाहिङ, चाम्लिङ, साम्पाङ, खालिङ, जेरो आदि त्यस्तै मेवाहाङका सन्तानहरु मेवाहाङ, याम्फु, लोहोरुङ अनि मेत्नाहाङका सन्तान लिम्बु र लाङलेवाका सुनुवारले आफुलाई किराती भनी चिनाउँदै आएका छन् । यसरी हेर्दा सुरुमा किरात वंशकै सन्तान मानिएका मेरात्तीको सन्तान धिमालले आफुलाई खुलेर किरातको सन्तान मानेकोभनेको सुनिँदैन । त्यस्तै मेचे आदि जातिले पनि किरातका सन्तान मान्न छाडेका छन् । यसरी इतिहास हेर्दा विशाल भू–क्षेत्र ओगटेका र विशद रुपमा फैलिएका यी किरातीहरु हाल आएर नेपाल जस्तो सानो (खासमा मझौला) देशको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्रको पश्चिम, दक्षिण र पूर्व क्षेत्रमा रहेका केही जातिले मात्रै आपूmहरुलाई किराती भनी चिनाउँछन् ।
यी किरातीलाई पनि नेपालको भगौलिक एकी’करणसँगै उनीहरुको असली जातीय स्वपहिचानलाई नामेट पार्दै राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरण गरियो । त्यसैले पछिल्लो समयमा उनीहरुको असली किराती पहिचान नै ओझेल परेको अवस्था छ । यसरी राईकरण, सुब्बाकरण, मुखियाकरण र देवानकरणले आफु–आफुबीचमै झै–झग’डा र फु’ट ल्याएको/आएको छ । हुन त पछिल्लो समयमा मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरुले आफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । केही लिम्बुले भने अझै पनि आफुलाई सुब्बा भन्ने गरेको/लेख्ने गरेको पान्छ । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आफ्नो जात ‘मुखिया’ हो भनी धेरै हदसम्म लेख्न छाडीसके । त्यसो त सुनुवार जातिमा अझै पनि धेरै जसोले आफुलाई राई ! हुँ/हो भन्ने गरेको नै पाइन्छ । त्यस्तै पल्लो किरात (लिम्बुवान क्षेत्र) र दार्जिलिङ/सिक्किमतिरकाले सुनुवारभन्दा पनि मुखिया भनी चिनाउने गर्छन् । उता मेवाहाङका सन्तान याक्खाले पनि धेरै हदसम्म आफ्नो जात ‘देवान’ हो भनी लेख्न छाडीसके । सुनुवार जातिमा जस्तै याक्खा जातिमा पनि अरु जातजातिसँग चिनजान गर्दा आफुलाई याक्खाभन्दा पनि राई ! हुँ/हो भनी चिनाउने याक्खाहरु धेरै नै भेटिन्छ ।
उता त्यही ‘देवानकरण’लाई नै जाति मानेर हिँड्ने याक्खाहरु पनि छन् । यसरी हेर्दा ‘राईकरण’लाई नै जातमा स्थापित गर्न लागि परेका राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय (काजिका) रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताक’र्ताहरुसँग ‘देवानकरण’लाई नै जात भनी स्थापित गर्न लागि परेका याक्खा जातिका कामरे’डहरु निकट भविश्यमा रनभुल्लमा पर्नेवाला छन् । किनभने, इतिहास हेर्दा राई र देवान नेपालको कुनै जात वा जाति नभएर शासकहरुले दिएको पदवी वा पगरी मात्रै भएकोले गर्दा जसरी कुलुङ समुदायका अगुवाहरुले आफ्नो असली जातीय स्वपहिचानमा लागेका छन्, त्यसरी नै ‘राईकरण’ र ‘देवानकरण’लाई जात वा जाति स्थापित गर्न लाग्ने राई सर राईनी म्याडमहरु र देवान सर देवाननी म्याडमहरु पनि बेला छँदै आफ्नो असली जातीय स्वपहिचानमा फर्कँदा राम्रो हुन्छ कि ?
यसरी संभवतः विसं २०४६ को राजनै’तिक परिवर्तनपछि खम्बुका धेरै सन्ताहरुमध्ये एक कुलुङ जातिका अगुवाहरुले ‘राई’ जात होइन रहेछ, त्यसैले अब हामी ‘राई !’ पदवी वा पगरीलाई जातिको रुपमा लेख्न/मान्न छाडौं ! भनी विसं २०५७/०५८ देखि जनवकालत र आन्दोलन गर्न सुरु गर्यो । यसरी ‘क’रण !’ मा परेका किरातीहरुमा पनि सबैभन्दा बढी खम्बुका सन्तानहरु देखिन्छ । जस्तै नाछिरिङ, खालिङ, कुलुङ, साम्पाङ, बाहिङ, जेरो आदि छन् । मेत्नाहाङका सन्तान लिम्बु जो ‘सुब्बाकरण’मा परेका थिए, उनीहरुले आफ्नो जात ‘सुब्बा’ हो भनी लेख्न छाडीसके । त्यस्तै लाङलेवाका सन्तान सुनुवारले पनि आफ्नो जात ‘मुखिया’ हो भनी लेख्न छाडीसके । त्यस्तै मेवाहाङका सन्तान याक्खाले पनि आफ्नो जात ‘देवान’ हो भनी लेख्न छाडीसके भनी माथि नै उल्लेख भएको छ ।
सुरुमा कुलुङ जातिका अगुवाहरुले आफ्नो असली जातीय स्वपहिचानले चिनिन चाहान्छौं ! भनी आन्दो”लन र जनवकालत थाल्दा धेरै मान्छेहरु नपत्याएर हाँसेको वा खि’ल्ली उडाएको अहिले जस्तो लाग्छ, यो पंक्ति’कारलाई । तर, नेपाली उखान ‘कुकुर भु’क्दै गर्छ, हात्ती हिँड्दै गर्छ’ भने झै जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम भने कुलुङ समुदायका अगुवाहरुले जो जति हाँसे पनि वा खि’ल्ली उडाए पनि जारी नै राखे ।
खासमा आदिवासी जनजातिमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन– २०५८ को दफा दुई (क) मा व्यवस्था भए अनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकास’मन्त्री/राज्यमन्त्री कहाँ सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरु भए । खम्बुका सन्तानहरु ठूलो (धेरै जना) र धेरै ठाऊँमा फैलिएको देखिन्छ । जस्तै बान्तावा (बुनतावा ः पानीको मूल) हालको भोजपुर (दिहाहाङ बाखा, छियाहाङ बाखा) क्षेत्र, चाम्लिङ …. थुलुङ (वाछाप्पा, वाछामा), खालिङ (ख्याल/खाल) दूधकोशी वारिका क्षेत्रहरुमा बसोबास गरी आफ्ना भाषा, संस्कृति, चालचलनहरु बसाए । त्यस्तै राताप्खू, खप (पिल्मो, सोत्तो), छेम्सी, ताम्सीका सन्तानहरु दूधकोशी पारि हुङ्गु (हुङ्वा) उपत्यका आसपास बसी एकै भाषा, एकै संस्कृति अपनाए । पछि गएर यी चार पूर्खाको सन्तानहरुको सामूहिक पहिचान नै कुलुङ बन्न/रहन गयो । उनीहरुको बसोवास क्षेत्रलाई हाल महा–कुलुङ (ग्रेटर कुलुङ) भनेर चिनिन्छ । अझ कुलुङ मातृभाषीहरु त यो भू–क्षेत्रलाई आफ्नो मातृभाषामा ‘मा कूलू’ मात्रै भन्छन् ।
अन्त्यमा,यसरी आजको यो ‘२६ औं विश्व आदिासी दिवस’को अवसरमा भन्नु पर्दा जानेर वा नजानेर हामी रैती वा ढाक्रेहरु पनि तालुकवाला असली राई ! जस्तै ठूलो मान्छे हुन/बन्नलाई आफ्नो नामको पछाडि, जग्गा धनीपूर्जाको लगत वा भनौं मोठमा, स्कुल/कलेजको सर्टिफिकेटमा, डाईभिङ लाईसेन्समा, पेन्सन पट्टा आदिमा राई ! लेखेका राई सर राईनी म्याडमहरुले विगतमा जानेर वा नजानेर आफ्नो नामको पछाडि, जग्गा धनीपूर्जाको लगत वा भनौं मोठमा, स्कुल/कलेजको सर्टिफिकेटमा, डाईभिङ लाईसेन्समा, पेन्सन पट्टा आदिमा लेखेको राई ! शब्दलाई हटाएर आफ्नो असली जातीय स्वपहिचान अर्थात् कुलुङ, बान्तावा, याम्फु, आठपहरिया, मेवाहाङ, बाहिङ, … लेख्ने प्र’ण गरौं । (यो पंक्तिकारले विसं २०६६ मै नागरिकता सच्याएको छ) जस्तो विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङको जनसंख्या २८,६१३ जना आएको छ । तर, आम रुपमा धेरै छन् भनिएको वा भनौं हामी धेरै संंख्यामा छौं ! भन्ने/भनिनेमा बान्तावाहरु हो ।
तर, विसं २०६८ को गणनामा बान्तावा जातिको जनसंख्या ४,६०४ जना मात्रै आएको छ । यसरी हेर्दा सबैभन्दा धेरै ‘राईकरण !’ को मारमा परेको जातिमा बान्तावा देखिन्छ । त्यस्तै चाम्लिङको जनसंख्या ६,६६८, नाछिरिङको जनसंख्या ७,१५४, याम्फुको जनसंख्या ६,९३३, आठपहरियाको जनसंख्या ५,९७७, थुलुङको जनसंख्या (तर, थुलुङ सामाले आप्mनो असली जातीय स्वपहिचान ‘थुलुङ’ मा ’राई !’ को फुर्को झुन्ड’याएरै जाने अर्थात् ‘थुलुङ राई !’ नै हुने÷लेख्ने नियर्ण गरेको छ अरे । त्यो उनीहरुको आत्मनि’र्णयको अधिकार पनि हो । तर, …) जनसंख्या ३,५३५, मेवाहाङको जनसंख्या ३,१००, बाहिङको जनसंख्या ३,०९६ साम्पाङको जनसंख्या १,६८१ खालिङको जनसंख्या १,५७१ र लोहोरुङको जनसंख्या १,१५३ रहेको छ । अझ राईकरणको मारमा परेका ११/१२ देखि १७/१८ वटा किराती जातिहरुको त जनसंख्याको अलग्गै तथ्यांक नै आएको छैन । जबकि ती ११/१२ देखि १७÷१८ वटा किराती जातिहरुको भाषागत तथ्यांक भने आएको छ । के हाम्रो देश नेपालमा जाति वा समुदाय बिनाको भाषा पनि हुन्छः ? वास्तवमा नेपालका प्रा., डा. र प्रा पनि डा. पनि लेख्ने प्रा.डा.हरु र समाजशास्त्री, मानवशास्त्री, भाषाशास्त्री आदिलाई यो प्रश्न गर्नेपर्ने देखिन्छ ।
ninamkirat123@gmail.com, थप केही बुझन परेमाः ९८६२४३६०४९, ९८४९९८५९९७



