ममता गिरी, काठामाण्डौ- गायक पवन गिरीले  लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्।  नेपाल आइडलमा रकस्टारका रुपमा चिनिएका गायक गिरीले यसघिका गीत भन्दा फरक स्वादको गीत ल्याएका छन्।

सबैले सुन्न सक्ने सरल शब्द  र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कारण निराश मनहरुमा मुस्कान ल्याउने खालको छ।  गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ।  गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्।

गीतअनुसार निकै रमाइलो तरिका बाट म्युजिक भिडियो बनाइएको छ जसमा जोडी सरोज  अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्।  धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले  कोरियोग्राफी र  अर्जुन तिवारीले  छायांकन गरेका हुन्।

जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्।  हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा  काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो  तयार भएको  हो। भिडियोलाई वाइड लेन्स प्रोडक्सनको  च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लामो समयको प्रतीक्षा पछि बजारमा आएको यो भिडियो स्रोता दर्शकलाई मन पर्नेकुरामा टिम आशावादी छ।  साथै दर्शक , स्रोताबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा समेत गरिएको छ।  रामजी बस्नेत प्रति विशेष आभार प्रकट गरिएको भिडियोलाई  वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार पारिएको हो।