सरिता खत्री, काठमाण्डौ- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दु’र्व्यवहारको शि’कार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।’

उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भो’ग्नुपरेको उनको भनाइ छ।

आफूमाथि भएका दु’र्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै ख’त्तम पार्दिने डरसमेत देखाइएको उनले भनेकी छन्।

‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडिओमा भनेकी छन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नि’यन्त्रणमा लिएको हुन्छ।

आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको ह’र्कत गरेको उनको भनाइ छ। ‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनिन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँ’सिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र?

साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो।