सर्वहारा र कम्युनिष्टवारे-गोपाल किराती
सर्वहारा र कम्युनिष्टवारे जनवर्गको मानिसले कम्युनिष्ट बन्न विश्वदृष्टिकोण र चरित्र निर्माणको सामान्यत: निम्न चरणहरु पार गर्दै अघि बढ्नुपर्छ:
१. सर्वप्रथम जनवर्गको मानिस हुनुपर्छ, २. दोस्रोमा प्रगतिशील मानिस हुनुपर्छ, ३. तेस्रोमा प्रगतिशील श्रमिक मानिस हुनुपर्छ पर्दछ । त्यस्तै गरी ४. चौथोमा सर्वहारा मानिस बन्नुपर्छ र ५. पाँचौंमा कम्युनिष्ट अर्थात अन्तर्राष्ट्रीय जातिको मानिस बन्नुपर्छ ।
केही व्याख्या: प्रगतिशील मानिस भौतिक सर्वहारामा र भौतिक सर्वहारा मानिस वैचारिक सर्वहारा अर्थात मार्क्सवादी विचारमा रुपान्तरण भएपछि पूर्ण सर्वहारा बन्छ । वर्गसंघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोग, जसभित्र विचारधारात्मक संघर्ष तथा दुईलाईन संघर्ष पर्दछन, ले वैचारिक सर्वहारालाई भौतिक सर्वहारामा र भौतिक सर्वहारालाई वैचारिक सर्वहारामा रुपान्तरण गर्छ ।
सर्वहारावर्गीय दृष्टिकोण र चरित्र नभएको मानिस कम्युनिस्ट होइन र हुन सक्दैन । कम्युनिष्ट बन्न सर्वहारा अथवा सर्वहारावादीसम्म हुनैपर्छ, तर सर्वहारा अथवा सर्वहारावादी बन्नासाथ कम्युनिष्ट भइँदैन। किनकि, सर्वहारा भनेको इतिहासको अन्तिम वर्ग हो, भने कम्युनिसष्ट भनेको वर्गविहीन अर्थात वर्ग भन्दा माथिको मानवीय चरित्र हो र हुनुपर्छ । यस्तो कम्युनिस्ट चेतना तथा चरित्रले मात्र विश्व र नेपाललाई समेत सही ढंगले बुझ्न र क्रान्तिकारी दिशामा बदल्न सकिन्छ ।
द्वन्दात्मक भौतिकवादी बिश्वदृष्टिकोण अर्थात वस्तु र घटनावारे वैज्ञानिक दृष्टिकोण तथा कम्युनिष्ट चरित्रले मात्र जनसमुदायलाई सामाजिक न्याय प्रत्याभूत गर्न सक्छ। राज्य तथा समाजको नेतृत्व सम्बन्धी जनसाधारण नेपालीको यसर्थमा सर्वहारा चरित्रको माग बढेको देखिन्छ ।



