जनयुद्ध र जनाआन्दोलनका घाइते र कृषकलाई बजेटले सम्बोधन गरेन
हरेक आर्थिक वर्ष झै यस वर्ष पनि आर्थिक वर्ष २०७७÷०७८ बजेट भाषण सम्पन्न भएको छ ।
हरेक वर्ष राज्यले समविकास गर्नको लागी सबै क्षेत्र, वर्ग, लिङ्ग, संस्कृति, पर्यटन, कृषि, अपाङ्ग, किसान लगायत देश निर्माण लागेका युवाहरु जो जनयुद्धकालिन घाइते तथा जनआन्दोनको क्रममा घाइते तथा कृषीमुखी प्रणालीलाई सम्बोधन गर्नु पर्नेमा हालसम्म कुनै वर्षहरुले सम्बोधन नगरे जसरी यसवर्ष पनि सम्बोधन हुन सकेन ।
देश निर्माणको लागी परिबर्तनको लागी गणतन्त्र, धर्मनिरपेक्ष लगायत हालको परिबर्तनहरुको निम्ति आफ्नो ज्यान वलिदान गरेता पनि न शहिदलाई सम्मान, न घाइते नत कृषकहरुलाई नै बजेट, कतै नसमेटिएको हुनाले राज्यले जहिले वेवास्ता गरेको कारण सरकारप्रति आक्रोस अभिव्याक्त भएको छ ।
राज्यले सही रुपमा सम्बोधन गर्नुपर्नेमा हालसम्म पूर्व जनमुक्ति सेनाका बृगेड सह–कमाण्डर कर्मा पासाङ शेर्पाले दुःख व्याक्त गरेका छन् । जनयुद्धमा, जनआन्दोलनमा आफ्नो भौतीक अंग गुमाएर देश परिबर्तनको लागी लडे पनि, आफु आजीवन अमाङ्ग भएर पनि सरकारले कुनै सम्बोधन नगरेकोमा घाइते र अपाङ्गहरुलाई अन्यायमा पार्दै आएको शेर्पाले बताए । आजीवन घाइते भएको हुँदा औषधी उपचार, जीवन निर्वाको लागी आवश्यक सामान्य आर्थिक सहयोग पनि बजेटमा नभएको उल्लेख गरे ।
देश निर्माणको लागी परिबर्तनको लागी गणतन्त्र, धर्मनिरपेक्ष लगायत हालको परिबर्तनहरुको निम्ति आफ्नो ज्यान वलिदान गरेता पनि न शहिदलाई सम्मान, न घाइते नत कृषकहरुलाई नै बजेट, कतै नसमेटिएको हुनाले राज्यले जहिले वेवास्ता गरेको कारण सरकारप्रति आक्रोस अभिव्याक्त भएको छ ।
पासाङ कर्मा शेर्पा, उपाध्यक्ष जनक्रान्ति संगठन