‘म जेलमा हुँदा’ कबिता- सुनिता राई (भिडियो सहित)
म जेलमा हुँदा
सारी सके फलामे जेलमा
सारी सके फलामे जेलमा
नबनाउ मलाई जिउको बन्दि
नबनाउ मलाई जिउको बन्दि !
भत्काउनु छ बङकरहरु
तोड्नु छ चङ्गुलहरु
तर्नु छ एक्लै जागर म
उम्लेए रहेछ दुस्मनको भेलहरु !!
म होईन कोशे ढुङ्ग,
म होईन कोशे ढुङ्ग
दुस्मनको नाकबेलिले बेरिएकी चट्टान हु
त्यसैले नसुन मलाई रक्तामे पार्ने छन तिम्रा ति ओठहरु
रक्तामे पार्ने छन तिम्रा ति ओठहरु !!!
म ब्वासोहरुको घेरा भित्र छु
म ब्वासोहरुको घेरा भित्र छु
आकाशमा पनि घुमी रहेको छन गिद्धहरु
त्यसैले बन्द गर दिलको आवाज्, बन्द गर सुस्केराहरु
त्यसैलेबन्द गर दिलको आवाज्, बन्द गर सुस्केराहरु !!!!
अब, अब जाउ तिमी फर्केर आधिको देशमा
डोल र ज्याम्टाहरु बजाउदै
जाउ तिमी फर्केर आधिको देशमा
डोल र ज्याम्टाहरु बजाउदै
मुन्धुमलाई पैलाउदै
मुन्धुमलाई पैलाउदै !!!!!
राखेकी छु त्यही मैले
तिम्रै लागी मुटु मेरो
तिम्रै लागि माया मेरो
तिम्रै लागी मुटु मेरो
तिम्रै लागी माया मेरो !!!!!!
सुनित राई, हाल : कादबारी जेल, सङ्खुवासभा



