हाम्रो सरकार अचम्मको रहेछ ! अब ल*कडाउन खोलौं
–निनाम कुलुङ मंगले’
हलै (हिजो) आएको (सम्माननीय राष्ट्रपति ज्युले वाचन गर्नु भएको) सरकारको नीति तथा कार्यक्रमले (कोभिड–१९) का कारण हायल कायल भएर बाँच्न विवश नेपाली जनताहरु लागि केही न केही राहत र उद्धारका कार्यक्रमहरु आउने धेरैले आशा गरेका थिए । तर, सो नीति तथा कार्यक्रममा (कोभिड–१९) का कारण हायल कायल भएर बाँच्न विवश नेपाली जनताहरु लागि कुनै पनि कार्यक्रम आएन । उल्टै सरकारको नीति तथा कार्यक्रममा ‘नेपाललाई ‘कोरोना मुक्त बनाउने !’ कुरोहरु परेको छ ।’ भनी पत्रपत्रिकामा ससमाचार आएको छ । यसरी हेर्दा हाम्रो देश नेपालको सरकार साँच्चै अच्चमको रहेछ । किनभने, विश्वकको मै हुँ भन्ने देश अमेरिका र र त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प महोदयले पनि काबूमा राख्न नसकेको (कोभिड–१९) को महामारीबाट नेपाल सरकारले भने, ‘हाम्रो देश नेपाललाई कोरोना मुक्त बनाउने !’ भएछ ।’ यो त धेरै राम्रो कुरो हो । खान पाए पनि नपाए पनि कम्तिमा अब हामी कोरोना मुक्त हुने भयौं ! यो प्रसंगलाई यही छाडौं ।
सन् २०१९ डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको मानिएको) ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक सं*क्रामक भाइरसको महामारीले हाल विश्वभरिका प्रायः सबै देशलाई आतंकित पारेको छ । त्यसबाट नेपाल पनि अछूतो रहन सकेको छैन । भलै नेपालमा हालसम्म (कोभिड–१९) कै कारण आधिकारिक रुपमा कैको पनि मृत्यु भएको भनी पुष्टि भएको छैन ! (कोभिड–१९) रोगलाई संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि फैलिएको महामारी भनी सन् २०२० को मार्च ११ मै घोषणा गरेको छ । त्यसो त इतिहास पढ्दा के थाहा हुन्छ भने, यसअघि पनि विश्वमा विभिन्न समयमा अनेकौं ठूलठूला महामारी रोगहरु फैलिएको थियो । तर, अहिलेको जमाना ऊ वेलाको भन्दा धेरै फरक भई सकेको छ । ऊ वेला अहिले जस्तो सूचना, सञ्चार, विज्ञान र प्रविधिले फड्को मारेको थिएन । तर, आजको जमाना अर्कै भएको छ । आज सूचना, सञ्चार, विज्ञान र प्रविधिले फड्को मारेर जमाना कहाँ पुगेको छ, कहाँ ? त्यसैले छिसिक्क केही भयो कि, विश्वभरि तुरुन्तै फैलिहाल्छ, भाइरल भैहाल्छ । त्यसैले अहिलेसम्म विश्वका विभिन्न देशमा लगभग ४ महिनामाको अवधिमा (कोभिड–१९) को कारण ३ लाख ८–९ हजार चानचुन मानिसहरुको मात्रै मृत्य भएको भए तापनि विश्वका सबै सञ्चारमाध्यममा प्रखुम समाचार भएको छ, ठूलो समाचार भएको छ । विश्वभरि नै (कोभिड–१९) ले गर्दा त्राहीमाम छाएको छ । यसरी विभिन्न समयमा फैलिएको महामारी रोगमध्ये एक कोरोना (आधिकारिक रुपमा सन् २०१९ डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको मानिएको) ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले हाल विश्वभरिका प्रायः सबै देशलाई आतंकित पारेको छ । यो रोगलाई संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) को महामारीलाई विश्वभरि नै फैलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन घोषण गरी सकेको छ भनी माथि उल्लेख भएको छ ।
विश्वमा रहेका २२० वटा देशमध्ये २१० वटा देशमा (कोभिड–१९) को माहामारी रोगको संक्रमण फैलिसकेको छ भने, ‘वोल्र्डोमिटर’ नामक एक संस्थाले दिन–दिनै अप–डेट गरी रहेको विश्वभरिकै विभिन्न देशमा (कोभिड–१९) को महामारीका कारण बि*रामी भएका, म*रेका, निको भएका, सिकिस्त बि*रामी भएका आदि तथ्य–तथ्यांकअनुसार सन् २०२० मे १४ सम्ममा ४४ लाख ४२ हजार भन्दा बढी बिरामी भएका थिए भने, १६ लाख ६८ हजारभन्दा बढी बिरामीहरु निको भएर घर फर्केका थिए । त्यस्तै (कोभिड–१९) का कारण २ लाख ९८ हजार मानिसहरुले आफ्नो अमूल्य ज्यान गुमाएका थिए भने, ४५ हजार ९३१ जना सिकिस्त बिरामी थिए । तर, आज (यो लेख लेख्दै गर्दा÷सन् २०२० मे १६ सम्म) ४६ लाख २८ हजार ६०० जना मानिसहरु बिरामी छन् भने, १७ लाख ५८ हजार जना बिरामीहरु निको भएर घर फर्केका छन् । त्यस्तै (कोभिड–१९) का कारण ३ लाख ८ हजार ६०० जना मानिसहरुले आफ्नो अमूल्य ज्यान गुमाएका छन् भने, ४५ हजार ६ जना सिकिस्त बिरामी अवस्थामा छन् ।
जबकि सन् २०२० अप्रिल २१ मा २४ लाख ९० हजार मानिसहरु बिरामी भएका थिए भने त्यो वेला १ लाख ७० हजार ५०० मान्छेहरुले आफ्नो ज्या*न गुमाएका थिए । त्यस्तै ६ लाख ३५ हजार २५१ जना पूर्ण रुपमा निको भएर घर फर्केकाहरु थिए भने ५७ हजार ३३७ जना मनिसहरु सिकिस्त बिरामी थिए । यसरी हेर्दा लगभग २६/२७ दिनको अन्तरालमै (कोभिड–१९) को भाइरसको महामारीका कारण बिरामी हुने, मर्नेहरुको संख्या डबल जस्तै बढोत्तरी भएको देखिन्छ । तापनि सिकिस्त बिरामीहरुको संख्या भने त्यो वेला भन्दा लगभग १० हजारले कमी आएको देखिन्छ । त्यसो त भाइरल रोगका विज्ञहरुले गर्मी याम सुरु हुने बित्तिकै आफै हराउने आशा वा भनौं अनुमान गरेका थिए । तर, यो महामारीको भाइरसले (कोभिड–१९) ले सन् २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राख्न सक्ने भनी केही विज्ञहरुले बताई सकेका छन् । त्यसैले (कोभिड–१९) नामक भाइरसको महामारीका कारण अअझै कति मान्छेहरुलाई बिरामी बनाउने हो ? कति मानिसहरुलाई परमधाम पुर्याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन ।
त्यति खाने कुरोले मेरो परिवारलाई ५४ दिन खान पुग्यो होला त ? त्यसमाथि म मु*टु, ब्ल*डप्रेसर, पि*साब थैली, यु*रिक एसिड, पा*यल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानु पर्छ । होइन अनि यो भातेको कामधामचाहिँ केही छैन ! भनेर प्रश्न गर्ने हो भने, म ‘नेपाल लाइफ इन्स्युरेन्स कम्पनी’ (जीवन बीमा कम्पनी) को एजेन्ट हुँ । त्यसबाहेक यसरी नै आक्कल–झुक्कल विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टलहरुमा यसो लेखी टोपल्ने गर्छु । त्यो पनि लेख स्वः दिन सक्ने पत्रपत्रिकाले विरलै मात्र मेरो लेख छाप्ने गर्छन् ।
जे होस्, नेपालमा पनि (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेतहरु देखा परेपछि सुरुमा नेपाल सरकारले विसं २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुूदरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई अधिकांश नेपाली जनताहरुले सहर्ष स्वीकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितहरुको संख्या स्थीर रहनु वा घट्नुको सट्टा झनै बढ्दै गएपछि अझ भएन, भनेर नेपाल सरकारले एकैचोटि (२ वर्षका लागि !) विसं २०७७ वैसाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको थियो । तर, यसबीचमा नेपालका कोरोनाका संक्रमितहरु बढ्दै गएपछि सरकारले अझै भएन ! भनेर फेरि जेठ ५ गतेसम्मलाई लकडाउन थपेको अवस्था छ । थाहा छैन, जेठ ५ गतेपछि सरकारले के गर्नै हो ? आजका मतिसम्म आईपुग्दा नेपालमा २५८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ती मध्ये ३५ जना निको भएर घर फर्केका छन् ।
वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तल–तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्÷भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नपैmलियोस् भनेर धेरै देशहरुले ‘लकडाउन’ वा संकटकाल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरुले झै ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ । तर, नेपालमा भनसुन र केही हदसम्म घुषखोरी चल्ने भएको कारण गर्दा जताभावी सवारी पास वितरण गरिएकोले गर्दा संक्रमितहरुको संख्या बढेको मान्नुपर्ने हुन्छ । खासगरी बागमती प्रदेशको राजधानी काठमाण्डौ उपत्यकामा त्यही देखिएको छ । त्यस्तै उहिले नै नेपाली कांग्रेसले ‘लौह पुरुष’, ‘सर्वमान्य नेता’ आदि (विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर !) को पगरी गुथाईएका स्वर्गीय गणेशमान सिंह ज्युले भन्नु भए जस्तै हामी नेपालीहरु ‘भेडा !’ भएकोले पनि कोरोना पैmलनमा अरु बढी सहयोग पुगेको देखिन्छ । हुन त स्वर्गीय गणेशमान सिंह ज्युले विसं २०४८ को संसदीय निर्वाचनमा काठमाण्डौमा उम्मेदवार भएर उठेका आप्mनो श्रीमती (स्वर्गीय मंगलादेवी सिंह) र छोरो प्रकाशमान सिंहलाई काठमाण्डौबाट हराएपछि काठमाण्डौका जनतालाई आवेगमा आएर मात्रै पक्कै होइन होला, साँच्चै भेडा सम्झेर नै होला ! उहाँले काठमाण्डौका जनताहरु ‘भेडा !’ हुन् भन्नु भएको थियो । तर, स्वर्गीय गणेशमान सिंह ज्युको सो भनाइ काठमाण्डौका जनतामा मात्रै नभएर सिंगो देशभरिका जनताहरुमा हालसम्म पनि लागू भएको देखिन्छ !
यदि हामी नेपालीहरु ‘भे*डा !’ नभएर मान्छे भएको भए त, को*रोना लागी हालेमा यसको स्थाई उपचार छैन, हालसम्म कोरोना महामारीकै लागि भनेर अचूक औषधि वा खोप बनेको छैन, त्यसैले सामाजिक दूरी कायम गर्नबाहेक कोरोनाबाट बच्ने अर्को उत्तम उपाय छैन ! भनेर विषय विज्ञहरुले भन्दाभन्दै पनि बिना काम जताभावी हिँडडुल गर्ने, सेल्फ आइसोलेसनमा नबस्ने, लकडाउन उ*ल्लंघन गर्ने, क्वोरन्टाइनबाटै भाग्ने गर्छौं होला त ? कि ‘लकडाउन’ भनेको स–साना केटाकेटीहरुले खेल्ने खेलाँची खेल हो ? त्यसैले सरकार ! अब म*र्ने म*र्छन्, बाँच्ने बाँच्छन्, आउँदो जेठ ५ गतेपछि कुनै पनि हालतमा ‘लकडाउन’ खोल्नु पर्छ । फेरि नेपालमा ‘लकडाउन’ खोल्नुको अर्को महत्वपूर्ण कारण भनेको नेपाल सरकारले जनतालाई हालसम्म खालि पेट (बिना नगद वा खाद्य सामग्री वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ ।) यसरी जनतालाई खालि पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ? हुन त कहिलेकाहीँ बाटोमा हिन्दा के मान्छेहरुले गफ गर्दै गर्दा के सुनिन्छ भने, सरकारले बनाएको/गठन गरेको कोरोना राहत कोषमा जम्ममा भएको … अर्ब, … करोड रुपैयाँ (पैसो) प्रत्येक नेपालीहरुको टाउको गनेर दिँदा पनि प्रत्येक नेपालीहरुको भागमा … लाख, … हजार रुपैयाँ पुग्छ अरे ! म आपूm त के जान्नु र ! …, …. खै त्यो … अर्ब, … करोड पैसो कता जानु भो ? प्रश्न गर्न मिल्ला कि नमिल्ला, सरकार ?
यसरी सरकारले बिना नगद बिना खाद्य सामग्री वितरण वा नगद वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ भन्ने सन्दर्भ किन पनि जायज हो जस्तो लाग्छ भने, हालसम्म (विसं २०७६ चैत ११ देखि आजसम्म) म बसेको वडा–टोल, काठमाण्डौ महानगरपालिको ३१ नम्बरको प्रयाग मार्ग हो क्यारे (मेरो स्थाई घर तेह्रथुम जिल्लाको साविक सम्दु–७, हाल फेदाप गाउँपालिका–४ हो ।) पहिले ३४ वडा पथ्र्याे । लगभग ५४/५५ दिनको लकडाउन अवधिमा एकपटक क्लबले १० किलो चामल, एक प्याकेट खाने तेल, आधा किलो चिनी दियो । अर्को एकपटक वडा कार्यलयले ५ किलो चामल, एक छटक मस्यौरा, एक प्याकेट खाने तेल, ३ सय ग्राम होला चिउरा दियो । परिवारमा म र दुई (केटाकेटी) छोराछोरी छन् । त्यति खाने कुरोले मेरो परिवारलाई ५४ दिन खान पुग्यो होला त ? त्यसमाथि म मु*टु, ब्ल*डप्रेसर, पि*साब थैली, यु*रिक एसिड, पा*यल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानु पर्छ । होइन अनि यो भातेको कामधामचाहिँ केही छैन ! भनेर प्रश्न गर्ने हो भने, म ‘नेपाल लाइफ इन्स्युरेन्स कम्पनी’ (जीवन बीमा कम्पनी) को एजेन्ट हुँ । त्यसबाहेक यसरी नै आक्कल–झुक्कल विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टलहरुमा यसो लेखी टोपल्ने गर्छु । त्यो पनि लेख स्वः दिन सक्ने पत्रपत्रिकाले विरलै मात्र मेरो लेख छाप्ने गर्छन् । मेरो नियमित आमदानी हुने खास अरु काम केही छैन । अब मैले के गर्ने ? चम्चामा पानी उमालेर मर्ने ! कि खोर्सानीको बोटमा झु*न्डिएर मर्ने ? त्यसैले सरकार !, मैले के गर्ने ? फेरि म ‘म*र्नदेखि साह्रै ड*र लाग्ने मान्छे परेँ !’ यसरी जनतालाई खालि पेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिञ्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ? त्यसैले जे होला, होला, अब ‘लकडाउन’ खोल्नै पर्छ ।
बल्लतल्ल मान्छे भएर यो धरतीमा जन्मेको ! अकाल मृत्युवरण किन गर्ने ? भनी सम्झनेहरु मानव जीवनको महत्व र मूल्य बुझेका बुझकीहरु, आफ्नो जीवनको माया लाग्नेहरु, म*र्नदेखि ड*राउनेहरु आफै सामाजिक दूरी कायम गरेर, सावधानी अपनाएर, जे जसरी हुन्छ बाँच्ने कोशिश गर्छन् । सरकार प्रखुम वा राष्ट्र प्रमुखले भावना नबग !,लकडाउन ! तिमीहरुलाई बचाउनकै लागि हो ! भनी रहनै पर्दैन । त्यस्तै ‘आ … जे सुकै होस् छु मतलब !’ भन्नेहरु म*र्दै गर्छन् । त्यसैले सरकार ! म फेरि पनि भन्छु, अब ‘लकडाउन’ खोल्नै पर्छ । किनभने, नेपाली जनतालाई ‘भावनामा नबग्नु ! भन्ने अर्ती–बुद्धि र उपदेशले मात्रै पुग्दैन, उनीहरुलाई बाँच्ने आ्धार पनि त चाहिन्छ, होइन त सरकार ?
नोटःथप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com, (यो लेख लेखकको निजी बिचार हो । )



