राई भाषा, अनिवार्य गर्न लागिएको संस्कृत भाषा र नेपालका भाषा विज्ञानका प्राडाहरुलाई प्रश्न !
–निनाम कुलुङ ‘मंगले’
हाल जताततै कोरोनै कोरोनाको चर्चा छ । अधिकांश पत्रपत्रिका र अनलाइनहरुमा लेख, रचना, विश्लेषण, समाचार आदि कोरोनाकै बारेमा देखिन्छ । त्यसैले यहाँ धेरैपछि म केही फरक विषयमा चर्चा गर्दै छु । कुरो अलि अघिको हो । अर्थात् विसं २०७६ कात्तिक ३ गते को हो । सो दिन नयाँ पत्रिका दैनिकमा प्राडा दानराज रेग्मीको ‘भाषिक गणनाः तथ्यांक कि मिथ्यांक ?’ शीर्षकको अग्रलेख छापिएको थियो । सो लेखमा प्राडा रेग्मीले नेपालका भाषाहरुका बारेमा केही सत्य–तथ्य र केहीचाहिँ गाँजेमाजे खालका र केही भाषाको मातृभाषी नै नभए तापनि विसं २०५८ र २०६८ मा मातृभाषी भनी आएको तथ्यांकबारे चँुसम्म नबोलेको वा भनौं केही पनि लेखियोको थिएन । सो दैनिकले लेखको अन्तमा दिएको लेखकको परिचयअनुसार प्राडा दानराज रेग्मी त्रिभुवन विश्व विद्यालयका भाषा विज्ञान केन्द्रीय विभागका प्राध्यापक पनि हुन् । त्यस अघि (पछि पनि) नेपाली भाषा, जनगणना आदिका बारेमा केही न केही कतै त कतै लेखी रहेका छन् । जुन कुरोलाई राम्रै मान्न सकिन्छ ।
त्यसो त प्राडा दानराज रेग्मी मात्रै नभएर नेपालका कुनै पनि प्राडाहरु (खासगरी भाषा विज्ञानका प्राडा भनिएकाहरु) जस्तै प्राडा नोवेल किशोर राई !, प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा भक्त राई !, प्राडा खगेन्द्र राई ! (नोटः राईको पछाडि यो ‘!’ चिन्ह राख्नुको कारण वास्तवमा राई कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजाहरु र श्री ३ महाराज अर्थात् त्यो वेलाका शासकहरुले दिएको पदवी वा पगरी मात्रै भएकोले हो ।) प्राडा …, प्राडा … हरु साँच्चै, पढेरै र, नेपालका भाषा र भाषा वक्ताहरुका विषयमा विषय विज्ञ भएरै (फिल्ड वर्क वा टेबल वर्क !) गरेरै विद्यावारिधि गरेर आफ्नो नामको पछाडि प्राडा लेखाउने गरेका हुन् त ? भन्ने बारेमा (यो पंक्तिकारको) शंका छ है, प्राडा सा’ब ज्युहरु !
किनभने, नेपालका प्राडाहरु, खासगरी भाषा विज्ञानका प्राडा भनिनेहरुले जहिले पनि (हुन त गत कात्तिक ३ मा आएको लेख मात्रै नभएर विगतमा पनि ती प्राडाको लेख नागरिक दैनिक, कान्तिपुर दैनिक लगयात विभिन्न पत्रपत्रिकामा नेपालको भाषाभाषी सम्बन्धी लेख छापिएको थियो भने त्यसपछि पनि यदाकता छापिदै आएको छ ।) तर, नेपालका कुनै पनि भाषा विज्ञ वा भाषा विज्ञानका प्राडा भनिनेहरुले नेपालका भाषाहरु वा भाषा विज्ञानका बारेमा लेख्दा कथित् राई जातिको बारेमा भने प्रस्ट भएर हो वा नभएर हो ?, जहिले पनि एक जाति राई वा राई–किराती ! को २८ भाषा भन्दै लेख्ने गरेको देखिन्छ । अर्थात् सो आशयको लेख छापिने गरेको छ । हुन पनि कुनै आफु कार्यरत पत्रिकामा त्यसरी एक जाति राई, २८ भाषी राई ! भन्न आशयको लेख आउँदा वा कसैले लेख पठाउँदा सम्बन्धित पत्रिकाका सम्पादक वा लेख रचना प्रमुखलाई कसरी एक जाति राई ! को २८ वटा भाषा हुन सक्छ ? भनेर ती पत्रिकामा कार्यरत सम्पादक वा लेख रचना प्रमुखहरुमा जिज्ञासा पनि उठ्दैन कि क्या हो ? सायद ‘अजब कस्मिर गजब नेपाल !’ भनेको यही हो । त्यसैले हाम्रो देश नेपालमा अचम्मै अचम्मका घटनाहरु देख्ने गरिन्छ ।
साँच्चै नेपालका भाषा विज्ञानका प्राडाहरु कथित् एक जाति राई ! को २८ वटा मातृभाषा हुन्छ भन्ने बारेमा प्रस्ट छन् ? प्रश्न गम्भीर छ । यदि भाषा विज्ञानका ती प्राडाहरु नेपालमा साँच्चै कथित् एक जाति राई ! छन् र, उनीहरुको मातृभाषाचाहिँ २८ वटा हुन्छ ! भन्ने बारेमा फिल्ड वर्क वा टेबल वर्क ! गरेर पत्ता लगाएका हुन् भने, उनीहरुले त्यसरी ‘म एक जाति राई हुँ तर, मेरो २८ मातृभाषा छ ! भन्दै २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कुनै माइकालाल राई भेटेका छन् ? छन् भने, भाषा विज्ञानका प्राडा महोदयहरुले यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’लाई पनि चिनाई दिन दिनु पर्यो । होइन भने, त्यस्ता भाषा विज्ञानका प्राडा भनिनेहरुले कम्तिमा विसं २०५८ र विसं २०६८ को जनगणनाबारे ‘टेबल वर्क’ गरेर लेख्नु पर्यो भन्ने यो पंक्तिकारको जिरह छ । त्यसैले अझै पनि प्राडा दानराज रेग्मी, प्राडा तारामणि राई लगायत अन्य प्राडाहरुलाई यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को प्रश्न छ, साँच्चै कुनै व्यक्तिले आफु एक जाति राई ! भएको तर, आफनो मातृभाषा भने २८ वटा छ ! भन्दै २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कुनै माइकलाल राई ! भेट्नु भा’छ ? छ भने, प्राडा दानराज रेग्मी ज्यु, प्राडा तारामणि राई ज्यु मात्रै नभएर भाषा विज्ञानका जो कोही अन्य प्राडा ज्युहरुले यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’लाई पनि त्यस्ता माइकालाल राई ! सर र राईनी ! म्याडमहरु भेटाइदिनु होला भन्ने फेरि पनि दोहोर्याएर हार्दिक अनुरोध गर्दछ ।
आशय के हो भने, वास्तवमा राई नेपालको कुनै जात वा जाति नभएर विगतमा खासगरी नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुलाई उनीहरुको भूगोलसमेत फुटाएर वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत अन्य किराती खम्बुहरुलाई ‘राई’, पल्लो किरातका लिम्बु र लाप्चालाई ‘सुब्बा’, मधेसका थारुलाई ‘चौधराई’ वा ‘पटवारी’ (हाल चौधरी लेख्छन्) दिइएको पद वा पगरी मात्रै हो । यस्तो ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पनि ठेकी–बेठी, भूमिकर आदि निश्चित रकम तिरेर मात्रै पाइन्थ्यो । यसरी ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पद वा भनौं पगरी पाएका मान्छेहरुलाई जिम्मावाल र तालुकदार पनि भन्ने गरिन्थ्यो भने, उनीहरु मातहत विभिन्न काम कारबाही गर्ने गरी थरी, कारबारी, बहिदार वा बैदार, करता, माथा, तोहले, गौरुङ आदि पनि नियुक्त हुन्थे । यसरी ऊ बेला ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ पद वा भनौं पगरी पाएका मान्छेहरु वा उनीहरुका सन्तानलाई अहिले पनि गाउँघरमा ‘फलानो जिम्मावाल वा फलानो तालुकदारका छोरा वा नाति’ भन्ने प्रचलन हटी सकेको छैन । यो विषयमा ‘केहीनजान्ने कुलुङे ढाक्रे’को कुरोमा भाषा विज्ञानका प्राडाहरुलाई विश्वास नलागे अझै पनि गाऊँ–घरमा गएर सोधखोज र अनुसन्धान नै गरे पनि हुन्छ ।
कसैले संस्कृत भाषाको महत्व बुझेर र बजार हेरेर स्वेच्छाले संस्कृत शिक्षा लिन चाहन्छन् संस्कृत भाषा पढ्न चाहन्छन् भने, उसलाई सरकारले प्रोत्साहन गर्दा हुन्छ, तलब–भत्ता दिएरै पढाउँदा पनि हुन्छ । यसमा कसैको आपत्ति रहन हँदैन । तर, नेपालका बाँकी भाषाहरु क्े गर्ने नि ? प्रश्न त छँदैछ ।
थप कुरो, यो ‘केहीनजान्ने कुलुङे ढाके्र’ले ‘म पनि प्राडा हुँ ! भनी मेरो नामको पछाडि प्राडा लेखेमा तपाईँ भाषा विज्ञानका प्राडा लगायत अन्य प्राडाहरुले के गर्नु हुन्छ ? थाहा भएन । तर, ऊ वेलाको भाषामा भन्नु पर्दा ढाके्र वा रैती अर्थात् सर्वसाधारण नागरिकहरुले आप्mनो नामको पछाडि ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ लेखेमा ‘तँैले नपाएको पद वा भनौं पगरी कसले दिएर र, कसरी लेखिस् ?’ भनी असली ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, … ले ठिँगुरो (जेल !) मा हाल्थे । ठिँगुरो कस्तो हुन्छ ? भन्ने बारेमा थाहा नभएकाहरुले ‘माराम’ भन्ने लिम्बु भाषाको फिल्म हेरे हुन्छ । त्यसो त अभैm पनि यो ‘केहीनजान्ने कुलुङे ढाके्र’को कुरो नै पत्याउनु पर्छ भन्ने छैन, म नै धु्रव–सत्य हुँ ! भन्ने पनि म मान्दिन । त्यसैले यहाँ ऊ बेला ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधराई’ वा ‘पटवारी’ भएकामध्ये केही राई र सुब्बाका जेठो छोरोहरुको नाम तल उल्लेख गर्ने कष्ट गर्दै छु ।
जस्तै हाल नेपाली साहित्य, गीत, संगीत, गायन आदिमा चल्तापूर्जा रहेका र, अधिकांश काठमाण्डौमै रहेका मुकारुङ खलकका बाबु/बाजे परशुराम राई भोजपुर जिल्लाको दिल्पा, अन्नपूर्ण, नागी आदि क्षेत्रका ५२ पगरीका ठूला राई थिए । ती ५२ पगरीका ठूला राईको श्रीमती मात्रै ९ वटा थियो भनी पृथ्वीराज मुकारुङ बताउँछन् । जे होस्, उनले त्यो वेला ५२ झ्यालले दरबार (घर) बनाउँदा केन्द्र (काठमाण्डौ) मा उजुरी नै परेको थियो । किनकि राई भनेको राजा नभएर राजासरह ! को पद मात्रै थियो । त्यसैले राजाले जस्तो राईले कहाँ ५२ झ्यालले दरबार बनाउन पाउनू ! अतः उजुरी गर्नेले तालुकवाला मान्छे (जाँचकी) लिएर आउनूअघि नै एउटा झ्याल हटाएर/घटाएर लिपपोत गरे । नत्र त हँुदाखाँदाको त्यत्रो ५२ पगरीको ‘ठूलो राई पद !’ नै जान्थ्यो । उस्तै परे धनकुटाका ‘राई’ रिदामा र ‘राई’ रामलीहाङको नियति भोग्नुपर्ने पनि हुन सक्थ्यो । त्यस्तै संखुवासभा जिल्लाको धुपु गाऊँका जुद्धबहादुर राई ! अमाली (कानुन हेर्ने) राई पनि ठूला राई थिए । उनका जेठो छोरो डम्बर लोहोरुङलाई पनि हाल काठमाण्डौमै भेट्न सकिन्छ । उनका अनुसार एकपटक जोगीले आफुले लगाएको फेरीको सीदा अर्को जोगीले उठाएको भनी आफनो ‘राई’ बाबुकोमा उजुरी गर्न आए । त्यसरी उजुरी परेपछि फटाहा जोगीलाई ठिँगुरोमा हाले । तर, ठिँगुरोमा हालेको जोगीलाई उजुरी दिने जोगीले नै दिनैपिच्छे भात–पानी दिनुपर्ने भएपछि केही दिनपछि उजुरी दिने जोगीले नै हामी मिलापत्र गर्छौ राईसा’ब ! भनी मिलापत्र गरे रे । त्यस्तै गाउँमा एकजना बाहुन धामी थिए रे । ती धामी बाहुनले ‘म त बाहुन हुँ म कहाँ … को काम गर्न जान्छु !’ भनी अमाली राईको घरमा सित्तैमा काम गर्न (त्यसरी राई, सुब्बा, मुखियाको घरमा काम पर्दा सित्तैमा गरिने कामलाई ‘झारा टार्ने’ भन्ने चलन थियो भने घर लौरी भनेर पनि चिनिन्थ्यो) आएन छन् ।
अमाली राई पनि के कम ! तुरुन्तै आफनो आठपहरिया (सिपाही) पठाएर पाता कसेर ल्याएर सँुगुरको खोरमा हालेछन् । अब बाहुनलाई सँुगुरको खोरमा हाल्नुभन्दा ठूलो बेईज्जत अरु के होला र ? बेलुकी बाहुनलाई सँुगुरको खोरबाट निकालेर पठाउने बित्तिकै अमाली राई रगतै छाद्ने र रगतै छेर्ने ! भएछ । शंका ती धामी बाहुनमाथि नै भयो । अतः फेरि आठपहरियाहरु गएर ती धामी बाहुनलाई थर्काउँदै ‘तेरो जिउँदो लास काटेर टुक्रा–टुक्रा पारेर सँुगुरलाई खुवाऊँ कि अमाली राई सा’बलाई निको पार्छस् ?’ भनेपछि ती धामी बाहुनले अमाली राईको घरमै आएर फुकफाक गरेर निको पारेका थिए रे । यो घटना लगायत अन्य घटनाहरुका बारे जान्न चाहनेले डम्बर लोहोरुङलाई भेटेर सोध्दा हुन्छ । संखुवासभाकै पाङमा गाऊँका गंगाप्रसाद राई पनि ५२ पगरीका ठूला राई थिए । जो विसं २०१५ सालको चुनावमा गोरखा परिषदबाट उम्मेदवार पनि भएका थिए । उनको ठूलो टारी खेत अझै पनि छँदैछ । जहाँ बेठीसहित धान रोप्थे भने, ढाके्र वा भनौं रैतीहरुले सित्तैमा काम (धान रोप्ने लगायत) गर्दिनु पथ्र्यो ।
उता डा. शिवकुमार राई जो विसं २०६५ को प्रचण्ड सरकारमा राष्ट्रिय योजना आयोग (रायोआ) मा सदस्य भएका थिए भने उनी बायोलोजीका प्राध्यापक पनि हुन् । यो पंक्तिकारले सन् २००७ को विश्व आदिवासी दिवसको कार्यक्रममा फ्लोर ओपन भएपछि “राई जात होइन, यसलाई जात मान्दा ‘२२ देखि २६ भाषी किरातीहरुको जातीय स्वपहिचान हराउन आँटेको छ ।” भनी प्रष्टाएपछि उनले खानाको समयमा म बसेको टेबलमा आएर ‘भाई, तपाईँले साह्रै राम्रो कुरो उठाउनु भो । मेरो बाबु पनि ठूला राई थिए । विसं २०३३/०३४ सालमा नापी आयो । रैतीहरुले पनि जग्गा आफ्नो नाममा दर्ता गर्ने क्रममा नामको पछाडि राई लेख्न चाहे । तर, मेरो बाबुले ‘म पो राई हँु, यी मेरा रैती/ढाक्रेहरु कसरी राई हुन्छ ?’ भनी रैतीहरुलाई राई लेख्न नदिने अड्डी कसे । त्यसपछि रैतीलाई राई लेख्न दिने कि नदिने ? भनी छलफल गर्न ५/६ दिनसम्म त पञ्च–भलाद्मीहरुको भेला नै बस्यो । तर, आखिरमा मेरो असली राई बाबुको केही लागेन । हार भयो । त्यसपछि रैतीहरुले पनि आप्mनो जग्गा–धनी प्रमाणपत्र अर्थात् धनी–पूर्जा भटाभट राई लेखे’ भनी बताएका थिए ।
हुन पनि विसं २०२१ सालमा राजा महेन्द्रको पालामा आएको भूमिसुधार ऐन विसं २०२८÷२०२९ देखि सुरु भएर २०३७÷०३८ देखि २०५१ सालसम्ममा नेपालभरि पूर्ण रुपमा लागू भयो । त्यसपछि राई, सुब्बा, मुखिया देवान, अमाली, थरी, बहिदार, कारबारी, गौरुङ आदिको दरकार नै परेन । जग्गाधनीहरु तिरो तिर्न जिल्ला मालपोत कार्यलयमा आफै जान थाले । पछिपछि गाउँस्तरमै तिरो तिर्न सकिने भयो । यसरी हिजोका ढाक्रे÷रैतीहरु हेर्दाहेर्दै ठूलो राई, सुब्बा, मुखिया, देवान भए ! यसरी भूमिसुधार ऐन लागू भएसँगै किपट प्रथा पनि हट्यो ।
त्यसैले भाषा विज्ञानका प्राडाहरुले अभैm पनि कथित् राई जाति ! र राई भाषाबारे लेख्दा सकेसम्म स्थानीयस्तरमा गएर गहन ढंगले अध्ययन–अनुसन्धान गरेर लेख्नु पर्यो । नभए हरेक १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनामा आएको तथ्य–तथ्यांकहरुलाई आधार मानेर लेखे पनि भयो । त्यति मिहिनेत पनि नगर्ने हो भने, हामी जस्ता ‘केहीनजान्ने कुलुङे ढाके्र’हरुलाई सोधेर लेखे पनि भयो ! यो ‘केही नजान्नेकुलुङे ढाके्र’ यसो भनी रहँदा विसं २०५८ को राष्ट्रिय जनगणनामा ६ लाख ३६ हजार चानचुन जनसंख्या भएको राई, विसं २०६८ को राष्ट्रिय जनगणनामा किन १५ हजार चानचुन घटेर ६ लाख २० हजार चानचुनमा झरे ? भनी भाषा विज्ञानका प्राडाहरुलाई पुनः प्रश्न गर्न चाहन्छ । जबकि १० वर्षको अवधिमा १ लाख बराबर ४ हजार मात्रै राईको जनसंख्या बढे तापनि २४ हजार चानचुन बढेर ६ लाख ६० हजार चानचुन हुनुपर्ने होइन र ? त्यसैले यस बारेमा भाषा विज्ञानका प्राडा दानराज रेग्मी, जस्तै प्राडा नोबलकिशोर राई !, प्राडा प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा भक्त राई !, …, प्राडा … ज्युहरुले जवाफ दिनैपर्ने हुन्छ । किनभने, तपाई हजुरहरु पक्कै पनि त्यत्तिकै प्राडा भएको त होइन होला ?
त्यसो त राई नेपालको कुनै जात वा जाति नभएर पद वा पगरी मात्रै हो भनेर डोरबहादुर विष्ट, जनकलाल शर्मा, सरदार भीमबहादुर पाँडे, शिवकुमार श्रेष्ठ, भूपध्वोज थोमरोस लगायत स्वदेशी लेखकहरु र, एडिन भ्यान्सिटार्ट, चाल्र्स म्याक्डग्लस लगायत धेरै विदेशी लेखकहरुले पनि प्रशस्तै लेखेका छन् । भलै नेपालका भाषा विज्ञानका प्राडा भनिने प्राडा दानराज रेग्मी, प्राडा नोवेल÷नोबलकिशोर राई !, प्राडा प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा …, प्राडा … हरुलाई थाहा नहुनु ! अर्कै कुरो हो ।
अन्तमा हालै मन्त्रिपरिषले सार्वजानिक गरेको तर, विसं २०७६/१०/०२ मै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजामणि पोखरेलको अध्यक्षतामा रहेको ‘राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद’ले नेपालको सरकारी स्कूलमा र संभवतः (सामुदायिक स्कूलहरुमा पनि) कक्षा १ देखि फेरि संस्कृत शिक्षालाई अनिवार्य लागू गर्न गरेको सिफारिसलाई आर्थिक वर्ष २०७६/०७७ (शैक्षिक सत्र २०७७/०७८) देखि लागू गर्न गरेको निर्णयलाई मातृभाषीहरुले के गर्ने ? विरोध गर्ने कि समर्थन ? कसैले केही बोलेका छैनन् । तर, हिमालय टाइम्स दैनिक (नेपाली भाषाको) ले भने, सम्पादकीय मार्फत अनिवार्य संस्कृत शिक्षालाई राम्रो भनेको छ, स्वागत गरेको छ । उसले संस्कृत भाषाको अनिवार्य पढाईबारे आफ्नो सम्पादकीयमा अरु विभिन्न उदाहरण र तर्कसहित जर्मनीमा १४ वटा संस्कृत भाषाको विश्वविद्यालय रहेको लगायत तथ्य–तथ्यांकहरु प्रस्तुत गरेको छ ।
तर, नेपालका मै हुँ भन्ने भाषाविद् वा भनौं भाषा विज्ञानका प्राडाहरुले भने, यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् । अथवा यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को जानकारीमा नरहेको हुन सक्छ । त्यसैले यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को विचारमा जसले जे भने तापनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा उल्लेख भएअनुसार १२३ भाषाभाषी रहेको नेपालमा तयसमाथि व्यवहारिक रुपमा कसैले पनि मातृभाषाको रुपमा नबोल्ने संस्कृत भाषालाई अनिवार्य गरिनु हुन्न । तर, कसैले संस्कृत भाषाको महत्व बुझेर र बजार हेरेर स्वेच्छाले संस्कृत शिक्षा लिन चाहन्छन् संस्कृत भाषा पढ्न चाहन्छन् भने, उसलाई सरकारले प्रोत्साहन गर्दा हुन्छ, तलब–भत्ता दिएरै पढाउँदा पनि हुन्छ । यसमा कसैको आपत्ति रहन हँदैन । तर, नेपालका बाँकी भाषाहरु क्े गर्ने नि ? प्रश्न त छँदैछ ।
तर, खै त हुँदै नभएको कथित् २८ वटा राई ! भाषाबारे कयौं पटक अन्टसन्ट लेख्ने–बोल्ने नेपालका भाषा विज्ञानका प्राडा भनिने प्राडा दानराज रेग्मी, प्राडा नोबलकिशोर राई !, प्राडा प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा भक्त राई, प्राडा …, प्राडा …, लगायत प्राडाहरु कहाँ गए ? उनीहरुले यो वेला किन आफ्नो मुख आफैले थुनेर बसेको ? अचम्मै भएको देखिन्छ । त्यसैले लु है, नेपालका भाषा विज्ञानका प्राडा भनिने प्राडा दानराज रेग्मी, प्राडा नोबलकिशोर राई !, प्राडा प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा भक्त राई, प्राडा …, प्राडा … ज्युहरु ‘मान्छे चिन्ने र खसी किन्ने’ नेपाली उखान चरितार्थ हुने वेला यही हो है ! त्यसैले खास समय आउँदा भाषा विज्ञानका प्राडा भनिने प्राडा दानराज रेग्मी, प्राडा नोबलकिशोर राई !, प्राडा प्राडा चतुरभक्त राई !, प्राडा तारामणि राई !, प्राडा भक्त राई, प्राडा …, प्राडा … ज्युहरुले १२३ भाषाभाषी रहेको नेपालमा त्यस माथि व्यवहारिक रुपमा कसैले पनि मातृभाषाको रुपमा समेत नबोल्ने संस्कृत भाषालाई अनिवार्य गरिनु हुन्छ कि हुन्न ? अनेक तर्क र कूतर्क गर्दै जबरजस्ती लाद्न हुन्छ कि हुन्न ? ‘दूधको दूध पानीको पानी’ छुट्याएर लेख्नु/बोल्नु पर्यो ! भन्ने यो ‘केहीनजान्ने कुलुङे ढाक्रे’को आग्रह छ ।
आज्ञे हजुरहरुको जो मर्जी, जो हुकुम !!!
(यो लेखकको निजी बिचार हो ) थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९ ,Email:- ninamkirat123@gmail.com



