–निनाम कुलुङ ‘मंगले’

हुन त ट्रम्प विश्वकै शक्तिशाली देश अमेरिकाको सर्वशक्तिमान ! राष्ट्रपति हुन् । त्यसैले पनि होला जाबो र सानो … हुनुका साथै अदृश्य (अझ साधारण आँखाले नदेखिने !) कोरोना भाइरस (कोभिड–१९) नामक रोगको महामारीले ट्रम्प महोदयलाई छुन सकेको छैन ! जाबो, सानो र अदृश्य नै भए तापनि कोरोना भाइरस (कोभिड–१९) नामक रोगको महामारीले ट्रम्प महोदयको जे कुरोमा पनि विश्वमा अमेरिका फस्र्ट ! हुनुपर्ने भन्ने भनाइ वा सिद्यान्तलाई मनन् गर्दै (कोभिड–१९) नामक महामारी रोगको भाइरसले कोरोनाबाट प्रभावित वा भनौं बिरामीहरु सबैभन्दा धेरै भएको देश भनी अमेरिकालाई चिनाई दिएको छ । तापनि कोरोनाबाट बच्नकै लागि भनेर ट्रम्प आपूmले ‘फेस मास्क’ भने नलगाउने बताएका छन् । यसरी हेर्दा जाबो, सानो र अदृश्य नै भए तापनि कोरोना भाइरस (कोभिड–१९) नामक रोगको महामारीले विश्वबाट विदा नलिएसम्म ट्रम्पको सपनाअनुसार अमेरिकालाई सँधै फस्र्ट ! नै बनाई रहने देखिन्छ ।

त्यसो त जाबो र सानो … हुनुका साथै अदृश्य (अझ साधारण आँखाले नदेखिने !) कोरोना भाइरस (कोभिड–१९) नामक रोगको महामारीले हालसम्म २०८ देशलाई गाँजेको छ भने, संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (काभिड–१९) लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी घोषण पनि गरेको छ । नोबेल कोरोनाभाइरस–२०१९ को जन्म चीनबाट सुरु भएको (हाल कोभिड–१९ भनी विश्वभरि प्रचलित नाम) र यो संक्रामक भाइरसले सुरु (लगभग एक महिनसम्म) मा चीनमा मात्रै असर गरेको थियो । तर, विस्तारै यो महामारी पैmलिएर विश्वको लगभग सबै देशमा फैलिएको अवस्था छ भने, विश्वका लगभग १२ लाख ८५ हजार २०० भन्दा बढी मानिसलाई बिरामी बनाएको छ । त्यस्तै विश्वका विभिन्न देशका ७० हजार ३०० हाराहारी मान्छेहरुले आप्mनो अमूल्य ज्यान गुमाएका छन् । साथै लगभग २ लाख ७१ हजारभन्दा बढी मान्छेहरु यो महामारीको उपचार गराएर र, पूर्ण रुपमा निको भएर घर फर्केका छन् । यो तथ्यांक सन् २०२०, अप्रिल ६, ग्रिनविच मिन टाइम (जिएमटी) ११ः१४ बजे सम्मको हो ।

वेला छँदै स्वदेशी तथा विदेशी सल्हाकार तथा अमेरिकी शुभ चिन्तकहरुको सही र तथ्यपरक सुझाव र सल्लाहलाई अमेरिकाले वेला छउञ्जेल नजरअन्दाज गर्दा (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वकै धेरै मान्छे बिरामी हुने देशमा दरिएको छ ।

सुरुमा चीनमा मात्रै (कोभिड–१९) को संक्रमण देखा पर्दा केही देशहरुले खुच्चिङ भने भैmँ गरेका थिए । तर, आज तिनै देशहरुलाई समेत (कोभिड–१९) को संक्रमणको भाइरसले बढी ग्रस्त बनाएको छ । उनीहरुकै देशको जनधनको बढी क्षति गराएको छ । जस्तो अमेरिकालाई नै हेरौं । (कोभिड–१९) को संक्रमणलाई सुरुमा अमेरिकाले केही होइन, आपैm सबै ठीकठाक हुँदै जान्छ ! भनेभैmँं गरेर बस्यो । अझ राष्ट्रपति ट्रम्पले त यसबारेमा प्रश्न गर्ने केही अमेरिकी पत्रकारहरु र अमेरिकाको नीति निर्माण तहमा बसेका वरिष्ठ कर्मचारीहरुलाई नै हप्काएका थिए । यसरी हेर्दा अरुलाई खाने बाघले आपूmलाई पनि खान सक्छ भन्ने हेक्का नराख्दा अहिले आएर अमेरिकाले (कोभिड–१९) भाइरसका कारण धनजनको धेरै ठूलो क्षति व्यहोर्दैछ । जस्तो कि आजका मितिसिम्म अमेरिकामा ३ लाख ३६ हजार ८०० भन्दा बढी मानिसहरु प्रभावित भएका छन् भने इटली १३ हजार १५५ र स्पेन ९ हजार ३८७ पछि बिरामीको मृत्यु हुने देशमा पनि अमेरिका ९ हजार ६२० सहित तेस्रो भइसकेको छ । तथ्यांक स्रोत वोल्र्डोमिटर ।
जबकि आजभन्दा ९/१० दिन अघिसम्म इटलीपछिको दोस्रो बढी प्रभावित देशको रुपमा थियो, अमेरिका ।  यसरी हेर्दा (कोभिड–१९) को संका्रमक भाइरसकोे महामारीले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी चेतावनी दिने चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीलाई मनन् गर्दै सुरुमै सचेतता र सजगता अपनाएको भए हाल आएर यो स्तरमा जनधनको क्षति व्यहोर्नुपर्ने थिएन । तर, उल्टै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाहरुले नै (कोभिड–१९) को संका्रमक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौ, होसियार गरौंं ! भनी चेतावनी वा भनौं सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका वरिष्ठ कर्मचारीहरुलाई उल्टै खिसी–टिउरी मात्रै गरेनन् हप्काउन समेत पछि परेनन् । कतिसम्म भने यसरी चेतावनी वा भनौं सुझाव दिने आप्mनै देशका डाक्टर लगायत विशेषज्ञहरुलाई समेत अमेरिका विरोधी वा भनौं राष्ट्रपति ट्रम्पको विरोधीको बिल्ला भिराउनेतर्पm अग्रसर भएका थिए । वेला छँदै स्वदेशी तथा विदेशी सल्हाकार तथा अमेरिकी शुभ चिन्तकहरुको सही र तथ्यपरक सुझाव र सल्लाहलाई अमेरिकाले वेला छउञ्जेल नजरअन्दाज गर्दा (कोभिड–१९) को संक्रामक भाइरसका कारण विश्वकै धेरै मान्छे बिरामी हुने देशमा दरिएको छ ।

त्यसैले, हेरौं त आज ! कहाँ कोरोना, कहाँ ट्रम्प ! अनि विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरु कोही छैन !’ भन्ने अमेरिकाको घमण्ड ! जाबो एउटा सानो र अदृश्य कोरोना भाइरस (कोभिड–१९) नामक रोगको महामारीको भाइरसले तोडेको छ । उस्तै परे अबको केही दिन वा केही हप्तापछि (कोभिड–१९) को संक्रामक भाइरसका कारण मानवीय क्षति व्यहोर्ने (बिरामी मर्ने) देशमा पनि अमेरिका नै फस्र्ट ! अर्थात् पहिलो हुने अवस्था आउन सक्छ । किनभने, यसको संकेत गत मार्च ३ मै अमेरिकाका भाइरल रोग विज्ञ डाक्टर एन्थोनी फाउचले गरी सकेका छन् । उनले त्यो वेलै अमेरिका वेला छँदै सचेत भएन भने, (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख अमेरिकीहरु प्रभावित वा बिरामी हुन सक्ने बताई सकेका थिए ।