कोरोनाको कहरः कसलाई छ र घरभित्रै गुम्सिएर बस्ने रहर !
–निनाम कुलुङ ‘मंगले’
हो आज लभगभग साढे ३ महिनाभन्दा बढी भएको छ, चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन सुरु भएको ‘नोबेल कोरोनाभाइरस ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९)’ नामक संक्रामक भाइरसले टाउको उठाएको । ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९)’ नामक संक्रामक भाइरसले टाउको उठाएकको लगभग एक/डेढ महिनामै संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरेको थियो ।
हुन पनि हालैको ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्र संघमा आवद्व भएका १९५ र अन्य गरी विश्वका रहेका भनिएका २२० वटा देशमध्ये २०९ वटा देशमा (कोभिड–१९) को महामारी भाइरसको संक्रमण फैलनलिसकेको छ भने, हालसम्म विश्वका विभिन्न देशका लगभग १ लाख ३ हजार ७३ जनाले आप्mनो अमूल्य ज्यान गुमाएका छन् । त्यस्तै ३ लाख २३ हजार ९ सय ४२ जना व्यक्तिहरु पूर्ण रुपमा निको भएर/उपचार गराएर आ–आफ्नो घर फर्की सकेका छन् । हालसम्मको तथ्यांक हेर्दा (कोभिड–१९) का कारण संक्रमित १६ लाख ३१ हजार ८ सय चानचुन बिरामीको तुलनामा (कोभिड–१९) रोगले ग्रस्त वा प्रभावित भएका तर, पूर्ण रुपमा निको भएर/उपचार गराएर आ–आफ्नो घर फर्केकाहरुको संख्या धेरै नै कम हो भन्न सकिन्छ । हुन पनि हालको केही दिनदेखि (कोभिड–१९) को संक्रमणले आक्रमण गरेपछि उपचार गरेर पूर्ण रुपमा निको भएकाहरुभन्दा सिकिस्त बिरामी भएकाहरुको संख्या केही बढ्दै गएको छ ।
त्यसो त सुरुमा चीनमा मात्रै नोबेल कोरोनाभाइरस डिजिज–१९/कोभिड–१९ रोग पैmलदा केही देशले खुच्चिङ भने झै गरेका थिए । तर, आज तिनै देशहरुलाई समेत कोरोनाभाइरस डिजिज–१९/कोभिड–१९ रोगले ग्रस्त बनाएको छ । तर, केही देशले भने, वेलैमा आफ्नो देशमा (नोबेल कोरोनाभाइरस डिजिज–१९÷कोभिड–१९) रोग होस्, कि नहोस्, भविश्वलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले उनीहरुलाई सताएको छैन । यस्तो देशमा खास गरी सिंगापुर पर्छ । जसले वेला छँदै र नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९ रोगको संक्रमण आप्mनो देशमा फैललिनुभन्दा अघि नै पाइला चालीहालेको गर्दा पर्यटकीय र व्यापारिक देश भएर पनि आफ्नो देशमा ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९ रोग’को संक्रमणले टाउको उठाउन पाएन । सुरुमा चीनमा मात्रै देखा पर्दा खास कसैले चासो नदिएको ‘नोबेल कोरोना भाइरस डिजिज–१९ अर्थात् कोभिड–१९’ रोगको संक्रमणले अहिले १ सय ९३ देशमा आफ्नो फै लावट देखाएको छ ।
मर्नदेखि कसलाई डर नलाग्दो हो र ? त्यसमाथि हामी नेपालीहरु ! त्यसैले नेपालको केन्द्रीय राजधानी काठमान्डौबाट लकडाउन अघि नै लभगभग ६ लाख मानिसहरु आ–आप्mनो थातथलो लागिसकेका थिए भने, भारतीय सीमा नाकाबाट पनि त्यही ताका डेढ लाखभन्दा बढी नेपालीहरु भित्रिएका थिए । लाग्छ, ती मानिसहरुले कोरोनाको कहर र संक्रामक भाइरसबाट बच्नका लागि गाउँ नै सुरक्षित हुन्छ ! भन्ठानेर गाउँ लागेका हुन् !! त्यसो त हामी नेपालीहरु जत्ति नै अज्ञानी र अल्पज्ञानी भए तापनि हामी नेपालीहरु आपूmलाई सर्वज्ञ र सर्वज्ञानी ठान्नुपर्र्ने !!! त्यसैले त केही व्यक्तिहरुले फलानो हस्पिटलले भनेको .. जनालाई … लागेको छ अरे, फलानो नर्सिङ होमले भनेको यत्ति जनालाई … अरे ! भन्दै भूmटो र कपोल–कल्पित म्यासेज वा भनौं सूचना संप्रेषण गरेका थिए । अझ केही आयातित धर्मका ठेकेदारहरु त आप्mनो धर्म (क्रिश्चियन) अपनाएमा ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९ (कोभिड–१९) को महामारीले छँुदैन वा भनौं आक्रमण गर्दैन ! भन्दै भ्रम फैलाएका थिए । तर, विचरा ती धर्मभीरु साँच्चै अज्ञानी, अल्पज्ञानी वा भनौं छिपछिपे ज्ञानको … रहेछन् । नत्र भने, अमेरिका, इटली, फ्रान्स, जर्मनी, अष्ट्रिया, नेदरल्यान्ड, अष्ट्रेलिया लगायत देशहरुमा कुन धर्म मान्छन् ? भन्नेसम्म त उनले थाहा पाउनुपर्ने हो !? तर, समाजमा त्यस्तो नचाहिँदो अफवाह फैलाउने मान्छेहरुलाई सरकारले वेला छँदै पक्डेर कारबाही गरेको छ ।
नेपाल सरकारले यो पंक्तिकारलाई ठूलै अपराध गरेको नठानेमा एउटा कुरा त म आपूmले पनि लेख्नैपर्ने देख्छु । त्यो के भने, लकडाउन ताका सिंगापुर, थाईल्यान्ड, भारत, चीन, कोरिया लगायत देशबाट आएका हजारौं हवाई यात्रुहरु र नेपाल–भारत सीमाबाट अनियन्त्रित ढंगले नेपाल छिरेका लगभग डेढ लाख नेपालीहरुले ‘कोरोनाभाइरस’ नामक संक्रामक भाइरसको संक्रमण लिएर आएका छैनन् भन्ने के ग्यारेन्टी छ, सरकार ? ती मध्ये अभैm कति मान्छेहरु सहरबजार र गाउँघरमा भूमिगत छन् (धुईँपत्ताल खोज्दा पनि भेटिएको छैन ! भनने समाचार आएको छ ।) नभन्दै नेपालको सुदूरपश्चिममा ‘स्टेज–२’ को अवस्था सुरु भइसकेको छ । त्यहाँ विदेशबाट आएका व्यक्तिले आफन्तलाई ‘कोरोनाभाइरसको पोजिटिभ’ सारेको हो । कतै थाहै नपाई ‘स्टेज–३’ मा गएमा हाम्रो देशको हालत के होला सरकार ? तर, कामना गरौं, त्यस्तो अवस्था नेपालमा नआओस् । हुन पनि गत चैत ४ गते फ्रान्सबाट आएकी श्रेष्ठ थरकी १९ वर्षीय युवती (महिला) ले ‘कोरोनाभाइरस पोजिटिभ’ छ÷छैन ? जचाउँन आपैm गएकी थिईन । किनभने, उनी फ्रान्सबाट आएकी थिईन । मुख्य कुरो उनमा चेतना थियो । त्यसैले विमानमा सँगै बसेर यात्रा गरेको यात्री साथी (भियतनामी) लाई उनले सोधखोज गरिन्, आप्mनो बारेमा पनि बताईन । ती यात्री साथीलाई पनि उनको अवस्था बारे सोधिन् । नभन्दै भियतनामी साथीलाई ‘कोरोनाभाइरसको पोजिटिभ’ भएको पाउने बित्तिकै उनी पनि काठमाण्डौस्थित टेकुमा रहेको सरुवारोग अस्पतालमा जचाउँन पुगिन । स्मरणीय छ, उनी नेपालमा ‘कोरोनाभाइरस पोजिटिभ’ देखिएको दोस्रो व्यक्ति थिईन् । त्यसअघि चीनबाट आएका यात्रुमा ‘कोरोनाभाइरसको पोजिटिभ’ देखिएको थियो । त्यस्तै हालसम्म नेपालमा जम्मा ९ जनालाई मात्रै ‘कोरोनाभाइरसको पोजिटिभ’ भएको सरकारी तथ्यांक छ । जुन हामी नेपालीहरुका लागि धेरै राम्रो समाचार हो ।
हामी नेपालीहरु जत्ति नै अज्ञानी, अल्पज्ञानी र छिपछिपे ज्ञान मात्रै भए तापनि आफु लाई सर्वज्ञ, सर्वज्ञानी र अति जान्ने सुन्ने (अजासु) ठान्नुपर्र्ने ! भएरै होला वा खेलाचीँ ठानेर पनि होला, अझै पनि सडक–गल्ली र भीडभाडमा जताभावी हिँड्न खोज्दै छौं वा भनौं हिँडिरहेका छौं । फलतः आज लकडाउन भएको १९ औं दिनमा पनि लकडाउन उल्लंघन गरेर जताभावी हिँडेका कयौं मान्छेहरुलाई प्रहरीले समातेको समाचार सुन्नु परीरहेको छ । हाम्रो देशको विडम्वना … !
नोबेल कोरोनाभाइरस–२०१९ (कोभिड–१९) को सुरु कथाः
जे होस्, यो महामारी रोग सुरुमा कहाँबाट र कसरी फैलन सुरु भयो त ? भन्ने सन्दर्भमा छोटो चर्चा गरौं । चिनियाँ डाक्टर तथा लेखक प्रा.डा. वाङ चुङले कोरोनाभाइरसबारे लेखेको लेख सहयोगी रातोपाटी अनलाइनले २ फागुन, २०७६ मा प्रकाशित गरेको थियो । उनले आफ्नो सो लेखमा उल्लेख गरेअनुसार, सन् २०१९ को डिसेम्बर–२६ मा ‘शांघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टर’को वैज्ञानिक अनुसधान परियोजनाले ऊहान सहरीया केन्द्रीय अस्पताल तथा ऊहान रोग नियन्त्रण र रोग रोकथाम केन्द्रबाट पठाइएको अस्पस्ट कारणले ज्वरो लागेको बिरामीको नमुना संकलन गरेको थियो । डिसेम्बर २६ मै हुबेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पताल अन्तर्गत श्वासप्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जि सियनले आफ्नो बिरामीहरुलाई उपचार गराउने क्रममा ४ जना असामान्य निमोनिया लागेका विरामी भेटे । यसरी ‘कोरोनाभाइरस निमोनिया’को प्रकोप आकस्मिक रुपमा सुरु भयो । जसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस’ (एनसीपी) नाम दिइयो भने, हाल ‘कोरोनाभाइरस डिजिज–२०१९’ को छोटकरी नाम (कोभिड–१९) ले चिनिन्छ ।
ninamkirat123@gmail.com



