दिनहुँ पत्रिकामा अशुभ समचार देखेर दिक्कलाग्छ
सत्तामा पुगेकाे देश लुट्ने गद्दार देखेर दिक्कलाग्छ !

हजाराैं जनताकाे अाहुतिकाे खै क्षमा याचना सम्बाेधन
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ!!

क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात जन्माउनुछ
अन्यायको प्रतिरोध गर्दै लड्ने साथ जन्माउनुछ!!!

सजिलै त कहाँ आउँछ ? आमुल परिवर्तन देशमा
गरिबी मुक्तिको लागि कहालीलाग्दो रात जन्माउनुछ !!!

गाउँ बेशी जुर्मुराउँदै उठौं देश प्रेमी सारा
सङ्घीय राज्यको बिरुद्धमा लगाउँदै नारा!!!

अभिभारा बोकौ देशको नयाँ रच्न इतिहास
एकतानै हो हतियार चाहिँदैन खुकुरी आर !!!

सुर्य नाछिरिङ राई , २३ चैत्र ०७६, बसुन्धारा,  काठमाण्डौ ।

सजिलै त कहाँ आउँछ ? ‘गजल’- सुर्य नाछिरिङ राई