कबी तथा गितकार- गौतम सागर राई

बोल्दा बोल्दै बसेछ माया तर किन थाहै भएन

तिम्रो आखाँमा , बदल बनी छाउन मनै लागेन

 

आखाँले देखे पछी ,मनले चाहे पछी त माया

त्यसैले त देख्छु तिमी जस्तै मेरो आफ्नै छाँया

जती ढाटु आफैलाई तर कही यो मनलै मान्दैन

बोल्दा बोल्दै बसेछ माया तर किन थाहै भएन ।

 

जिउने हामिले हो ,दुनियाले त जे सुकै भनुन्

आफ्नो-आफ्नो संसार हुन्छ, त्यही खुशी हुन

धेरै कुरा साटिएछ ,बाँकी अब केहि पनि रहेन

बोल्दा बोल्दै बसेछ माया तर किन थाहै भएन ।

कोलोराडो अमेरिका ।