कविता – “हिउँ”
मुन्धुमस्टार
कवि- गौतम सागर राई
धेरैले गाए हिउँका गीत धेरैले लेखे हिउँका कविता धेरैले चढे हिउँको शिखर। हिउँकै साँघु तरेर पसे धेरै बटुवाहरु मुग्लान गाँसे मित्तेरी साइनो हिमाल पारी हिमाल वारी तर हिउँले कहिलै कसैलाई भनेन म जस्तै अग्लो शिखर भएर उभिरहनु । बरु ! गुराँस संगै पहाडको छाती भरी सेताम्य फुलिरहे लेकका पाखाभरी तिते फापरका सेतो फूलहरु संग सुसाउदै बतासहरु संग फुलिरहे कसैको घरको आगन भरी कसैको बाटो भरी सपना , रहर बनेर फुलिरहयो हिउँ गुनासो गर्दैन हिउँ पगाली जाने घाँम संग , मौसम र समय संग र भन्दैन हिउँ कसैलाई पनि म जस्तै अग्लो शिखर भएर उभिरहनु । कोलोराडो अमेरिका ।”



