काठमाडौं । पहिलो सेटमा २५–१७ को हार । तर दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२४ र २५–२१ को जित । पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको नेपाली महिला टोली स्वर्ण पदक नजिक थियो ।
चौथो सेटमा पनि राम्रो प्रद’र्शन गरेको थियो । तर उसले २५–२० ले भारत विजयी भयो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलको अन्तिम सेट पनि भारतले जितेपछि सागमा स्वर्ण जित्ने महिला भलिबल खेलाडीहरुको सपना टु’ट्यो ।
कप्तान अरुणा शाहीदेखि सबै खेलाडीहरुले आफूलाई सम्हाल्न सकेनन्, आँसु लुकाउन सकेनन् । यद्यपि सागमा महिला भलिबल टिमले पहिलो पटक रजत पदक जित्दै इतिहास रचेको छ ।
भिडियो हेर्नुस
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
