कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका -३ पाउँदुरकोट मा ३१ बर्ष अगाडी बुवा खड्ग बहादुर गुरुङ र आमा मैता कुमारी गुरुङको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएकी समाजसेबी एवम फोटो पत्रकार सरीता गुरुङ हाम्रो नेपाली समाजमा एउटा प्रतिनिधि पात्र हुन ।

उनि आटी र आफ्नो कुरा प्रष्ट राख्न सक्ने खुबी भएकोले होला सबैको प्रिय छिन ।अहिले सम्म ४० भन्दा बढीलाई समाज सेवा गरी सकेकी छिन भने अफ्ठ्यारोमा परेकाहरुलाई दुखीहरुलाई सेवा गर्नु पर्छ भन्ने प्रेरणा आफ्नै आमाबाट पाएको बताउछिन । जिन्दगी के हो ? भनेर सोध्दा उनि मलिन मुहार बनाउदै भन्छिन संघर्षको प्रतिबिम्ब हो ।

उनको चम्किलो आखाँभरी देखिन्छ धेरै संघर्षका पाइलाहरु अनि थुप्रै रहर बाध्यता लाई कुल्चेर केही गर्नु पर्छ भन्ने हिमत छ उनि संग,  बिगत केहि बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहर बस्दै आउनु भएकी गुरुङ ब्यास्त समयलाई ब्याबस्थापन गरेर अब सरिता गुरुङ फाउन्डेसनबाट नै अझै धेरै सहयोग गर्ने योजना बताउछिन ।