संङ्गितकार आश कुमार राईको संङ्गितमा अर्को नयाँ गित सार्बजनिक
युबा संङ्गितकार आश कुमार राईको सङ्गीत, गितकार सुबास कोईरालाको मार्मिक शब्द र चिरपरिचित गायक राज सिग्देलको मीठो आवाजमा एउटा नयाँ गित आज सार्बजनिक भएको छ।
गजल बिधा अन्तर्गत बनेको उक्त मीठो गितमा वरिष्ठ एरेन्जर लाहाङ सुब्बाको मीठो एरेन्ज रहेको र स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको यो गित लाई पुर्बेली जुनतारा म्युजिक प्रालिले आफ्नो आधिकारीक अफिसियल युट्युब च्यानलबाट आज सार्बजनिक गरेको हो।
प्रीयजन राईको क्यामेरा तथा परिकल्पनामा स्टुडियो सुट भएको र उक्त गितको एडिटिङ मनिस कार्किले गरेका हुन। उक्त गितको शब्द, सङ्गीत, स्वर र एरेन्ज सबैमा भरपुर मेहनत गरेको र सबै राम्रो पक्षहरुको सम्योजन ठिक ढंङ्गले भएकै कारण एउटा मीठो गित बनेको छ त्यसैले यो गितलाई श्रोताहरुले मनपराई दिने कुरामा आफुहरु आशाबादी रहेको कुरा संङ्गितकार आश कुमार राईले मुन्धुमस्टार डटकमलाई बताए।



