टन्सिल के हो ? यसको लक्षण र बच्ने उपाय
चिकित्सकहरुले टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने बताएका छन् । नाककान घाँटी रोग विशेषज्ञ डा. ढुन्डिराज पौडेलले ‘टन्सिलाइटिज’ नाम सुन्दा एकदम सामान्य रोग जस्तो लागे पनि ब्याक्टेरियाबाट हुने बताए । “प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए पनि केहीलाई भने एन्टिबायोटिक्स कै जरुरत पर्छ,” उनले भने “टन्सिलाइटिजको समस्या एक पटक देखिएर निको भए पनि बारम्बार बल्झिरहन सक्ने खतरा बढी हुन्छ ।”
मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने ‘टन्सिल’ नामक ग्रन्थीको संक्रमण नै ‘टन्सिलाइटिज’ हो । मुख भित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुनुका साथै पिप समेत जम्ने हुन्छ । यसको संक्रमणले घाँटीको भित्रितह सम्म पुग्न सक्छ, जसले ज्यानै लिन पनि सक्छ । त्यस्तो समस्या आउन नदिन समयमा नै उपचार गनुपर्ने उनले बताए ।
टन्सिलका लक्षण !
घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
घाँटीमा गिर्खाहरु ठूलो हुने ।
श्वास गन्हाउने ।
शरीर गल्ने ,घाँटीमा अप्ठ्यारो हुने ।
सय डिग्री भन्दा बढीको ज्वरो आउने ।
बच्ने उपाय !
चिया वा कागती पानीमा मह मिसाएर खान दिने ।
प्रशस्त आराम गर्ने र प्रशस्त पानी पिउने ।
मनतातो पानीमा नुन हालेर दिनमा चारदेखि पाँचपटक कुल्ला गर्ने ।
झोलिलो खानेकुरा मात्र खाने ।
चिल्लो र पिरो खान नदिने ।
धुम्रपानको धुवाँ र अन्य धुवाँधुलोबाट टाढा बस्ने ।
अझ दुख्ने समस्या निको नभएमा तुरुन्तै नाक, कान, घाँटी रोग विशेषज्ञसँग
उपचारका लागि जाने ।



