भूपाल राईको गीति-संग्रह ‘सेवान्ने जिन्दगी’को लोकार्पण शनिबार हुने
शान्ती सङ्घर्ष
बरिष्ठ कवि तथा गीतकार आदरणिय भुपाल राईको नव गीति संग्रह “सेवान्ने जीन्दगी” विमोचन यही भदौ ७ गते शनिबार हुँदैछ । मण्डला थिटरमा दिउसो १ बजे हुँदैछ भने यस कार्यक्रमा हाङयुत अज्ञात, कैलाश राई र उज्जवल प्रसाई बक्ता रहेको छन ।
श्रदेय भुपाल राईलाई बिगत ४ दशक देखी नेपाली समाजमा साहित्य सिर्जना दिइरहेको छन । नयाँ गीति संग्रहले नेपाली गीति साहित्यको क्षेत्रमा फेरी नयाँ चोमोलुङमाको शिखर झै आयाम थप्ने देखिन्छ ।
भूपाल राईको गित र संङ्गितमा आफ्नो अस्तित्व, अधिकार, आफ्नो मुक्तिको एजेण्डा अनि आफ्नो सभ्यता र प्रेम सबैलाई शब्द अनि आफ्नो ओर्जिनल लयमा उन्न खप्पिस हाम्रा अग्रज पुस्ताका साहित्यिक धरोहर तथा पहिचान र बर्गिय मुक्तिको अभियानता हुन भूपाल राई ।
भूपाल राई कवि, गीतकार, लेखक र सम्पादक हुन् । उनले आफ्नो लेखकबाट सीमान्तकृत जनताको अधिकारका लागि आवाज उठाए । राईका लेखहरूमा किराती व्यक्ति र उनीहरूको संस्कृतिको जैविक सार र मुन्धुमी दर्शन पाइन्छ । राईको लेखकमा आदिवासीहरुको दर्शन, मार्क्सवादी दर्शन र सामाजिक सांस्कृतिक व्यावहारिकताको गहिरो मिश्रण रहेकोछ ।



