-सुमन बाङदेल

काठमाडौँ। किरातीहरुकाे उत्पतिको मुन्दुममा निक्कै लोकप्रिय मिथक तायामा, खियामा र हेत्छाकुप्पाको कथा भन्ने गीत ‘नाना तायामा’ सार्वजनिक भएकाे छ ।

साँढे छ मिनेटको गीतमा दुई चेलीहरु तायामा र खियामा अनि एक माइती हेत्छाकुप्पाको चेलिमाइतीको सम्वन्ध, प्रेम र विछोडको भोगाईलाई सवादकै रुप दिएर गीतकार भुपाल राईले शव्दमा उतारेका हुन्।

निर्देशक युवराज राई ‘वीरबहादुर’ले किराती मुन्दुम र पहिचान झल्काउने विम्व, प्रतिबिम्वहरु र  किरात सौन्दर्यलाई गीतमा प्रयोग गर्न सकेका छन्।

संगीतकार दिनेश सुब्बाले किराती धुनहरुसहितको संगीत भरेका छन्। गीतमा स्वर रुपकुमार राई र राधा राईले दिएका छन्।  एरेञ्ज चाँद सिंहले गरेका छन्।

दिनेश माङ्ग्वोको कोरियोग्राफीमा बनेको गीतमा सेसुका राई, अस्मिता राई र रामदीप राईले तायामा, खियामा र हेत्छाकुप्पाको भूमिकामा अभिनय गरेका छन्।