‘साईली’ को अपार सफलता पश्चात गायक हेमन्त रानाको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ ।
गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।
भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् ।
हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् ।
यसै भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
