मुन्धुम्स्टारडटकम​-

काठमाडौँ – किराँती समुदायका पूर्वजहरूको ऐतिहासिक योगदान र सांस्कृतिक विरासतलाई सम्मान गर्दै एउटा नयाँ गीत “सिकुरीम्मा हेत्छाकुप्पा” सार्वजनिक भएको छ। यस गीतले किराँती आदिम पूर्वजहरूबाट सुरु भएको कृषि युग, घर निर्माण, र साकेला नाचको मिथकीय इतिहासलाई स्वर दिएको छ।

गीतका लेखिका सुशीला राई हुन् भने स्वर मन्मबी राई र कुमार प्रयाश राईले दिएका छन्। गीतको संगीत आश कुमार राईले तयार पारेका हुन् भने रेकर्डिङ्ग काठमाडौँस्थित स्टुडियो किङ्मा सम्पन्न भएको हो।

यस गीतलाई आधुनिक डिजिटल युगमा पनि आफ्नो मूल संस्कृति र पूर्वजहरूप्रतिको श्रद्धा जागिर राख्ने एउटा सांस्कृतिक प्रयासको रूपमा प्रस्तुत गरिएको छ। गीत निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै व्यक्ति र संस्थाहरूप्रति लेखिका र सांगीतिक दलले आभार व्यक्त गरेका छन्।

“सिकुरीम्मा हेत्छाकुप्पा” गीतले सांस्कृतिक मूल्यलाई संगीतको माध्यमबाट अर्को पुस्तासम्म पुर्याउने एक सार्थक प्रयास हो। यसबाट किराँती समुदायका साथै नेपाली सांस्कृतिक विविधताप्रति चासो राख्ने श्रोताहरूले पनि आफ्नो जडतासँग जोडिने अवसर पाउने अपेक्षा छ।