मुन्धुमस्टार डटकम​- बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा सन्दीप लामिछानेसहित नेपालका पाँच खेलाडी सूचीकृत भएका छन।

सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी, आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा सूचीकृत भएका छन्। यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन।