Logo

रामप्रसादराई गापा ३ का जनप्रीय वडा अध्यक्ष मगरले के कस्ता कामहरु गरिरहेका छन त ?


 

           अनिल किराती -भोजपुर​

मुन्धुमस्टार डटकम​- पछिल्लो स्थानिय निर्बाचन मार्फत दोश्रो कार्यकालका लागि निर्बाचित रामप्रसादराई गाउँपालिका वडा नं ३ को वडा अध्यक्ष हुन रामु थापा मगर। जनतामाझ लोकप्रीय मगर, आज शनिबार छुट्टिको दिन हो पनि नभनिकन जनताको आवस्यकतामा दैनिक उपस्थित भएर जनताको काम गरिरहेका हुन्छन।

शिक्षा र स्वास्थ्यलाई प्रमुख स्थानमा राखेर काम गरिरहेका अध्यक्ष मगरले, सडकलाई पनि उत्तिकै महत्त्वको साथ योजनाबद्द तरिकाले काम अगाडि बढाई रहेका छन। हिउँद वर्षा गाडी चल्ने गरि सडक मर्मत संभार गरेर आफ्नो क्षेत्रमा सवारि आवगमनमा सहज बनाई आफ्ना जनताहरुलाई सकेसम्म सेवासुबिधाको अवसर निर्माण गरिरहेका छन। सँधै वडाको लेटर प्याड र छाप झोलामा नछुटाई बोकेर हिड्ने, अध्यक्ष मगर, जनताको काममा कहिलेपनी असहज तथा झमेला नहोस भन्ने कुरामा सजक भएर सकेसम्म असल जनप्रतिनिधिको काम गर्दै संविधान अनुरुप जनताको मौलिक अधिकारहरुलाई सुनिस्चित गर्दै गाँस,बाँस, कपास, लगायत खानेपानी लगायतको आवस्यकताहरु परिपुर्ति गर्न  तल्लिन छन।

अध्यक्ष मगर निर्वाचित भएर आए पछि, वहाँले धेरै राम्रा राम्रा कामहरु गर्नु भएको छ। आफ्ना क्षेत्रका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण देखि वडा नं ३ भरी स्वच्छ खानेपानीको कार्यक्रम अनुसार पानी छान्ने फिल्टर सम्म वितरण गर्नु भयो। साथै आफ्नो क्षेत्रको आवस्यकतालाई मध्यनजर गर्दै एक घर एक धाराको अवधारणा बनाएर उक्त कार्यक्रममा लागिपरेका छन। आफ्नो कार्यकाल भरिमा उत्पादन र आत्मानिर्भरताको निम्ति जनताले बीउ, मल जस्ता अति आवस्यक बस्तुहरुमा जनताले झमेला बेहोर्नु नपरोस भन्ने हेतुले त्यहिँ स्तरको योजनमा काम गरिरहनु भएको पाईन्छ। जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै अध्यक्ष मगरकै पहलमा पञ्चकन्या दाग्बुङ पदमार्ग अन्तर्गत पञ्चकन्या उच्चमाध्यमिक विद्यालय बाट सहिद गेट ओख्रे सम्म जोडिएको हो।  र हाल त्यो दाग्बुङ पद मार्ग संङ जोडिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्बाचित वडा अध्यक्ष मगर हरेक समय जनताकै काम र हरेक काममा जनतासंङ्गै हुन्छन। र उनी जनप्रीय छन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्