सँधै जनताको सेवामा समर्पित लोकप्रिय जनप्रतिनिधि “बाबू कुमार राई”
मुन्धुमस्टार डटकम- गत स्थानिय निर्बाचनमा भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं ४ दलगाऊँको वडा अध्यक्षमा निर्बाचित जनप्रतिनिधि हुन, बाबू कुमार राई, जनताहरुको समस्यालाई सँधै पहिलो प्रथमिकतामा राखेर उनि आफ्नो कर्तब्य पर्ति सँधै तल्लिन रहन्छन। लामो शिक्षण पेशा पस्चात, जनताको सेवा गर्ने बिष्वासका साथ राजनितिमा प्रबेश गरेका अध्यक्ष राई जनताको समस्या जतिसक्दो चाँडो हल गर्नको निम्ति वडाको लेटरप्याड छाप लगायतका आवस्यक सामाग्रिहरु आफुसंङ्गै झोलामा बोकेर हिँड्छन, सानो सानो समस्या बोकेर सेवाग्राहिहरुले वडा कार्यलय नै पुग्नु पर्दैन, हिँड्दा हिँड्दै, मेलापात, हाटबजार जहाँबाट जसरि सहज हुन्छ त्यसैगरि जनताले वडाबाट पाउनु पर्ने जुनसुकै सेवा जुनसुकै बेला सहज रुपले उनले दीईरहेका हुन्छन्।
उत्पादन नै आत्मानिर्भरताको मजबुद जग हो भन्ने बिष्वासका साथ बिभिन्न कारेक्रमहरु बनाउँदै जनता स्ँङ्गै अगाडि बढिरहेका अध्यक्ष राई प्रभाबकारि कृषि उत्पादनको निम्ति उन्नत बिउबिजन र मल ब्याबस्थापनको लागि संबन्धित निकायमा पुगेर पहल गरिरहेको हुन्छन। बिदेशिन बाँकिरहेका आफ्ना जनताहरुस्ँङ्ग कृषि कर्ममा लागेर आत्मानिर्भर अर्थतन्त्रको निर्माण गर्नु पर्छ, आफ्नो देश र समाजमा अडिएर बाँच्न सिक्नु पर्छ। भन्दै अभिभावकिय भुमिका खेलिरहेको अवस्थामा भेटीन्छन।
एमाओबादि पार्टीबाट निर्बाचित जनप्रिय वडाध्यक्षले वडाको सर्बाङ्गिन बिकाशको निम्ति भौतिक संरचनादेखि शिक्षा, स्वास्थ्य रोजगारि जस्ता महत्वपुर्ण कुराहरुमा पनि पहलकदमि लिँदै नयाँ-नयाँ योजनाहरु अगाडी बढाई रहेका छन र आगामि दिनमा अझ प्रभाबकारि र परिणाममुखि कार्य योजना बनाएर जनहितको लागि ईमान्दारिता पुर्बक काम गगरेर आफ्नो ड्युटि पुरा गर्दै आफ्नो कार्यकाल पुरागर्ने अध्यक्ष राईको बिस्वास छ। असल जनप्रतिनिधिको खडेरि लागेको यो समय, साँच्चै एक असल जनप्रतिनिधिहरुले आफ्नो ड्युटी कसरि पुरा गर्नु पर्दछ ? भन्ने एउटा जटील बन्दै गरेको सवालको जबर्जस्त उदाहरणको रुपमा भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं ४ दलगाऊँको लोकप्रिय वडा अध्यक्ष बाबू कुमार राई लाई पेस गर्न सकिन्छ।