जिन्दगी साकेला हो, बोलको गीत सार्बजनिक
मुन्धुमस्टार डटकम- जिन्दगी साकेला हो, बोलरहेको गीतको स्टुडियो भिडियो आज सार्बजनिक भएको छ।
कवि तथा साहित्यकार खुक्सङ खम्बु राईको शब्द, आशकुमार राईको संङ्गित, सुरज मादेन लिम्बू र प्रवृत्ति राईको स्वर रहेको यो गीतलाई Janam Thulung Memorial Foundation युट्युब च्यानल मार्फत आज सार्बजानिक गरिएको हो।
किराती समुदायको महत्त्वपूर्ण र उत्सबमय चाडको समय सुरु हुदैगर्दा सार्बजानिक गरिएको यो गीतको एरेन्ज लाहाङ सुब्बाले गरेका छन भने मिक्सिङ तथा मास्टरिङ साउण्ड ईन्जिनियर गोबिन्द सोनिले गरेका हुन।
किरात सभ्यताले निर्माण गरेको सामाजिक, साँस्कृतिक तथा बैचारिक मुल्यहरुलाई हामिले कसरी हेर्ने ? कसरी बुझ्ने ? र कसरी थाहापाउने ? भन्ने प्राज्ञिक दृष्टिकोणबाट लेखिएको यो गीतको स्टुडियो भर्सनको भिडियोलाई युवराज राई “बिरबहादुर”ले छायांकन तथा निर्देशन गरेका हुन भने भिडियो संपादन श्याम कुँवरले गरेका हुन र यस गितलाई सिलिचुङ फ्लिमस प्रालिले निर्माण गरेको हो।
स्टुडियो किङमा रेकर्डिष्ट सुरेस राई/मनोज साम्सोन राइले रेकर्ड गरेको यस गीतलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले बैचारिक, राजनितिक, सामाजिक र साँस्कृतिक पुनर्जागरणको अभियानमा लागेका आम किराती समुदाय लगायत सहअस्तित्वको निर्बिकल्प बाटोमा हिँडिरहेका अनि हिँड्न सचेत गराईरहेका सचेत आम मानिसहरुले यो गीतलाई मनपराई दिने साथै सामाजिक स्तरमा पनि यस गीतले समजको समाजिक तथा बैचारिक पाटा पक्षमा सकारात्मक प्रभाब पार्ने कुरामा आफुहरु बिस्वस्त रहेको कुरा गीत निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।
गीतको लिङ्क तल….