गोपाल किरातीको रिहाईको माग गर्दै देशभक्त समाजबादी मोर्चाले बिज्ञप्ति निकाल्यो
मुन्धुमस्टार डटकम- गत मंसिर २५ गत्ते पहिचानको आन्दोलनको क्रममा देशभक्त समाजबादी मोर्चाको अध्यक्ष तथा पुर्ब मन्त्री गोपाल किराती “साईला” पक्राउ परेपछि आज मोर्चाले बिज्ञपति निकालेको छ।
मोर्चाका संरक्षक रमेश सुनुवारद्वारा हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ। प्रदेश नं १ को सरकारले प्रदेशको नाम कोशी नामङकण गरेपछी प्राचिनकालदेखी बसोबास गर्दै आएका विभिन्न समुदायहरुले आफ्नो हकअधिकार हनन भएको ठानी पहिचानसहितको नमङकण गरि संघिय लोकतान्त्रिक गणतन्त्रको मुल्यमान्यता स्थापित गर्नुपर्ने मागराखी कोशि नाम खारेज आन्दोलन चलिरहेको सर्बबिदितै छ। नेपालको संविधानले परिकल्पना गरेको समाज ब्याबस्था पहिचानसहितको संघिय लोकतान्त्रिक गणतन्त्र हो। प्रदेश एकमा चलिरहेको पहिचानको आन्दोलन साँच्चो अर्थमा संघियता कार्यन्वयनको आन्दोलन पनि हो, भन्ने कुरा सम्पुर्णलाई ध्यानाकर्षण गराउँदछौं।
बिज्ञप्तिमा भनिएको छ, यसै सन्दर्भमा २०८० मंसिर २५ देखि प्रदेश नं १ मा पहिचानको आन्दोलनलाई एमालेले नियोजित तरिकले भड्काउने गरि गरेको गतिबिधी पर्ती पहिचान पक्षधरहरुले बिरोध जनाउँदा पुर्ब मन्त्री तथ देशभक्त समाजबादी मोर्चाका अध्यक्ष गोपाल किराती लगायत दर्जनौ आन्दोलनकारीहरुलाई प्रहरिले गैरकानुनी ढंङ्गबाट पक्राउ गरेर लोकतान्त्रकै उपहास गर्ने काम गरेको छ। सरकारले यस्तो लोकतन्त्रको मुल्यमान्यता बिपरित गरेको कार्यको मोर्चा घोर बिरोध गर्दछ। भन्दै पक्राउ परेका सम्पुर्ण आन्दोलनकारीहरुलाई निशर्त यथाशिघ्र रिहा गर्नको लागि माग गर्दछ। बिज्ञप्तिमा उल्लेख छ।