Logo

भोजपुरमा भर्खरै विशाल मसाल जुलुस, चाडवाड र खेतिपातिको काम सकिएसंङ्गै पहिचान आन्दोलन सशक्त बन्दै


 

भोजपुर- भोजपुर बजारमा भर्खरै पहिचानबादीहरुले बिशाल मसालजुलुस निकालेका छन। भोजपुर बजारमा भर्खरै कोशिनाम खारेजगरी पहिचानयुक्त नामको माग राख्दै नारा जुलुससहित मसाल जुलुस निकालेका हुन।

पुनः नामकरण संघर्ष समिती भोजपुरको संयोजक तथा किरात राई यायोक्खाको कार्यबाहक अध्यक्ष बिदुर राईको नेतृत्वमा आज निकालिएको मसाल जुलुसमा किरात धर्मका नेता रामभक्त कुरुङबाङ, जसपा भोजपुर जिल्ला उपाध्यक्ष तथा पत्रकार साहिमान राई लगायत विभिन्न पार्टीका नेता तथा बिद्धिजिबिहरुको समेत उपस्थिति रहेको थियो।

प्रदेशको नाम कोशि खारेज गरि पुनः नामङकणको माग राख्दै आन्दोलनरत पक्षले खेतिपातिको काम र चाडबाडको मौसमले गर्दा स्थगित गरेको आन्दोलन चाडबाड र एकसरो खेतिकोकाम सकिए संङ्गै पुनःआन्दोलनलाई घनिघुत बनाईरहेका छन।

गाउँ-गाउँमा भित्तेलेखन, पर्चा पम्प्लेट गर्दै कोशी नामको पक्षमा मतदान गर्ने बंषगद्दार घोषणा गरिएका ८२ जना प्रदेश सांसद उपस्थित सबैकार्यक्रम बहिस्कार गरि कालो झण्डा देखाउने लगायत पहिचान बिरोधी पार्टी नेकपा एमालेले हाल चलाईरहेको मध्यपहाडी समृद्धिको संकल्प यात्रानमाको पहिचान बिरोधी अभियानलाई समेत बिफल बनाउने उद्घोष गरेका छन।

किरात राई यायोक्खा कावा अध्यक्ष बिदुर राई, किरात राई चाम्लिङ खाम्बातिमको जिल्ला अध्यक्ष धिरेन्द्र किराती, जसपा पार्टि अन्तर्गत किरात राष्ट्रिय समितीको महासचिव प्रशन्न राई साथै पहिचानवादी विभिन्न जातिय मोर्चाहरु सबैले एकताबद्ध हुँदै आन्दोलनलाई थप सशक्त र निर्णायक मोडमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्