Logo

नेता–कार्यकर्ताहरू पक्राउ गरेको प्रति प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकाल्यो


काठमाडौं – प्रदेश नं. १ मा चलिरहेको ‘कोशी’ नाम खारेजीको आन्दोलनकै सन्दर्भमा झुठा आरोपमा २०८० असोज २५ गते धनकुटाको चौबिसे स्थित घरैबाट पहिचानवादी नेता/कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले विना अभियोग, अदालतको आदेश वा कुनै जानकारी नै विना व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार समेतको उलङ्घन गर्दै घरैबाट अपहरण शैलीमा पक्राउ गरेको प्रति प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिले कडा शैलिमा विज्ञप्ति निकालिएको छ ।

प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समिति (समन्वयन समिति)कोतर्फवाट प्रेम येक्तेन (किरात याक्थुङ चुम्लुङ), ग्याल्जे शेर्पा (नेपाल आदिवासी जनजाति महासंघ), डकेन्द्रसिंह थेगिम (पहिचानसहितको प्रदेश नं. १ पुन नामाङकन अभियान समिति), जीवन हाताचो राई (किरात राई यायोख्या) र लाक्पा शेर्पा (नेपाल शेर्पा संघ)को संयुक्त हस्ताक्षर गरेका छन ।

विज्ञप्तिमा भनिएको छ,  ‘पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन २५ गते नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराएको थियो साथै संयुक्त सङ्घर्ष समितिले निरन्तर पहल गरिरहेको छ । यद्यपि हालसम्म रिहाइ नभएकाले २०८० असोज २८ गतेसम्म विना सर्त नछाडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराउँदै तपसिल बमोजिमको कार्यक्रम घोषणा गर्दर्छौँ ।’

पक्राउ परेका तीनै जनालाई तत्काल नछाडे असोज २७ गते १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार र हिराइबारे थप पहल गर्नेदेखी असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द गर्ने कार्यक्रमहरूसहित प्रेस विज्ञप्ति कडा रुपमा निकालिएको हो ।

 

        प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समिति

                                                                      प्रेस विज्ञप्ति                                                                                                                                                          २०८० असोज २७ गते

प्रदेश नं. १ मा चलिरहेको ‘कोशी’ नाम खारेजीको आन्दोलनकै सन्दर्भमा झुठा आरोपमा २०८० असोज २५ गते धनकुटाको चौबिसे स्थित घरैबाट पहिचानवादी नेता/कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले विना अभियोग, अदालतको आदेश वा कुनै जानकारी नै विना व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र गोपनीयताको अधिकार समेतको उलङ्घन गर्दै घरैबाट अपहरण शैलीमा पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन २५ गते नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराएको थियो साथै संयुक्त सङ्घर्ष समितिले निरन्तर पहल गरिरहेको छ । यद्यपि हालसम्म रिहाइ नभएकाले २०८० असोज २८ गतेसम्म विना सर्त नछाडे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउँदै तपसिल बमोजिमको कार्यक्रम घोषणा गर्दर्छौँ ।
कार्यक्रमहरू
१. आज २०८० असोज २७ गते १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार र हिराइबारे थप पहल गर्ने ।
२. २०८० असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने ।
३. २०८० असोज २९ गते सुनसरीको धरान—भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नं. बुधबारे—रबि, तेह्रथुम, भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने ।
४. २०८० असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द ।
प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् ! पहिचानको आधारमा प्रदेश नं. ! को – पुनस् नामकरण गर !

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्