वैज्ञानिक समाजवाद निर्माण अभियान, ताम्सालिङ-नेवा प्रदेश कमिटी गठन

काठमाण्डौ- वैज्ञानिक समाजवाद निर्माण अभियानले ताम्सालिङ-नेवा प्रदेश कमिटी गठन गरेको छ।
आस्विन २० गते बैज्ञानिक समाजवाद निर्माण अभियान ताम्सालिङ-नेवा प्रदेशका ईन्चार्ज फलमसिंह तामाङ, “हेम” सह-ईन्चार्ज राजकुमार तामाङ र बैज्ञानिक समाजवाद निर्माण अभियानका केन्द्रिय संयोजक रमेश सुनुवारको बिशेष उपस्थितिमा दावा तामाङको नेतृत्वमा १६ सदस्य ताम्सालिङ-नेवा प्रदेश कमिटि गठन भएको हो।
काठमाण्डौको मध्य-बानेश्वरमा भएको उक्त ताम्सालिङ नेवा प्रदेश कमिटिको भेलाले, दावा तामाङ -अध्यक्ष, राजकुमार माझि- उपाध्यक्ष, केबि तामाङ- सचिब, मिना तामाङ-कोषाध्यक्ष, सदस्यहरु- सबिन श्रेष्ठ, ललित सुनुवार, कान्छाराम तामाङ, सन्जिब तामाङ, सुर्य ब. तामाङ, अर्जुन तामाङ, पदम तामङ र सुरज सुनुवारलाई सदस्यको जिम्मेवारी तोकेको छ।
एकात्मक राज्यब्याबस्थाको पुरानो बिभेदकारी राजनीतिक मुल्यहरुलाई भत्काउँदै नयाँ सामाजिक ब्यावस्थाको निम्ति सबै उत्पिडित बर्ग र समुदायहरुले आफ्नो राजनीतिक, साँस्कृतिक तथा पहिचानको निम्ति सचेतनाको साथ सबै उत्पिडित पक्षहरु एकताबद्द हुँदै हस्तक्षेपकारी राजनीतिक ल्ँडाई लड्नु पर्ने समय आएको कुरा भेलाको प्रमुख अतिथि तथा अभियानका संयोजक रमेश सुनुवारले बताउनु भयो।
उक्त भेलामा केन्द्रिय सदस्य राजकुमार श्रेष्ठ र भाई किरातिले पहिचान र समाजवादको बारेमा सबै पहिचान पक्षधरहरुसंग अरु घनिघुत छलफल चलाउँदै बलियो राजनीतिक शक्ति निर्माण गरेर आन्दोलनलाई नयाँ उचाईमा उठाउनु पर्ने धारणा राख्नु भएको थियो।