Logo

गायक बुद्ध राई र गायिका बसन्ता राईले ल्याए रामदले तीन


 

मुन्धुमस्टार डटकम​- गायक बुद्ध राई र गायिका बसन्ता राईको स्वर रहेको रामदले ३ गीतको म्युजिक भिडियो आज सार्बजानिक भएको छ। बुद्ध राई अफिसियल युट्युब च्यानलबाट आज सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

विशेषगरि दशैं तिहारको वरिपरि पुर्बी पहाडी जिल्ला ओखलढुंगा आसपास क्षेत्रमा गाईने गाउँले टिपिकल रामदले भाकाको शब्द स्व. बहादुर राईले लेखेका हुन भने उक्त पुरानो शब्दहरुको संकलन गायिका बसन्ता राईले गरेका हुन।

यो गीतको संगित संयोजन सबिन लिम्बुले गरेका हुन भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरिले गरेका हुन। स्टुडियो अकस्टिक नेपालमा रेकर्डिष्ट दिल सार्कीले रेकर्ड गरेको यो गीतको स्टुडियो म्युजिक भिडियोको छायांकन तथा संपादन मदन राइले गरेका हुन।

ओखलढुंगा आसपासका स्थानिय भाकाहरु मध्यको यो अत्यान्तै लोकप्रीय टिपिकल रामदले लोक भाकाको भाग एक र भाग दुई पछि गायक तथा गायिकाले भाग तीन बजारमा ल्याएका हुन। गायक बुद्ध राई र गायिका बसन्ता राईले यस अघि निकालेको रामदले भाका भाग एक र भाग दुई श्रोतामाझ निक्कै लोकप्रिय छन।

गीतको भिडीयो लिङ्क तल​…

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्