भ्रम र पाखण्डलाई स्विकार गर्नु नै अध्यात्मवाद हो

दर्शन किराती
बिगत देखि बर्तमान सम्मको समिक्षा गर्दा, बृटिश साम्राज्यवाद बिरुद्ध भारतले गरेको क्रान्ति (१९४७) चिनले जापनि साम्राज्यवाद बिरुद्ध गरेको क्रान्ति (१९४९) नेपालले गरेको राणा शासन बिरुद्धको क्रान्ति (१९५१) झण्डै-झण्डै यी एउटै समयमा नयाँ राजनिती तथा सामाजिक ब्याबस्थाको निम्ति लडेर एउटै समयबाट बिकाशको गतिलाई समातेर उठदै गरेको देशहरु हुन। सामाजिक आन्दोलनको ईतिहाँसबाट हेर्दा यसरी देखिन्छ।
तर, अहिलेको विश्व अर्थतन्त्रमा तुलनात्मक हिसाबले हेर्दा आज भारतले आफुलाई पाँचौ स्थानमा बिकाश गरिसक्यो। चिन बिश्व अर्थतन्त्रको एक नंबरमा आईपुग्दै गर्दा नेपाल चाहिँ विश्व अर्थतन्त्रको हिसाबमा सबैभन्दा पिँद तिर झरिरहेको छ। दुखको कुरा सिरिया, सोमालिया, अफगानिस्तान, अहिलेको युक्रेन, जस्ता द्वन्दले थलापरेका मुलुकहरुसंङ्ग तलतिर झर्न प्रतिस्पर्धा गरिरहेको छ। जुन अवस्थाबाट माथी उठनको निम्ति हामिले समाज रुपान्तरणको बैज्ञानिक र ब्याबहारिक कारेक्रम संङ्गै संघर्षको ठोस योजना नबनाई समाज रुपान्तरणको कार्यभार पूरा गर्न सकिदैन।
समाज रुपान्तरण कसरि गर्ने ?
जुनबेला सम्म बर्ग रहन्छ, अथवा विभेद रहन्छ, युद्ध अथवा संघर्ष, अवसंभाबी छ। तर युद्धको परिणाम सँधै एउटै बर्गको अनुकुलता वा अर्को बर्गको प्रतिकुलतामा हुँदैन। युद्धमा एकपटक हारेकाहरुले सँधै हार्छन भन्ने कुरा गलत हो। एकपटक जितेकाहरुले सँधै जितिरहन्छन भन्ने कुरापनी गलत हो। हारिसकेकाले फेरि अरु हार्नको लागि उसंङ्ग बाँकी केहिपनी हुँदैन। जित्ने संङ्ग सिङ्गो राज्यशत्ता हुन्छ।
त्यसैले हार्ने भनेकै पहिले जितेर सासनसत्ता चलाईरहेकाहरुले हो। नेपालको हकमा पनि निम्न बर्ग आदिबासी, मुस्लिम, मधेस, महिला तथा उत्पीडित समुदाय र बर्गहरुले पटक-पटक हारिसकेका छन। अब हार्नको निमित्त उनिहरुसंङ्ग बाँकी केहिपनी छैन। पटक-पटकको हारसंङ्गै उनिहरु विरुद्धको राज्यशत्ताको निर्मम नीति र कारेक्रम तथा दमनबाट प्रताडित समुदाय र बर्गहरु आत्मासम्मान, पहिचान र राजनैतिक अधिकार बिहिन मरेतुल्य भएर बाँचिरहेको स्पष्ट देख्न सकिन्छ।
अहिलेको भौतिक परिबेश अनुसार अब तिनै राज्यशत्ताद्वारा उत्पिडनमा परेका बर्ग, समुदायहरुले पहिचान, स्वतन्त्रता, आत्मा सम्मान र राजनैतिक अधिकार सहितको नयाँ सामाजिक ब्याबस्था निर्माणको लागि लड्ने समय नजिक-नजिक आईसकेको अवस्थामा अबको मुक्ती संग्रामलाई कुन चैं संघर्षको बिधिबाट अगाडि बढाउने र आफुलाई मुक्त गर्ने ? अहिलेको मुक्तिकामी बर्ग र समुदायहरुको अगाडि यो प्रश्न उभिएको छ।
सत्ता परिबर्तन र अधिकार प्राप्तिका निम्ति बिश्वमा तीन प्रकारका संघर्षका बिधिहरु स्थापित भएका छन।
१) निर्बाचन।
२) जनआन्देालन।
३) सशस्त्र संघर्ष।
जस्तै, निर्बाचनबाटः-
१) चिलि र भेनेजुवेला र दक्षिण अफ्रिका मुक्त भए।
जनआन्देालनबाट-
२) ईण्डेानेसिया र भारत मुक्त भए।
सशस्त्र संघर्षबाट-
३) क्युबा, उत्तरकेारिया, चिन, भियतनामा आदि मुक्त भए।
हाम्रो अगाडि यी तिन बिश्वमा स्थापित संघर्षका बिधिहरुमध्य कुन चाहिँ विधि रोज्ने ? या स्थापित संघर्षको बिधिहरुमा अझ नयाँ बैज्ञानिक संघर्षलाई नयाँ आयाममा बिकाश गर्दै त्यसमाथी टेकेर बिभेदकारी सत्तालाई परास्त गर्ने ? यसमा स्पष्ट हुन जरुरी छ।
हिँजु माक्सले बैज्ञानिक समाजबाद प्राप्त गर्ने साधन मानब श्रमलाई आधार मानेर बिश्लेषण गर्नु भएको थियो। हिँजुको त्यो दुनियाँबाट बिज्ञान प्रबिधिको युगमा आजको दुनियाँ आईपुगेको छ। त्यसैले अब सुचना, संचार तथा बिज्ञान र प्रबिधिलाई आत्मासाथ गरि त्यस्को प्रचुर प्रयोग अथवा क्रान्तिको महत्वपुर्ण साधनको रुपमा बिज्ञान प्रबिधिलाई प्रयोग गरेर मात्रै अबको क्रान्ति संभब छ। र मानब श्रम साहायक भईसकेको यो अहिलेको अवस्थामा बिश्वको बैचारिक अन्तरबिरेाधहरुलाई पनि भिन्न ढंङ्गले बिश्लेषण गर्नु पर्दछ।
नयाँ समाजबादी ब्याबस्था निर्मानको बैचारिक बाटो चाहिँ कुन हो त ? यसमा अल्मलिनु पर्ने कारण छैन। अन्तत क्रान्तिको प्रमुख साधन बिचार नै हो। जस्लाई हेर्ने दृष्टिकोण दन्दात्मक तथा ऐतिहासिक भौतिकबाद नै हो। अध्यात्मबादले जुन नयाँ समाजबादी ब्यावस्था निर्मानको कार्यभार बोकेर हिँडन सक्दैन।
अहिलेको बैचारिक सार्बभौमसत्ता बिज्ञान तथा प्रबिधी नै हो। जस्ले आम मानिसहरुको सोंच्ने, काम गर्ने मात्र होईन जिवनशैलिलाई पनि बदली दिएको यो अवस्थामा अध्यात्मबादलाई स्विकार्नु भनेको भ्रमलाई स्विकार गर्नु हो। झुठ र पाखण्डलाई स्विकार गर्नु हो।
अहिलेको यो समय अनुसार, अहिले सम्म हाम्रो देशको सामाजिक बिकाश हुन नसक्नुको मुख्य कारण पनि यहिँ दुईवटा बिचारलाई संगै लिएर हिँड्नु नै हो। भौतिकबाद र अध्यात्मकबादको दुईवटा डुङ्गामा खुट्टा हालेको राजनितिले निकाल्ने परिणाम पनि वास्तबमा यहिँ नै हो। त्यसैले भगवान, देवता तथा ईश्वरलाई मानेर आफ्नो अध्यात्मिक सामाजिक ब्याबस्थाको गन्तब्यमा पुग्ने र बैज्ञानिक समाजबाद हुँदै साम्यबादसम्म पुग्ने लक्ष लिएको भौतिकबादिहरुको बिचमा सबैभन्दा पहिले कित्ताकाट हुन जरुरी छ। किनकी अध्यात्मिकबादि र भौतिकबादिहरु बिचमा सहकार्य गर्ने न्युनतम साझा कारेक्रम सम्म पनि मिल्दैन भने उनिहरुको उदेश्य, लक्ष, कार्यक्रम र बिचारधारा त झन धेरै परको कुरा भयो।
अहिलेको बैचारिक सार्बभौमसत्ता बिज्ञान तथा प्रबिधी नै हो। जस्ले आम मानिसहरुको सोंच्ने, काम गर्ने मात्र होईन जिवनशैलिलाई पनि बदली दिएको यो अवस्थामा अध्यात्मबादलाई स्विकार्नु भनेको भ्रमलाई स्विकार गर्नु हो। झुठ र पाखण्डलाई स्विकार गर्नु हो।
अहिलेको विश्व राजनितिक ब्याबस्था एउटा नयाँ परिबर्तनको प्रक्रियामा गईसकेको छ। बिश्व साम्राज्यबादको पंजाबाट एकपछी अर्को देशहरु मुक्तहुने प्रक्रियाको लहर तिब्रगतिमा बढिरहेको छ।
यहिँ तिब्रगतिमा भईरहेको विश्व सामाजिक ब्याबस्था परिबर्तनको गतिलाई समतेर विश्व भुमण्डलिकृत पुजिबादबाट आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक उत्पिडितमा परेका पक्षहरुसंङ्ग सहकार्य र एकताको मज्बुद सँगठन निर्माण गरि बैचारिक र आत्मारक्षाको कवजसंबन्धी तालिमहरु दिँदै बिश्वसाम्राज्यबाद र तिनका मतियारको रुपमा खडा भएको सरकार साथै भुमण्डलिकृत पुँजिबादका कनिष्ठ पाटनर तथा दलाल राष्ट्रिय पुँजिपतीहरुको विरुद्ध उक्त संङ्गठन परिचालन गर्दै नयाँ सामाजिक ब्याबस्था निर्मण गर्नु पर्दछ।
जसले जनमतबाट हेाईन जनसमर्थनको आधारमा राजनितिक शत्ता हातमा लिएर जनताहरुको प्रत्यक्षशासन स्थापना गर्दै आफ्नै प्राकृतिक श्रोत साधनहरु परिचालन गर्दै आत्मानिर्भर अर्थतन्त्र सहितको नयाँ सामाजिक ब्याबस्था अन्तर्गतको बैज्ञानिक समाजबादि ब्याबस्थामा पुग्ने लक्षराखी प्राकृतिक समाजबादी संस्कृति निर्माणमा जोड दिनु पर्दछ।
बैज्ञानिक समाजबादको आधारभुत शिक्षा र श्रम संस्कृती-
क) खानि अध्यान अनुसन्धान र उत्खनन गर्ने।
ख) पानिको ब्याबस्थापन र परिचालन गर्ने।
ग) जडिबुट्टी उत्पादन र प्रशेाधन र उधेाग स्थापना गर्ने।
घ) कृषिलाई ब्यावसायिकरण र बैज्ञानिकिकरण गर्ने।
ङ) सामुहिक पहलमा उत्पादन र ब्याबस्थापन गर्ने।
च) छरिएर रहेका अब्यावस्थित अनि अ-बैज्ञानिक बस्तिहरुलाई र अध्यात्मकबादी मानव चेतनालाई द्वन्द्वात्मक भैातिकबादी चेतना, बिचार र बिज्ञानमा उठाउदै एकिकृत बैज्ञानिक र समाजबादी संस्कृति सहितको नमुना बस्तिहरुमा बिकाश र ब्याबस्थापन गर्ने।
छ) आम समुदायहरुको बैचारिक स्तर माथि उठाउँदै सिप बिकास गर्ने गराउने साथै तत्काल युबाहरुमा तपशिलको सिप बिकास गराउने।
ज)जस्माःडकर्मी,प्लम्बिङ्ग,स्काफफोल्डीङ्ग,पेन्टीङ्,सिकर्मी, रेडियेा,भिडियेा,टिभी,मेाबाईल,कम्प्युटर मर्मत, चार पाङ्ग्रे गाडी निर्माण साथै मर्मतको तालिम होटल ब्याबसाय तथा उत्कृष्ट कुकको ट्रेनिङ्ग,श्रृङ्गार संबन्धी तालिम ,बेकरि मेकर, आधुनिक कृषि औजार उत्पादन कृषि सामाग्री उत्पादन तथा प्रशेाधन, उनन्त कृषि र पशु पालन।
झ) प्रशिक्षणहरुको ब्याबस्था गर्ने।
शिक्षा निति-
श्रम,सिप,उत्पादन तथा कृषिसंङ्ग जोडिएको ब्याबहारिक र आत्मानिर्भर शैक्षिक प्रणाली हुनु पर्दछ।
क) प्राथामिक कक्षा १-५ अभिभाबक संङ्गै बाल बच्चालाई राख्ने र अभिभाबकले बाल बच्चाहरुसङ्ग सरलशब्द,नम्र ब्याबहार,गर्नु पर्दछ। अभिभावकलाई हप्तामा एक दिन स्कुलमै उपस्थिति गराएर मण्टेश्वरिको नियम अनुसार पढाउनु पर्छ।
ख) कक्षा-६ बाट अनिवार्य बिध्यार्थिहरुलाई होस्टेलको ब्यावस्था संबन्धित पक्षहरुले मिलाउनु पर्छ। ब्याबहारिक र आत्मानिर्भर शैक्षिक ब्याबस्था अनुसार स्कुलले हाँस, कुखुरा पाल्ने दाना बनाउने दिने,अण्डा टिप्ने, खरायेा ,बाख्रा पाल्ने, घाँस काटेर दिने, खोर र सफा गर्ने, गराउने, मल ब्याबस्थापन गर्ने जस्ता कमहरु सिकाउनु पर्दछ।
ग) कक्षा-७ को बिध्यार्थिहरुलाई तरकारि खेति र नर्सरि र ब्याबस्थापनमा लगाउने। कक्षा-८ को बिध्यार्थिहरुलाई पशु पालन गाई,भैसि, बङ्गुर,पाल्ने र त्यसको ब्याबस्थपनमा लगाउने र कम्प्युटर शिक्षाको आधारभुत ज्ञान संङ्ग जोडने।
घ) कक्षा-९ र १० मा फलफुल, जडिबुट्टीको खेति नर्सरि गर्ने, हरेक ब्याबहारिक समस्याहरुको पहिचान र ब्याबस्थापन गर्न सिकाउने साथै पशु पालनको समस्या र ब्याबस्थापन गर्न सिकाउँदै कम्प्युटरको उच्चस्तरीय ज्ञानसंङ्ग जोड्ने।
ङ) कक्षा-११ र १२ मा कृषि प्राबिधिक र कम्प्युटर हाड्रवेायर सफ्टवेयर पढाउने ईच्छाइएको बिषयगत प्राबिधिहरु पढाउने। बिमारी बाहेक ३ महिनामा एक पटक टाइम फिक्स गरेर मात्र घर पठाउने अरु समयमा अभिभाबकलाई नै स्कुलमा भेटघाटको प्रबन्ध मिलाउने। यसरि दिगो आत्मानिर्भर अर्थतन्त्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न सकिन्छ।