आदिवासी समुदायको आदर्श ब्यक्ति ईन्द्र कुलुङको स्मृति दिवस मनाइयो
नेपालका आदिवासी समुदायको आदर्श ब्यक्तिको स्मरणमा स्व. ईन्द्र कुलुङको स्मृति दिवस आदिवासी किरात महासंघले काठमाण्डौमा एक कार्यक्रम गरी मनाएको थियो ।
आदिवासी समुदायको अगुवाको स्मृति दिवसको अवसरमा एक अनमोल योद्धा घुमाएको कुरा आदिवासी किरात महासंघको पुर्वअध्यक्ष पृथ्वीराज मुकारुङले बताए । त्यस्तैगरी, कुलुङ समुदायमा समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विकासका लागि गरेका महत्त्वपूर्ण कार्यहरूमा योगदान गरेको कुरा वाईबी कुलुङले बताए ।
पहिचानको लागी लडने एक सामाजिक नायकलाई गुमाएको कुरा किरात रदु नाछिरिङ साखामको पुर्वअध्यक्ष प्रतापसिंह नाछिरिङ्ले बताए । त्यस्तैगरी, स्व. ईन्द्र कुलुङको स्मृति दिवसमा थुप्रै संघसस्थाका युवा, महिला र अग्रज ब्यक्तीहरुले चर्चा र परीचर्चा गरेका थिए । उनीहरूले समुदायको सामाजिक संरचना, सांस्कृतिक धरोहरको संरक्षण, राजनीतिक सशक्तिकरण, औद्योगिक विकास, शिक्षा, स्वास्थ्य, विपन्न समुदायको सहायता आदि क्षेत्रमा योगदान कुरा बताए ।
मृगौलामा समस्या भएपछि उपचारत नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका महासचिव स्व. ईन्द्र कुलुङको निधन एक बर्ष अघी भएको थियो । स्व. ईन्द्र कुलुङ कुलुङ समुदायको आदर्श ब्यक्तिको रुपमा लिईन्छ । उनले जीवन पर्यन्त कुलुङ संघमा आवद्ध भएर समाज सेवा गर्दै आएका थिए । सुर्यादय नगरपालिका -७, ईलाम स्थायी ठेगाना भएका कुलुङ लामो समयदेखि काठ्माण्डौ रहदै आएका थिए ।
स्व. कुलुङ सिमान्तकृतहरु पहिचानका लागी आशाको किरण, आवाजविहिनहरुको लागी आवाज र खाचो परेको बेलामा अटल समर्थनको श्रोत थिए । यस कार्यक्रम सभापति आदिवासी किरात महासंघका बरिष्ठ उपाध्यक्ष सुमन बाङदेल तथा संचालन महासचिव डेगेन्द्र मेवाहाङ र सचिव कबिता बाहिङले गरेकी थिईन ।
फोटोहरु