भोजपुर घरेलु तथा साना उधोग कार्यलयको बोर्डमा लेखिएको कोशि नाम संघर्ष समितीले मेट्यो

मुन्धुमस्टार डटकम- भोजपुरको घरेलु तथा साना उधोग कार्यलयको बोर्डमा लेखिएको कोशि नामलाई आन्दोलनरत पहिचान पक्षधरहरुले मेटिदिएका छन्। भोजपुरको घरेलु तथा साना उधोग कार्यलयमा प्रदेश एक पुन: नामकरण संघर्ष समितीको टोलि बिहिवार पुगेर बोर्डमा लेखिएको कोशि नाम मेटेका हुन्।
कोशि नाम बिरोधको सो, कार्यक्रम’मा प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, किरात राई चाम्लिङ खाम्बातिम भोजपुर जिल्ला कार्यसमितिका अध्यक्ष धिरेन्द्र किराती, उपाध्यक्ष पनन चाम्लिङ, उपाध्यक्ष अनिल राई साथै पहिचानवादी युवा फोर्स गएर कोशि नाम लेखिएको साईनबोर्ड मेट्ने कार्यक्रम सम्पन्न गरेको भोजपुर संयुक्त संघर्ष समितीले मुन्धुमस्टार डटकमलाई बतायो।
प्रदेश एकको संसदले पर्याप्त छलफल नै नचलाई अचानक जनअपेक्षा बिपरित पहिचान बिरोधि नाम कोशि राखेपछि उक्त नाम प्रति असहमति राख्दै कोशि नाम खारेजगरि पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै प्रदेश एकमा लामो समय देखि आन्दोलन भईरहेको छ।