Logo

अर्बपती ज्याक माले टोकियो विश्वविद्यालयमा पढाउन थाले


चिनियाँ विश्व चर्चित अर्बपती तथा विश्वकै ठूलो ईकमर्स अलिबाबा ग्रुप होल्डिङका संस्थापक ज्याक माले जापानको टोकियो विश्वविद्यालय पढाउन थालेका छन।

ज्याक माले ‘भिजिटिङ प्रोफेसर’का रूपमा पढाउन थालेका हुन। १४६ वर्ष पुरानो जापानकै प्रतिष्ठित शैक्षिक संस्था टोकियो विश्वविधालयमा ज्याक माले जुन १२ तारिखमा पहिलोपटक पढाएका हुन।

५८ वर्षीय माले टोकियो कलेज र युनिभर्सिटी अफ टोकियोको ग्लोबल लिडर्सीप प्रोग्राम (जिएलपी)ले संयुक्त रूपमा आयोजना गरेको विशेष ‘नवप्रवर्तन र उधमशिलता’ सेमिनारमा उनले सोमबार विशेष वक्ताका रूपमा अध्यापन गरेका हुन।

दुई घन्टा लामो सेमिनार व्यवस्थापन फिलोसोपी र युवापुस्ताले भविष्यमा कसरी सफलता हासिल गर्न सक्छ भन्ने विषयमा केन्द्रित रगेको थियो। त्यो ज्याक माको जीवनको अनुभवमा आधारित थियोे । सेमिनारमा जापान , चीन, भारत र मलेसियाका विधार्थीको सहभागीता थियो। विधार्थीले सेमिनारमा प्रध्यापक मासँग अर्थपूर्ण छलफल भएको बताएका छन।

चीनिया अर्बपती एंव विश्वकै घनाढ्यमध्यका ज्याक मा सन २०२० को नोभेम्बरदेखि लामो समय हराएका थिए । उक्त समय उनी एक वर्ष भन्दा धेरै समयपछि टोकियोमा बस्दै आएको खुलेको थियो।

उनको कम्पनीमाथी चिनिया सरकारी अधिकारीले विभिन्न किसिमका आरोप लगाउदै नियन्त्रण गरेका थिए । त्यसपछि ज्याक मा बढीजसो सनय जापानमा बसिरहेका छन।

उनले अलिबाबाको स्वामित्व समेत बेचिसकेका छन । यधपी ज्याक मा केही समय अघि मात्र चीन गएर विभिन्न स्थानको भ्रमण गरेको तस्वीर र समाचारहरु सार्वजनिक भएको थियोे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्