के कोलेस्ट्रोल हाम्रो शरीरलाई चाँहिदै नचाहिने हो ? के कोलेस्ट्रोल बढ्दैमा हृदयाघात हुन्छ ? यसबारे डक्टर कर्ट के भन्नु हुन्छ ?
मुन्धुमस्टार डटकम- कोलेस्ट्रोल हाम्रो शरीरको लागि महत्वपूर्ण पदार्थ मध्ये एक पदार्थ हो । हाम्रो दिमाग, स्नायु प्रणाली, कोशिका झिल्ली (चेल्ल मेम्ब्रनेस्) लगायतको लागि कोलेस्ट्रोल अत्यावश्यक छ । भिटामीन डी उत्पादनको लागि पित्तको लागि, तेस्तोस्तेरोने (टेस्टोस्टेरोन), एस्त्रोगेन (एस्ट्रोजन), चोर्तिसोल (कोर्टिसोल) प्रोगेस्तेरोने (प्रोजेस्टेरोन) जस्ता हर्मोन उत्पादन गर्नको लागि कोलेस्ट्रोल एउटा अभिन्न पदार्थ हो । हामीले खाएको खानाबाट प्राप्त हुने कोलेस्ट्रोल र हाम्रो शरीरको रगतमा बन्ने कोलेस्ट्रोल दुबै एउटै अणु अन्तर्गत पर्दछन तर खानाबाट प्राप्त हुने कोलेस्ट्रोलले केही मात्रामा मात्र रगतमा बन्ने कोलेस्ट्रोललाई प्रभाव पार्दछ । रगतमा बन्ने कोलेस्ट्रोल मुख्यतया कलेजो, केही आन्द्रा र अन्य अङ्गहरुबाट उत्पादन हुन्छ । यो एउटा सुन्दर नियमित प्रणाली हो जब हाम्रो खानामा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ कलेजोले कम मात्रामा कोलेस्ट्रोलको उत्पादन गर्छ भने खानामा कोलेस्ट्रोलको मात्रा कम भयो भने कलेजोले बढी मात्रामा कोलेस्ट्रोल उत्पादन गर्नुपर्ने हुन्छ ।
साधारण भाषामा भन्दा ठोकुवाका साथ यो भन्न सकिन्छ कि हामीले खाएको खानाबाट प्राप्त हुने कोलेस्ट्रोलले हाम्रो रगतमा भएको कोलेस्ट्रोलको मात्रा निर्धारण गर्दैन । कोलेस्ट्रोल र चिल्लो एउटै किसिमको पदार्थ होइनन ।
कोलेस्ट्रोल स्तनधारी प्राणीको कोषमा हुने उपयोगी पदार्थ हो । जेलिएको संरचनाले गर्दा यो रगतमा घुल्दैन र लेसिने खालको हुन्छ । तसर्थ यसलाई लिपिडको रुपमा चित्रण गरिएको हो । कोलेस्टेरोल पानी प्रतिरोधी हुने भएकाले रगतको माध्यमबाट यसलाई सोझै ओसारपसार गर्न सकिंदैन । त्यसका लागि कोलेस्ट्रोल, बोसो र अन्य पानीमा नघुल्ने कणहरू पानीमा घुल्ने कणहरू भित्र ल्याउँछ र त्यसलाई लिपोप्रोटिन भनिन्छ। लिपोप्रोटिनलाई यसको घनत्वको आधारमा वर्गीकरण गरिन्छ; – १, काइलोमाइक्रोन्स, २, एच डी एल ह्ड्ल (उच्च घनत्व लिपोप्रोटीन), एल डी एल ल्ड्ल (कम घनत्व लिपोप्रोटीन)
काइलोमाइक्रोन्सले खानाबाट आएको कोलेस्ट्रोललाई ओसारपोसार गर्ने काम गर्छ । एल डी एलले कोशिका झिल्लीलाई काम गर्नका लागि कलेजोबाट अन्य अंगहरू र तन्तुहरूमा कोलेस्ट्रोल ढुवानी गर्दछ ।
एल डी एल दुई प्रकारका हुन्छन १, ठुलो र फ्लफी (नरम र हलुका रहने) २, सानो र बाक्लो ।
एच डी एलले अतिरिक्त कोलेस्ट्रोललाई कलेजोमा फिर्ता लैजाने काम गर्छ जुन पित्त र अन्य हार्मोन उत्पादनमा प्रयोग हुन्छ । कोलेस्ट्रोल र बोसो (फ्याट) बीच एक मात्र सम्बन्ध हुन्छ त्यो सम्बन्ध भनेको यी दुई लिपोप्रोटिनभित्र मात्र सह-यात्री हुन्। बोसोयुक्त प्राकृतिक खाद्य पदार्थमा पनि कोलेस्ट्रोल हुन्छ । बोसो हाम्रो शरीरमा ट्राइग्लिसराइड्सको नाममा तीन प्रकार (ठ्रेए मेम्बेर उनित्) हुन्छ । शरीरले अतिरिक्त ऊर्जाको सामना गर्न नसकेपछि यसले बोसोलाई ट्राइग्लिसराइड्समा रूपान्तरण गर्दछ र पछि प्रयोगको लागि बोसो कोषहरूमा भण्डारण गर्दछ। ट्राइग्लिसराइड धेरै हुनु भनेको हाम्रो शरीरले हामीले खाएको खाद्यपदार्थहरु प्रयोग गर्न वा पचाउन सक्ने क्षमता कमजोर हुनु हो र यो हाम्रो स्वास्थ्य कमजोर हुँदै गएको भन्ने एउटा नराम्रो संकेत हो ।
हाम्रो रक्तनलीहरु साँघुरो र कडा हुनु (एथेरोस्क्लेरोसिस) को कारण
सुनिने (सुजन)
यदि सुजनको समस्या हुन्न भने कोलेस्ट्रोलले हामीलाई कुनै पनि हानी गर्न सक्दैन । एन्डोथेलियलको सुजनले एलडीएल कणहरू (सानो र बाक्लो) लाई धमनीका भित्ताहरूमा गई समस्याको सृजना गर्दछ ।
मुटुरोगको अर्को कारण एल डी एल कोलेस्ट्रोलमा ह्रास आउनु पनि हो । राम्रो कोलेस्ट्रोल र नराम्रो कोलेस्ट्रोल भन्ने भाष्य नै गलत हो । कोलेस्ट्रोल जहिले पनि राम्रो नै हो । सुजनद्वारा हानि भएको अवस्थामा मात्र नराम्रो हुन सक्छ । सुजनसँग सचेत हुने हो र संघर्ष गर्ने हो भने कोलेस्ट्रोलसँग डराउनै पर्दैन।
सुजन हुनका मुख्य कारणहरु उच्च फ्रुक्टोज कॉर्न सिरपको प्रयोग (बट्टामा भएका पेय पदार्थहरु जस्तै कोल्ड ड्रिङ्क्स, सफ्ट ड्रिङ्क्स, जुसहरु, केचपहरु सोया सस आदि), बनस्पती तेलको प्रयोग, अतिरिक्त प्रशोधित कार्बोहाइड्रेट, धुम्रपान, तनाब लगायत हुन ।
प्रशोधित खाना नखानु नै रोगसँग लड्नुको ९० प्रतिशत सफलता हो । अबश्य नै स्याचुरेटेड फ्याट (जस्तै केटो डाइट।लो कार्ब डाइट र मांसाहारी आहार) को सेवनले एल डी एल बढाउँछ । यो पूर्ण रूपमा ठीक छ, किनकि ती पहिलो पक्ष (गैर-हानिकारक एल डी एल कणहरू) हुन्। वास्तवमा हामी स्वस्थ हुन के गर्न आवश्यक छ भने एच डी एलको मात्रा जति सक्यो उति बढाउनुपर्छ र ट्राइग्लिसराइडको मात्रा जति सक्यो उति घटाउनुपर्छ ।
दोस्रो पक्ष एल डी एल कणहरूको उपस्थितिको सबैभन्दा राम्रो सूचक टीजी।एचडीएल को अनुपात हो जसलाई प्लाज्माको एथेरोजेनिक इन्डेक्स भनिन्छ। साधारणतया यो अनुपात २ भन्दा कम भएको राम्रो र जति कम भयो त्यती राम्रो हो । २ भन्दा माथि यो अनुपात रहन्छ भने सतर्क हुनुपर्छ र ४ भन्दा माथि रहन्छ भने हामी उच्च जोखिममा हुनेछौँ । यो अनुपात हामीले ल्याब रिपोर्टबाट पाउँदैनौँ आँफैले टी जी लाई एच डि एल ले भाग गरेर निकाल्नुपर्दछ । यदि यो अनुपात न्यून आउँछ भने एल डी एल उच्च भए पनि चिन्ताको बिषय होइन । तर यो अनुपात उच्च छ र एल डी एल कम नै भए पनि यो चाँही चिन्ताको बिषय हो किनभने यसमा दोस्रो पक्षवाला हानिकारक एल डी एल (आथेरोगेनिच्) हुन्छ ।
डाक्टरले प्रेस्काइब गर्ने स्टेटिन (कोलेस्ट्रोल घटाउने औषधीहरु), एल डी एल कम गर्नको लागि हो । तसर्थ यहाँ एल डी एललाई विकराल समस्याको रुपमा लीन्छ । कोलेस्ट्रोल घटाउने औषधीले न त शरीरमा भएको सुजनलाई घटाउँछ न अरु समस्याको समाधान गर्छ । तर माइटोकोन्ड्रियल डिसफंक्शन सहित धेरै साइड इफेक्टहरू (टाउको दुख्ने, केही व्यक्तिको रगतका उच्च चिनी हुन सक्छ, मधुमेह, मांशपेशी दुख्ने, धेरै थकान महशुस हुने, अनिन्द्राको समस्या हुन सक्ने, पाचन प्रणालीमा समस्या जस्तै खाना अपच, पखाला लाग्ने, कब्जियत हुने, कलेजोमा समस्या हुन सक्ने इत्यादि ) छन्।
एच डी एल बढाउने प्रभावकारी तरिकाहरू
स्याचुरेटेड फ्याट(माछा, मासु, अण्डा, चिज बटर, घिउ इत्यादी) धेरै खाने
ब्रत (उपबास) बस्ने
केटो डाइट। लो कार्ब डाइट। एटकीन डाइट।मांशाहारी डाइट को प्रयोग गर्ने ।
ब्यायाम गर्ने
घाममा बस्ने
७ देखि १० घण्टा सुत्ने
कोलेस्ट्रोल धमनीको भित्ताहरुमा समेत पाइन्छ किनभने सुजन र सङ्क्रमणसँग लड्नको लागि त्यो त्यँहा बसिरहेको छ। त्यसकारण कोलेस्ट्रोलले सँधै हामीलाई बचाउने प्रयास गरिरहेको छ । कोलेस्ट्रोलका कारण धमनीहरू अवरुद्ध हुन्छन भन्नु भनेको आगो निभाउन गएका अग्निनियन्त्रकहरूलाई आगलागी भएको ठाउँमा उभिएको देखेको कारणले तिनैलाई आगलागीको दोष लगाउनु जस्तै हो ।
कोलेस्ट्रोल हानिकारक छ वा हुन्छ भन्ने गलत भाष्य स्थापित भएको छ । तसर्थ यो लेखले उक्त गलत भाष्यलाई खारेज गर्ने बल पुग्नेछ भन्ने बिश्वास छ । कोलेस्ट्रोल बढ्छ भन्ने डरले अण्डा खान नडराउनुहोला । यो लेख पढिसकेपश्चात ढुक्क भएर चारवटा अण्डा खाइहाल्नुस ।