Logo

कविता: रिमिक्स “हरीनन्द पोख्रेल”


लेखक तथा कवि- भाई किराती

कविता: रिमिक्स “हरीनन्द पोख्रेल”

तीखानेपू अर्थात तीन नं खार्पा नेपाल पूर्व
जुन बेला,
सशस्त्र गोरखनाथा महाराजाको पाउमा
चढाए निसशस्त्र गई हरिनन्दले
मेरो मातृभुमीको अस्मिता
र भोग्नुपरेको थ्यो बलात नरसंहार,
त्यसैले डोर्‍याउदै थिल्थिलो
मेरो मातृभूमिको पक्षमा
हात फर्काउन बाध्य भईएको छ।
तर परिस्थिति फेरिएको छ।

यही हो मलाई अस्तित्व हिन बनाउने
हरिनन्द पोख्रेल भन्दै त्यसलाई
चड्कन हान्दाहान्दै
पातलो-लाम्चोदारको अनुहार त
सुनिएर गोलोगोलो र बाक्लोदारको भैसकेछ,
र ठड्याएर जेठी औंला
घोच्दा घोच्दै त्यसको त नाखै पो थेप्चो भैसकेछ,
दारी, जुँगा, खतना टक्टकिएर पातला भएछन
रौंहरु खुइलिएर शरीरै चिल्ला भएछन।
त्यसैले फेरि
पूर्व हरिनन्दको अस्तित्व रक्षाको लागि
नयाँ रिमिक्स हरिनन्दहरु लागिपरेका छन।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्