भोजपुर’मा एक शिक्षक’द्वारा २१ जना विद्यार्थि’माथि कुटपिटः कुटपिट’बाट गम्भिर घाईते ८ विद्यार्थि जिल्ला अस्पताल भोजपुर’मा

मुन्धुमस्टार डटकम- रामप्रशाद राई गाउँपालिका ४ दलगाऊँ भोजपुरको नवदुर्गा माद्यामिक विद्यालयमा आज एक शिक्षकद्वारा २१ जना विद्यार्थीहरुमाथि कुटपिट भएको छ। कक्षा ५ मा पढ्ने विद्यार्थीहरु’लाई स्कुल’को शिक्षक षडानन्द रिमाल’ले कुटपिट गरेका हुन।
कुटपिट’मा परेका २१ जना विद्यार्थी’हरु मध्य सख्त घाइते भएका ८ जना विद्यार्थीहरु’लाई जिल्ला अस्पताल भोजपुर ल्याईएको छ। कुटपिटबाट गम्भिर घाईते भएकाहरु मध्यका, १) बर्ष दसको प्रस्ना राई, २) बर्ष एघारको बिना राई, ३) बर्ष एघारको पृतिका गिरि, ४) बर्ष दसको आयुश राई, ५) बर्ष नौ को अबिशा कार्की, ६) बर्ष नौ को परिस्ता मग्रान्ती, ७) बर्ष दसको एलेजी खडका, ८) बर्ष दसको प्रबिणा राउत’लाई भोजपुर जिल्ला अस्पताल ल्याईएको छ।
श्रोतका अनुसार, कुटपिट गर्ने शिक्षक षडानन्द रिमाल यत्तिबेला प्रहरि’को नियन्त्रण’मा रहेका छन, र उनलाई पनि जिल्ला प्रसाशन कार्यलय भोजपुर’मा नै ल्याईएको छ।