Logo

कांग्रेसका १४ जिल्ला सभापतिको माग : कोशी नाम पुनर्विचार गर्नुपर्‍यो


नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् ।

मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले बिज्ञपतिमा हस्ताक्षर गरीएका छन ।

‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरेर आन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा एक जनाको मृत्यु भएको छ भने सयौको संख्यामा घाइते छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्