Logo

गेममा हारेपछि ७ बोतल रक्सी पिउदा केहीबेरमै गयो ज्यान


सोसल मिडियामा चर्चा कमाउनका लागि मानिसहरुले अनेक खालका हर्कत देखाउँछन् । तर कहिलेकाहिँ अति गर्दा खति हुन्छ भनेझैँ सोसल मिडियाको स्टन्टले ज्यानै समेत लिने गरेका घटना प्रसस्तै छन् ।

हालै एउटा यस्तै घटना भएको छ । लाइभ भिडियोमा एकपछि अर्को गर्दै लगातार ७ बोतल रक्सी पिएका ती व्यक्तिको केहीबेरमै मृत्यु भयो । सोसल मिडियामा राम्रै संख्यामा फलोअर्स भएका ती व्यक्तिले केवल आफ्ना तिनै फलोअर्सलाई देखाउनका लागि ७ बोतल रक्सी सिनित्त पारेका थिए ।

यो घटना चीनको हो । डेलीस्टारको रिपोर्ट अनुसार ३४ वर्षका वांग नामका ती व्यक्ति चिनियाँ सोसल साइटहरुमा निकै प्रसिद्ध थिए । शर्ट भिडियो एप डोइनमा उनका हजारौँ फलोअर्स थिए भने अन्य प्लाटफर्ममा पनि उनका फलोअर्सको कमी थिएन । उनी प्रायः आफ्ना सोसल मिडिया अकाउन्टमा यसअघि पनि रक्सी पिएका भिडियोहरु राख्ने गर्दथे । हालै उनले त्यही काम गरे, तर दुर्भाग्यवस उनको मृत्यु भयो ।

वांगले गत मंगलबार एक लाइभस्ट्रिमका क्रममा ७ बोतल Baijiu मदिरा पिएका थिए । त्यसको केही घण्टापछि उनलाई मृत अवस्थामा फेला पारिएको थियो । वांगले जुन मदिरा पिएका थिए त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म थियो । सोसल मिडियामा रक्सी पिउने स्टन्टका कारण ज्यान गुमाएका वांग अहिले चिनियाँ सोसल मिडियामा चर्चाको विषय बनिरहेका छन् । प्रयोगकर्ताहरुले लाइभस्ट्रिमलाई नियमन गर्न कडा नियम बनाउनुपर्ने माग समेत गरेका छन् ।

वास्तवमा वांगले एक भर्चुअल प्रतियोगितामा भाग लिएका थिए । त्यो प्रतिस्पर्धामा हारेपछि उनले सजायँ स्वरुप छोटो समयमा धेरै रक्सी पिउनुपर्ने थियो । त्यसपछि उनले आफ्नो फलोअर्सलाई देखाउनका लागि लाइभमै आएर दनादन रक्सी पिउन सुरु गरेका थिए ।

लगातार ७ बोतल रक्सी खाएर ढलेका उनको केही घण्टामै मृत्यु भयो । परिवारका सदस्य आइपुग्दा सम्म उनको मृत्यु भैसकेको थियो । उनले आकस्मिक उपचारको मौका पनि पाएनन् । गत शनिवार उनको अन्तिम संस्कार भएको छ ।

स्मरण रहोस् Douyin  एपले पहिलेदेखि नै लाइभ स्ट्रिमिंगका क्रममा रक्सी पिउन प्रतिबन्ध लगाएको छ । तर प्रयोगकर्ताहरु नियम मान्न तयार छैनन् । वांगले यसअघि पनि रक्सी पिएर लाइभ गरेको भन्दै उनको सोसल मिडिया अकाउन्ट निलम्बन भएको थियो । तर उनले नयाँ अकाउन्ट बनाएर रक्सी पिउँदै लाइभ स्ट्रिमिंग गरेका थिए ।

यद्यपि चीनमा लाइभस्ट्रिमका क्रममा प्रयोगकर्ताले अत्यधिक मदिरा सेवन तथा खानेकुरा खाएका कारण मृत्यु भएको यो पहिलोपटक भने होइन । सन् २०२१ मा यू हेलंग नामक डोइन प्रयोगकर्ताको लाइभमै अत्यधिक खानेकुरा खाँदा मृत्यु भएको थियो । त्यस्तै सन् २०१८ मा अनलाइनमा रक्सी तथा खाना पकाउने तेल पिउने एक अर्का लाइभस्ट्रिमरको पनि मृत्यु भएको थियो ।– एजेन्सी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्