गायक सन्तोष राईको “सुन मोरि” बोल रहेको गीतको म्युजिक भिडीयो सार्वजनिक

मुन्धुमस्टार डटकम- गायक सन्तोष राई’को “सुन मोरि” बोल रहेको गीतको म्युजिक भिडीयो सार्बजनिक भएको छ। गायक सन्तोष राईको आफ्नै शब्द तथा संङित रहेको यो गीतको म्युजिक भिडीयो Nishma Rai official युट्युब च्यानल’बाट आज सार्बजनिक भएको हो।
किरण चाम्लिङ राई’ले निर्देशन गरेको, अनिल राणा’ले सम्पादन गरेको र भोगेन्द्र याम्फु’ले छायांकण गरेको, यो, म्युजिक भिडीयो’मा बुद्दि तामाङ, एलिसा राई, छपहाङ चेम्जोङ र अंकित राईको उत्कृष्ट अभिनय रहेको छ।
राजु कार्कि’को संङ्गित संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको यो गीतलाई स्टूडीयो किङमा रेकर्डीष्ट सुरेश राई’ले रेकर्ड गरेका हुन्। प्रेमिल अनि मार्मिक शब्द’लाई रोमान्टीक संगीत र संगीत संयोजनले माथि उठाएको यो गीतलाई गायकको उत्कृष्ट गायकिले अझ माथि उठाएको छ।
यो रमाईलो गीतको शब्द, संङ्गित, संङित संयोजन, गायन, मिक्सिङ, मास्टरिङ अनि समग्र’मा म्युजिक भिडीयो पनि राम्रो बनेको हुनाले श्रोता र दर्सकहरु’ले मनपराई दिने कुरामा आफुहरु बिष्वत रहेको गित निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।
भिडीयो लिङक तल…