Logo

काठमाण्डौ’मा कोरोना संक्रमित संख्या दुई सय २७ पुग्यो: अधिकांशमा ओमिक्रोनको नयाँ सबभेरिएन्ट भ​एको पुष्टि


 

मुन्धुमस्टार डटकम​- नेपालमा केही दिनयता कोभिड संक्रमदर निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा थप ७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार एक सय ५१ जनामा परीक्षण गर्दा पिसिआरबाट ४९ जनामा र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ ।

पछिल्लो साता लगातार पानी परिरहेकाले ‘अस्ति पानीमा भिजेको’, ‘हिजो चिसो खाएको’, ‘आज धुलोमा गएको’ भनेर बहाना नबनाईकन लक्षण देखिएमा कोभिड परीक्षण गर्न र आइसोलेसनमा बस्न मन्त्रालयले अनुरोध गरेको छ । रुघाखोकी र ज्वरोका लक्षण परीक्षणबाट पुष्टि नभएसम्म कोभिडका लक्षण हुन सक्ने भन्दै बेवास्ता नगर्न आग्रह गरेको हो ।

मौसम परिवर्तन भएसँगै सिजनल फ्लु, डेंगु र कोभिड संक्रमणसँगै फैलीरहेकाले लक्षणलाई बेवास्ता नगर्न चिकित्सकहरूले आग्रह गरेका छन् । ‘प्रि–मनसुन सुरु नहुँदै काठमाडौंमै छिटफुट डेंगुका संक्रमित, सिजन फ्लु र कोभिड संक्रमणसँगै देखिएको छ । समुदायस्तरमा रुघाखोकी, ज्वरो, मांशपेसी दुखाइ र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण फैलीरहेका छन् । परीक्षणले ओमिक्रोनको नयाँ भेरियन्ट फैलिएको पुष्टि गरेको छ । त्यसैले कोभिड संक्रमण फैलीरहेको हुन सक्ने भएकाले समयमै लक्षणलाई बेवास्ता नगरौँ,’ वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

भारतमा कोभिड संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण उकालो लागेपछि गरिएको नमुना जिन परीक्षणमा ओमिक्रोनको नयाँ सबभेरियन्ट फैलीरहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले चैतमा विभिन्न ठाउँबाट २४ वटा नमुना संकलन गरेर भाइरसको आनुवंशिक परिवर्तन पहिचानका लागि ल्याब पठाएको थियो । जसमध्ये १५ वटा नमुना अर्थात करिब ६४ प्रतिशतमा हाल भारतलगायत विश्वका विभिन्न देशमा फैलीरहेको एक्सबिबी सबभेरियन्ट पुष्टि भएको हो ।

नमुना परीक्षणमा एक्सबिबी १.१६ बाट १० जना, एक्सबिबी १.५ बाट तीनजना, एक्सबिबी २.६ बाट र एक्सबिबी १ बाट एक–एकजना प्रभावित भएको पाइएको हो । यसबाहेक अन्यमा ओमिक्रोनकै बिए १.१ बाट दुईजना, बिए। २ बाट दुईजना, बिए २.७६ बाट एकजना, बिए ५ बाट दुईजना र बिए ५.२ बाट थप दुईजना प्रभावित भएका छन् । मन्त्रालयले भारतमा पनि एक्सबिबी फैलीरहेका कारण सीमानाकानजिकका स्थानमा बढी सतर्कता अपनाउनुपर्ने जनाएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्