Logo

विमोचन र स्रष्टाहरु’लाई सम्मान


मुन्धुमस्टार डटकम​- विमोचन र स्रष्टाहरुलाई सम्मान विगत चालीस बषॅदेखि मोहन दुवालको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका “जनमत” को साहित्यकार इन्द्रकुमार श्रेष्ठ “सरित” विशेषाङ्को आज एक समारोह बिच विमोचन कायॅक्रम सम्पन्न भएको छ ।

आख्यानकार भागीरथी श्रेष्ठ’को प्रमुख आतिथ्यता र मोहन दुवालको सभापतिमा भएको उक्त कायॅक्रम’मा स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित , कायॅक्रमका सभापति र प्रमुख अतिथिले संयुक्त रुपमा उक्त विशेषाङ्कको विमोचन गरेका थिए । कायॅक्रम’मा साहित्यकार सरितको व्यक्तित्व र कृतिको बारेमा उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, डा. शैलजा पोखरेल, डा. कौशिला रिसाल, डा. पुष्करराज भट्ट, राजन नेउपाने श्रीयम र ममता मृदुल’ले आ-आफ्नो मन्तब्य राखेका थिए ।

स्रष्टा सरितले आफ्नो साहित्यिक यात्राको सुरुवातदेखि आफू आमाको भक्त भएकै’ले आफ्ना अधिकांश रचनामा महिलाहरु’लाई उच्च सम्मानका साथ प्रस्तुत गरेको कुरा बताएका थिए। “जनमत” को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित विशेषाङ्कका लेखकहरु भागीरथी श्रेष्ठ, डा.कौशिला रिसाल, डा. शैलजा पोखरेल, डा. पुष्करराज भट्ट, डा. अपणाॅ पोखरेल, रञ्जुश्री पराजुली, गायत्री श्रेष्ठ, लक्ष्मी उप्रेती, बाबुराम नेउपाने उत्स, चेतनाथ धमला, विनोद दाहाल वत्स, विनोद नेपाल, गोपीकृष्ण प्रसाई , तेजविलाश अधिकारी, सुधा मैनाली’लाई उक्त कायॅक्रम’मा सम्मान गरिएको थियो ।

सभापतिको आशनबाट मोहन दुवाल’ले आफ्नो मन्तब्य राखेका थिए भने कायॅक्रम’को सञ्चालन कौशिकी’का सम्पादक चेतनाथ धमला’ले गरेका थिए । कायॅक्रम’मा सुशीला प्रधानाङ्ग, श्रीराम राई, बोधराज पौडेल, कमला श्रेष्ठ, डा.हेमनाथ घिमिरे, प्राप्ति श्रेष्ठ, राजु सरकार, पवन प्रसाई, विनोदकुमार श्रेष्ठ, प्रशन्न श्रेष्ठ आदिको उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्