Logo

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा प्रहरिको ब्यापक दमन दर्जनौ आन्दोलनकारि घाईते


 

मुन्धुमस्टार डटकम​- प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा बिराटनगरमा आज भ​एको प्रदर्शनमा प्रहरिले ब्यापक दमन तथा धरपकट गर्दा भ​एको दोहोरो झडपमा प्रहरिको लाठि प्रहारबाट दर्जनौ आन्दोलनकारि घाईते भ​एका छन​। कोशि प्रदेश नामङकण लगत्तै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलन गरिरहेको छ।

आन्दोलनलाई मत्थर पार्न ब्यापक प्रहरि परिचालन गरेको सरकारले पानिको फोहरा, अश्रुग्याँस र लाठि प्रहार गरेको थियो। शान्तिपुर्ण आन्दोलनमा प्रहरिले हस्तक्षेप गरेपछि प्रहरि र आन्दोलनकारिबिच झडप हुँदा बिराटनगर केहिबेर तनाबग्रस्त बनेको थियो।

श्रोतका अनुसार झडपमा घाईते भ​एका आन्दोलनकारिहरुको बिराटनगर”कै हस्पिटलहरुमा उपचार भईरहेको छ​। एक जनाको ज्यान गईसकेको पुनः नामांकनको आन्दोलनलाई प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले अझ ससक्त र प्रभाबकारि बनाई सरकारलाई दवाब दिने योजना बनाई रहेका छ​।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्