Logo

राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष निर्वाचित गरेर महिलाको अधिकार खोसिएको छ- सीके राउत


जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ को उपनिर्वाचनको मिति वैशाख १० गते नै तोकेकोमा आपत्ति जनाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आयोगले रफ्तारमा मिति तय गरेको बताए ।

“बारा–२ मा सांसदको पद खाली भएको सूचना संसद्मा प्राप्त हुन पाएको छैन । उता निर्वाचन आयोगले तुरुन्तै वैशाख १० का लागि निर्वाचन कार्यक्रम घोषणा गरिसक्यो । यो रफ्तारमा अरु पनि काम हुने भए धेरै राम्रो हुन्थ्यो,” राउतले भने ।

राउतले कोही तीन/चार महिना मन्त्रीबिना बाँँच्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै थोरै समय राखेर निर्वाचन मिति तोकिन नहुने बताए ।

जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त स्थानमा उपनिर्वाचन हुँदै छ ।  त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उमेदवार हुने चर्चा छ ।

राउतले यादवलाई लक्षित गर्दै भने, “कसैलाई मन्त्रीबिना तीन/चार महिना बाँच्नै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा २० दिनको समय राखेर निर्वाचन आयोगले निर्वाचन गराउन मिल्दैन । यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।”

राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष निर्वाचित गरेर महिलाको अधिकार खोस्ने काम भएको बताए । राउतले निर्वाचन निष्पक्ष रुपमा हुनुपर्ने बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्